उत्तर कोरियाले हालसम्मकै शक्तिशाली बलिष्टिक मिसाइल परीक्षण गरेपछि जापान र दक्षिण कोरियामा खैलाबैला
- शुक्रबार, ११ चैत, २०७८
- 3 months ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । उत्तर कोरियाले विश्वका शक्तिशाली देशहरुलाई चुनौती दिदै पछिल्लो समय लगातार बलिष्टिक मिसाइल परीक्षण गर्दै आइरहेको छ । उत्तर कोरियाको उक्त परीक्षणले भने दक्षिण कोरिया र जापानमा खैलाबैला नै मच्चिएको मिडिया रिपोर्टमा उल्लेख छ । बिहीबार उत्तर कोरियाले परीक्षण गरेको इन्टर कन्टिनेन्टल बलिष्टिक मिसाइलले विश्वको कुनै पनि कुनामा मार हान्न सक्ने क्षमता भएको बताइएको छ । उक्त परीक्षण सफल भएको र यसले विश्वलाई खतरा पैदा गरेको टिप्पणी सुरु भएको छ ।
जापानी विदेशमन्त्री योशिमासा हयाशी र उनका दक्षिण कोरियाली समकक्षी चुङ इउई(योङले टेलिफोन वार्तामा उत्तर कोरियाको अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपणबारे छलफल गरेको जापानी विदेश मन्त्रालयले जनाएको छ।
‘परराष्ट्र मन्त्रीहरूले उत्तर कोरियाद्वारा अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपणको निन्दा गरेका छन् । विशेष गरी पछिल्लो प्रक्षेपण बारे समान धारणा बनाउँदै उनले उत्तर कोरियाको क्षेप्यास्त्र र आणविक कार्यक्रमको तीव्रता विश्व समुदायको लागि एक स्पष्ट र गम्भीर चुनौती भएको बताएका छन् ।
द्विपक्षीय र त्रिपक्षीय सहयोगको पुनः पुष्टि गर्दै संयुक्त राज्य अमेरिका, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव अनुसार उत्तर कोरियाको सम्पूर्ण आणविक निःशस्त्रीकरणका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् समक्ष आग्रह गरिएको विज्ञप्तिमा जनाइएको छ।
उत्तर कोरियाले बिहीबार बिहान ह्वासोङ–१७ इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल परीक्षण गरेको पुष्टि गरेको छ । लामो दूरीको ब्यालेस्टिक मिसाइल जापानको सागरतर्फ प्रक्षेपण गरिएको थियो।
दक्षिण कोरियाली सेनाले पुष्टि गरेको छ कि क्षेप्यास्त्रले करीव ६७० माइल उडेको थियो जसको अधिकतम उचाई ३,८५० माइल भन्दा बढी थियो। दक्षिण कोरियाले जापानको सागरतर्फ ब्यालेस्टिक र क्रुज मिसाइलहरूको शृङ्खला प्रक्षेपण गरेर बदला लिएको हो ।
यो वर्ष उत्तर कोरियाले गरेको ११ औं मिसाइल प्रक्षेपण हो। फेब्रुअरी २७ र मार्च ५ मा उत्तर कोरियाले टोही उपग्रह परियोजनाको भागको रूपमा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो ।
सियोल र वाशिंगटनले प्योङयाङले स्याटेलाइट प्रणाली विकास गर्ने बहानामा नयाँ ह्वासोङ१७ अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण गरेको आरोप लगाएका छन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गठबन्धनबाट विकास सम्भव छैन – महासचिव पोखरेल
- 10 hours ago

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक ध्रूबीकरण आवश्यक रहेको बताएका छन् । जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेप
आईजीपी बढुवाविरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को सुनुवाइ १९ असारमा
- 10 hours ago

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ १९ असारसम्म सरेको छ ।
कुटपिट गरेर कम्युटर अपरेटरको गाडी लुट्ने ३ भारतीय नागरिक पक्राउ
- 10 hours ago

धनगढी । कैलालीको भीम दत्त राजमार्ग अन्तर्गत गोदावरीमा डडेल्धुराको आलीताल गाउँपालिकाका कम्युटर अपरेटर लोकेन्द्र भण्डारीलाई कुटपिट गरेर कार लुट्ने समूहका तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विचित्र विश्व
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।