किमबारे बोले जापानका नयाँ प्रधानमन्त्री
- शनिबार, १० असोज, २०७७
- 4 months ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन अनसँग भेट्न चाहेको बताएका छन् । उनलाई आफुले विना शर्त भेट्न तयार रहेको पनि उनले शुक्रबार स्पष्ट पारेका हुन् ।
उनले भनेका छन्, “जापानको नयाँ प्रधानमन्त्रीका रुपमा म उहाँलाई भेट्न चाहन्छु, त्यसका लागि कुनै सर्त मसँगै छैन ।”संयुक्त राष्ट्रसंघको ७५औँ महासभामा बोल्ने क्रममा उनले उत्तर कोरिया र जापानबीचको सम्वन्धलाई सामान्य बनाउन चाहेको पनि स्पष्ट पारे ।
उनले जापान—डिपीआरके प्योङ्गयाङ्ग घोषणाको स्मरण गर्दै त्यस अनुसार नै सम्वन्धलाई अगाडि बढाउने चाहेको पनि उल्लेख गरे । “आपसी सम्वन्ध र परमाणु सम्वन्धी विषयमा सन् २००२ मा भएको दुई पक्षीय सम्झौतालाई कार्यान्वयन गरेर अगाडि बढ्नु पर्ने कुरामा मेरो जोड छ,” उनले भने ।
प्रधानमन्त्री सुगाले टोकियो र प्योङ्गयाङ्गका बीचमा रचनात्मक र सन्तुलित सम्वन्धको पक्षमा नै आफु रहेको पनि जानकारी दिए । उनले थपे, “हामी हाम्रो दुई पक्षीय कारणले मात्रै नभइ यस क्षेत्रमा शान्ति स्थापनाका लागि पनि योगदान पु¥याउनु पर्दछ, त्यसैले हामी बीचमा सहकार्य र सुमधुर सम्वन्धको आवश्यकता छ ।”
उनले आफु आफ्ना प्रतिबद्धता र उद्धेश्यबाट पछाडि हट्ने र राम्रो गर्ने अवसरलाई गुमाउने पक्षमा नरहेको पनि स्पष्ट पारेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गङ्गामायाको स्वास्थ्य अवस्थाबारे जानकारी
- 4 hours ago

काठमाडौँ । गृहसचिव महेश्वर न्यौपाने र कानून सचिव ऋषि राजभण्डारीसहितको टोलीले वीर अस्पतालमा उपचाररत गङ्गामाया अधिकारीको अवस्थाबारे आज जानकारी लिएका छन् । सचिवद्वयसहितको टोलीले वीर अस्पतालमा पुगेर उनको
आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए पार्टी एक हुनसक्छ: मन्त्री श्रेष्ठ
- 4 hours ago

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले पार्टीमा दर्ता गराइएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए अझै पार्टी एक हुनसक्ने बताएका
'तपाईहरुको सपना पूरा गर्ने सरकार यही छ, दायाँबायाँ भएको छैन'
- 4 hours ago

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले विकासप्रेमी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रयास गलत भएको बताएका छन् । प्रधानमन्
पर्यटन
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।
जीवनशैली
जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक

काठमाडौं । ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ। यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ।
विचित्र विश्व
बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...

एजेन्सी । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।