अर्थमन्त्री शर्माको प्रश्नः देश र जनताको हितका लागि बजेट ल्याउँदा विरोध किन?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले स्रोत तथा साधन, पुुँजीको एकीकृत परिचालनबाट मात्रै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने बताएका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आवको विनियोजन विधेयकमाथि सांसदहरुले उठाउनुभएको जिज्ञासाका बारेमा जवाफ दिँदै उनले बजेटले राखेको लक्ष्य र दृष्टिकोण स्पष्ट रहेको बताए।

 

देशको आवश्यकतालाई  सम्बोधन गर्ने खालको बजेट आफूले प्रस्तुत गरेको उल्लेख गर्दै उनले उत्पादनमा आधारित अर्थतन्त्रको विकास, रोजगारी सिर्जना र गरिबी निवारण, कृषि क्षेत्रको उत्पादन वृद्धि, बाँझो उपभोगविहीन जमिनको पूर्णरुपमा प्रयोग, मल बीउ, तालिम उपलब्ध गराउने र उत्पादित वस्तु सरकारले खरिद गर्ने व्यवस्था गरिएको अर्थमन्त्रीको भनाइ छ।

 

तीन खर्ब ५८ अर्ब बराबरको कृषिउपजको आयात भइरहेको डरलाग्दो तथ्याङ्क पेश गर्दै अर्थमन्त्रीले कृषि क्षेत्रको विकास गर्ने, किसानलाई आत्मनिर्भर बनाउने कुरा गर्दा कसरी अनैतिक भयो भन्ने जिज्ञासा राखे। आयात प्रतिस्थापन गर्न निर्यात बढाउने लक्ष्यका साथ प्रोत्साहनको नीति अगाडि सारिएको उल्लेख गर्दै उनले उद्यमशीलताको विकास, ग्रामीण अर्थतन्त्रको विकासका लागि उद्यमशीलताको विकासमा जोड दिइएको बताए।

 

स्थानीय तहको केन्द्रसम्म पक्की सडक निर्माण गर्ने, औद्योगिक उत्पादनको वृद्धि, पर्यटनलगायतका सेवा क्षेत्रलाई विकास गर्ने, निरपेक्ष रेखामुनि रहेका नागरिकलाई त्यसबाट बाहिर निकाल्नका लागि स्थानीय सरकारसँग मिलेर काम गर्ने विषयलाई प्राथमिकतामा राखिएको अर्थमन्त्रीको भनाइ छ।

 

आगामी आवको बजेटले भौतिक पूर्वाधारको विकासमा विशेष जोड दिइएको जानकारी दिँदै उनले शिक्षा क्षेत्र पनि उत्तिकै प्राथमिकतामा रहेको, बजेट कार्यान्वयनमा आम जनतालाई सहभागी गराउने विषयलाई महत्व दिइएको बताए।

 

आगामी आवको बजेटप्रति आफू जिम्मेवार रहेको जानकारी दिँदै उनले वर्तमान सरकारले यसको पूर्ण अपनत्व लिने बताए। उनले देश र जनताको हितका लागि बजेट ल्याउँदा कोही कसैले आपत्ति जनाउँछ र विरोध गरिन्छ भने त्यसको कुनै अर्थ नरहने बताए।

 

औद्योगिक क्षेत्रको विकासका लागि सरकारले विशेष प्राथमिकतामा राखिँदा त्यसैलाई विचौलियालाई फाइदा भयो भनेर नमिल्ने कथा बुनिएको अर्थमन्त्रीको भनाइ छ। विद्युतीय सवारी साधनका सन्दर्भमा पनि सरकारले स्पष्ट दृष्टिकोणका साथ नीतिगत व्यवस्था गरेको तथा विलासी सवारीसाधनको आयातमा केही नियन्त्रण गर्न खोजिएको उनले बताए।

 

सरकारले देशभित्रै उत्पादन हुने रु दुई अर्ब बराबरको स्यानिटरी प्याड खरिद गर्ने गरी व्यवस्था गरिएको जानकारी दिए। अन्तर्राष्ट्रिय बजारमा भएको इन्धनको मूल्यवृद्धिका कारण पनि केही समस्या देखिएको भन्दै उहाँले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनबाटै अर्थतन्त्रलाई सबल बनाइने विश्वास व्यक्त गरे।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

तनहुँमा सामूहिक रक्षाबन्धन

  • 4 minutes ago
तनहुँमा सामूहिक रक्षाबन्धन

तनहुँ । ब्राह्मण समाज नेपाल तनहुँद्वारा दमौलीमा आयोजित सामूहिक रक्षाबन्धन कार्यक्रममा तीन सय १५ जनाले रक्षाबन्धन गरेका छन् ।

प्रधानमन्त्रीको निर्देशनपछि मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन

  • 4 minutes ago
प्रधानमन्त्रीको निर्देशनपछि मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन

काठमाडौँ। सरकारले मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट गृहका सह–सचिव डा भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरे

माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल पे क्युआर कोड हस्तान्तरण

  • 10 minutes ago
माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल पे क्युआर कोड हस्तान्तरण

काठमाडौँ। माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएलद्वारा प्रवर्द्धित नेपाल पे क्यूआर कोड हस्तान्तरण गरेको छ। नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको घरमा छापा मारिएपछि एफबीआईका अधिकारीहरूलाई पार्टीका समर्थकहरूबाट लगातार धम्की दिइँदै आएको मिडिया रिपोर्टमा उल्लेख छ ।