उच्च अदालत जनकपुरधामद्वारा २० प्रतिशत मुद्दा फछ्र्योट

  • शुक्रबार, १४ फागुन, २०७७
  • 1 month ago
  • नेपाल

धनुषा । उच्च अदालत जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम मुद्दा फछ्र्योट गरेको छ । 

 

चालु आर्थिक वर्षका लागि दुई हजार ९५८ मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएकोमा माघ मसान्तसम्म ५९८ मुद्दा मात्र फछ्र्योट भएको उच्च अदालत जनकपुरधामले जनाएको छ । यो लक्ष्यको तुलनामा २० दशमलव २१ प्रतिशत रहेको छ । विश्वभर फैलिएको कोभिड­ १९ को सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले लक्ष्यअनुसार मुद्दा फछ्र्योट नभएको अदालतद्वारा आज यहाँ आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उच्च अदालत जनकपुरधामका रजिष्ट्रार खगराज अधिकारीले जानकारी दिए । 

 

उनका अनुसार गत वर्षबाट सरिआएको एक हजार ६८२ मुद्दा र चालु आर्थिक वर्षको दुई हजार ५५१ गरेर कूल चार हजार २३३ मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको छ । उनले धेरै मुद्दाको चाप भए पनि जनशक्ति अभावका कारण लक्ष्यको तुलनामा मुद्दा फछ्र्योट हुन नसकेको बताए । रजिष्ट्रार अधिकारीले गरिब तथा विपन्न वर्गको कानूनी रक्षा गर्न अदालतले निःशुल्क कानून व्यवसायी उपलब्ध गराएको जानकारी दिए। 

 

उच्च अदालतमा अहिले ५६ जना जनशक्ति कार्यरत छन् भने ९६ जनाको दरबन्दी रहेको उनको भनाइ छ । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँमा कोराना संक्रमण बढ्दो

  • 1 hour ago
काठमाडौँमा कोराना संक्रमण बढ्दो

काठमाडौँ । काठमाडौँमात्रै ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै ललितपुरका १०५ जनामा र भक्तपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

  • 2 hours ago
नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण हालसम्म ३ हजार १०२ जनाको ज्यान गएको छ ।

नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

  • 2 hours ago
नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले एन्टीजेन र पिसिआर परीक्षणबाट थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।



पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।