रुकुमपूर्वमा जनै पुर्णिमामा रक्षाबन्धन बाँध्न गाउँ निस्किए २७ दिन क्वारेन्टिनमा

रुकुमपूर्व । रुकुमपूर्वमा यस वर्षको रक्षाबन्धनमा घरघरमा गएर धागो बाँध्न रोक लगाइएको छ । 

 

ज्योतिष परिषद् रुकुम (पूर्व) ले विगतका वर्षहरुमा झै यस वर्ष घरघरमा गएर धागो बाँध्न नपाइने निर्णय गरेर रोक लगाएको हो । रक्षाबन्धनको दिन सबैको घरघरमा गएर धागो बान्दा कोरोना सर्ने र सङ्क्रमण फैलने भन्दै यस्तो निर्णय गरेको परिषद्का अध्यक्ष चेताराम उपाध्यायले बताए । 

 

यही साउन १९ गते परेको रक्षाबन्धनको दिन कोही पनि ब्राह्मण धागो बाँध्नका लागि कसैको घरमा जान नपाइने निर्णय गरिएको हो । यसपालिको रक्षाबन्धनमा घरमै दिदीबहिनी, छोरीचेलीले दाइभाइलाई रक्षाबन्धन बाँध्न भनिएको छ । ज्योतिष परिषद्ले गरेको यो निर्णयको अटेरी गर्दै कोही कसैको घरमा गएर धागो बाँध्ने काम गरेमा उक्त व्यक्तिलाई २७ दिन क्वारेन्टिनमा राखिने परिषद्का अध्यक्ष उपाध्यायले बताए । 

 

जिल्लावासी सबैलाई यसपालिको रक्षाबन्धन घरमै धागो बानेर मनाउन आग्रह गरेको सिस्ने गाउँपालिका–६ का वडाध्यक्षसमेत रहेका परिषदका सदस्य सुधन रेग्मीले बताए । रक्षाबन्धन हिन्दू धर्मालम्बी मनाउने र भाइबहिनीबीचको अटुट प्रेमलाई दर्शाउने एउटा पवित्र पर्व हो । जिल्लाका तीनवटै गाउँपालिकाका ब्राह्मण समुदायका टोलीले छलफल गरी गरेको यस निर्णयलाई सबैलाई पालना गर्न आग्रह गरिएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु

  • 1 minute ago
नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण

  • 5 minutes ago
नेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप १ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ।

नेपाल एयरलाइन्सका यात्रु चार घन्टाअघि विमानस्थल पुग्‍नुपर्ने

  • 16 minutes ago
नेपाल एयरलाइन्सका यात्रु चार घन्टाअघि विमानस्थल पुग्‍नुपर्ने

काठमाडौँ । नेपाल एयरलाइन्समार्फत विदेश जाने यात्रुहरु चार घन्टाअघि विमानस्थल पुग्‍नुपर्ने भएको छ । कोरोनाभाइरसको कारण थप जाँच गर्नुपर्ने भएकाले एयरलाइन्सले यात्रुहरुलाई चार घण्टा अघि नै विमानस्थल पुग्



पर्यटन

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।