यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

Norvic Hospital
सांकेतिक तस्बिर

एजेन्सी । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो । 

 

पूर्व प्रधानमन्त्री अहमद ओयुयाहीयालाई छ बर्ष र अर्का पूर्व प्रधानमन्त्री अब्डेल्मालेख सेल्लाललाई पाँच बर्ष जेल बस्नुपर्ने भनिएको छ । 

 

उनीहरुलाई सार्वजनिक शक्ति र सम्पत्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको लगायतका मुद्धा लगाइएको समाचारमा जनाइएको छ ।सरकारी अधिकारीहरुका लागि राज्यले बनाउन लागेको आवासीय भवन बनाउने क्रममा अनियमितता गरेको विषयलाई मुख्य मुद्धा बनाइएको छ । 

 

भवन बनाउने काममा प्रमुख हमिद मेल्जीलाई भने यसअघि नै पाँच बर्षको जेल सजाय तोकिएको छ । उनलाई भवन बनाउने क्रममा अनियमितता गरेर राष्ट्रको अर्थतन्त्रमा नकारात्मक असर पारेको आरोप लगाइएको छ । 

 

पूर्व प्रधानमन्त्री ओयुयाहीया सन् १९९५ देखि २०१९ सम्ममा पटकपटक गरेर चार पटक प्रधानमन्त्री बनेका थिए । 

 

त्यसैगरी अर्का पूर्व प्रधानमन्त्री सेल्लालले सन् २०१४ देखि २०१७ सम्म प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गरेका थिए ।  उनी बौटेफ्लीकाको चार ओटै निर्वाचनको मुख्य व्यवस्थापक थिए । तत्कालिन राष्ट्रपति बौटेफ्लीकले गत सन् २०१९ मा राजीनामा दिएका थिए । हप्तौँको आम नागरिकको आन्दोलन र सेनाको दवावका कारण उनले राजीनामा दिएका थिए । उनले यही सेप्टेम्बर महिनामा ८४ वर्षको उमेरमा निधन भएको छ । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

  • 4 hours ago
बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

लण्डन । बेलायतका नौसेना प्रमुख एडमिरल सर टोनी राडाकिन र भारतीय नौसेना प्रमुख एडमिरल करमबीर सिंह बीच शुक्रवार दिल्लीमा भेटवार्ता भएको छ।

विकास मेराग्लिया च्यासलमा आवद्ध

  • 4 hours ago
विकास मेराग्लिया च्यासलमा आवद्ध

काठमाडौँ । इटालीमा फुटबल खेल्दै आएका विकास मेराग्लिया ए डिभिजन क्लब च्यासल युथ क्लबमा आवद्ध भएका छन्। नेपाली मूलका विकासलाई च्यासलले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आबद्ध गरेको हो।

Foreign video clips circulating on TikTok as Nepal floods

  • 5 hours ago
Foreign video clips circulating on TikTok as Nepal floods

With the video-sharing app TikTok hitting 1 billion monthly active users globally, misuse of the platform to spread lies and misinformation has also increased. After freak rains earlier this week wrea



पर्यटन

डोल्पाको धो बस्ती शिरमा हिमाल

डोल्पाको धो बस्ती शिरमा हिमाल

जाजरकोट । लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल।

जीवनशैली

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

एजेन्सी । शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।