'जबजका कारण कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्राप्त गर्यो'

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले जनताको बहुदलीय जनवादका कारण नेपाली कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्राप्त गरेको बताएका छन् ।

 

जननेता मदनकुमार भण्डारीको ७१औँ जन्म जयन्तिका अवसरमा प्रेस चौतारी नेपाल रुपन्देहीले आज तिलोत्तमामा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले मदन भण्डारीले विचारको भण्डार सुम्पिएर गएको उल्लेख गर्दै जनताको बहुदलीय जनवाद नभएको भए नेपालमा कम्प्युनिष्ट आन्दोलनले यति उचाइ प्राप्त गर्न नसक्ने उल्लेख गरे । 

 

पाँचौँ महाधिवेशनमा पार्टीको नीति र सिद्धान्त कस्तो हुने भन्ने विषयमा व्यापक छलफल पश्चात मतदानमार्फत जनताको बहुदलीय जनवाद पारित भएको स्मरण गर्दै उनले जबजको धेरै ठूलो अर्थ भएको चर्चा गरे ।  “हामी अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्छौँ । अभिव्यक्ति स्वतन्त्रताले गल्ती गर्नबाट जोगाउँछ”, उनले भने ।

 

जनताको अनुमोदनमा मात्रै पार्टी शासन सत्तामा रहन सक्छ भन्ने कुरामा स्पष्ट रहँदै आवधिक निर्वाचनमा जाने मान्यतालाई जबजले आत्मसात गरेको बताए ।

 

नेपालको श्रमजीवी वर्गले विभिन्न चुनौतीको सामना गर्ने क्रममा नयाँ खोजीको आवश्यकता महसुस गरी वर्ग सङ्घर्ष र व्यवहारिक प्रयोगका सन्दर्भमा यो मार्गदर्शन आएको उनको भनाइ छ । 

 

कायक्रममा एमालेको लुम्बिनी प्रदेश प्रचार विभागका प्रमुख डिआर घिमिरेले जनताको बहुदलीय जनवादका १४ बुँदामा संविधानको सर्वोच्चता, बहुलवादी खुला समाजसहित मानव अधिकार अभिव्यक्ति स्वतन्त्रताको विषयलाई जोड दिइएको बताए ।

 

लेखक ऋषि आजादले पार्टीमा चित्त नबुझेका कुरा निर्धक्क राख्न पाउनुपर्ने वातावरण निर्माण गर्नुपर्ने बताउँदै बोेल्न नदिँदा पार्टी बिग्रने भएकाले यसमा नेतृत्व सचेत हुनुपर्ने धारणा राखे।  

 

कार्यकममा बुद्धिजीवी लीलाबल्लभ ढकाल, आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसालले जबजलाई टेकेर एमालेले नीति कार्यक्रम निर्माण गर्ने गरेको बताए ।   

 

कार्यक्रममा प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, उपाध्यक्षद्वय बिपी गौतम, भगवती पाण्डे लगायतले जनताको बहुदलीय जनवादमा अभिव्यक्ति स्वतन्त्रतालाई प्राथमिकता दिइएको चर्चा गरे । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

  • 23 minutes ago
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।

महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

  • 49 minutes ago
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।

मेसी र नेयमार बालोन डि’ओरको मनोनयनमा परेनन्

  • 1 hour ago
मेसी र नेयमार बालोन डि’ओरको मनोनयनमा परेनन्

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फवार्डद्धय अर्जेन्टिनी स्टार लियोनेल मेसी र ब्राजिलीयन स्टार नेयमारले यस वर्षको बालोन डि’ओरको मनोनयनमा स्थान बनाउन असफल भएका छन् ।



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।