इटलीमा दक्षिणपन्थी पक्षका उम्मेदवार धेरै विजयी हुने प्रक्षेपण

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । इटलीमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी पक्षधर उम्मेदवारहरु धेरै विजयी हुने प्रक्षेपण गरिएको छ । 

इटलीका विभिन्न सङ्घ संस्था र निकायहरुले गरेको सर्वेक्षणमा अति दक्षिणपन्थी नेता जोर्जा मलोनी नेतृत्वको गठवन्धनका उम्मेदवारहरुले धेरै जित्ने देखाएका हुन् । उहाँको गठवन्धन विजयी भएमा उहाँ नै प्रधानमन्त्री बन्ने निश्चित भइसकेको छ । 

मलोनी प्रधानमन्त्रीमा निर्वाचित भएमा उहाँ इटलीको पहिलो महिला प्रधानमन्त्री बनेर इतिहास रच्नु हुनेछ । त्यसैगरी सर्वेक्षण सत्य भएमा इटलीमा दोस्रो विश्वयुद्ध पछि पहिलो पटक अति दक्षिणपन्थीहरुले सरकार बनाउने मौका पाउनेछन् । 

 युरोपेली मुलुक इटलीमा हुने सत्ता परिवर्तनले युरोपलाई नै प्रभावित पार्ने आँकलन गरिएको छ । युरोपेली देशहरु मध्ये तेस्रो ठूलो अर्थतन्त्र भएको इटलीमा बन्ने सरकार र त्यसले गर्ने कामले अन्य देशहरुलाई असर पार्ने भएको हो । 

मतदानपछि प्रतिक्रिया दिदै मलोनीले आफ्नो पार्टी ब्रदर्श अफ इटलीले सबैलाई समान व्यवहार गर्ने र जनताको विश्वास अनुसार काम गर्ने अठोट व्यक्त गर्नुभयो । उहाँको पार्टीले २४.७ प्रतिशत मत प्राप्त गरी सबैभन्दा ठूलो दल बन्ने प्रक्षेपणमा देखाइएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।  

देशको तल्लो सदनका सदस्य चयनका लागि आइतबार मतदान भएको हो । निकै काम मतदाता मात्रै यस पटकको निर्वाचनमा सहभागी भएका थिए । निर्वाचन आयोगका अनुसार ६३।८२ प्रतिशत मत मात्रै खसेको थियो । यसअघि सन् २०१८ मा भएको निर्वाचनमा भने योभन्दा झण्डै १० प्रतिशत बढी मत खसेको थियो । 

Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

  • 2 hours ago
कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

  • 2 hours ago
चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।