‘एमालेमा बिग्रह हुन्छ भनेर कसैले बाटो नकुरे हुन्छ’

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

नेकपा एमालेका महाचिव ईश्वर पोखरले एमाले भित्र विग्रह हुन्छ भनेर कसैले बाटो हेरेको भए त्यो दिवा सपना मात्रै भएको बताउनुहुन्छ । सहमति र समझदारीले नै नेतृत्व चयन गरी एमाले अघि बढेको बताउने महासचिव पोखरेल होडबाजी गर्नुपर्ने केही नभएको बताउनुहुन्छ ।  महासचिव पोखरेलसँग महाधिवेशनसँग केन्द्रित भएर मोहन बास्तोलाले गरेको कुराकानीः 

 

तपाईँहरु नेकपा एमालेको दसौँ महाधिवेशनको सम्मुखमा हुनुहुन्छ, तयारी के–के भैरहेको छ ? 

हामी अहिले स्थायी कमिटीको बैठक बसिरहेको छौँ ।  यो बैठकले महाधिवेशनलाई केन्द्रित गरेर केही महत्वपूर्ण विषयमा छलफल गरिरहेको छ । यो बैठकमा मुख्य गरेर महाधिवेशनको तयारी र व्यवस्थापनसँग केन्द्रित छलफलको एजेण्डा बनाएका छौँ । दोस्रो, महाधिवेशनको खुला र बन्दसत्र कार्यक्रम कसरी गर्ने भन्ने एजेण्डा रहेको छ । तेस्रो, एजेण्डामा प्रतिनिधिहरुको छनोटसँग सम्वन्धित विषय छ । चौथो, मनोनित सम्बन्धमा छ । सम्पूर्ण प्रतिनिधिको पाँच प्रतिशत नबढ्ने गरी मनोनित गर्नुपर्ने हुन्छ । यो विषयमा पनि हामी गम्भीर ढंगले छलफल गरिरहेका छौँ । त्यसैगरी आजको बैठकमा निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित मापदण्डलगायतका विषयमा जानकारी गराउने एजेण्डा पनि रहेको छ । केही सुझाव दिनुपर्ने भयो भने हामी उहाँहरुलाई सुझाव दिन्छौ । अघिल्लो केन्द्रीय कमिटी बैठकले नै महाधिवेशनसँग सम्बन्धित अन्य विषयहरु निर्णय गर्नुपर्यो भने स्थायी कमिटीले गर्ने अधिकार प्राप्त गरेको छ । हामी छलफलमा केही त्यस्ता निर्णय पनि आवश्यक पर्यो भने गर्छौ । 

 

महाधिवेशनको उद्घाटन सम्पन्न भएपछि त्यही दिन हामी केन्द्रीय कमिटी बैठक बस्छौ । त्यो बैठकमा स्थायी कमिटीले गरेका निर्णय त्यहाँ जानकारी गराउँछौ । आवश्यक पर्यो भने अनुमोदनका लागि प्रस्तुत गर्छौ । संभवतः यो कार्यकालको अन्तिम स्थायी कमिटी बैठक हुनेछ ।

 

यो बाहेक महाधिवेशनसँग अन्य तयारी के भैरहेको छ ? 

हामीले व्यवस्थापनसँग सम्बन्धित विभिन्न १२ ओटा उपसमिति बनाएर महाधिवेशनको तयारीलाई तिव्र बनाएका छौ । सम्वन्धित समितिहरुले आ–आफ्नै ढंगले तयारी गर्नुभएको छ ।  त्यो बारे हामीले सबै उपसमितिसँग जानकारी लिएका छौ । उहाँहरु सबैले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ । 

 

तपाईँहरु अप्ठ्यारो अवस्थामा दसौँ महाधिवेशन गर्न गैरहनु भएको छ । यो महाधिवेशनबाट एकताबद्ध एमालेको सन्देश दिनुपर्ने चुनौति पनि तपाईँहरुलाई छ । यसको व्यवस्थापन कस्तो भैरहेको छ ? 

 

तपाईँहरु सबैलाई जानकारी भएकै कुरा हो । हामीले केही समय अघि मात्रै विधान महाधिवेशन सर्वसम्मतिका साथ निकै धुमधामसँग सम्पन्न गरेका छौ । त्यही महाधिवेशनबाट हामीले यो महाधिवेशनमा प्रस्तुत हुने दस्तावेज पारित गरेका छौ । यो भनेको हामीले एकताबद्ध एमालेको सन्देश विधान महाधिवेशनबाटै दिइसकेका छौ । नवौँ महाधिवेशनपछि गरेका बस्तुनिष्ठ समीक्षा सहितको राजनीतिक प्रतिवेदन हामीले विधान महाधिवेशनबाट सर्वसम्मत ढंगले पारित गर्नु भनेको सकारात्मक सन्देश हो  ।  

 

पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको त्यो प्रतिवेदन आउने दिनका लागि योजनाहरु र पार्टीलाई व्यवस्थित र सदृढ बनाउने नीतिगत योजनासहितको प्रतिवेदन हो । 

 

पार्टी निर्माणमा अब के–के कुरामा केन्द्रित हुने भनेर म महासचिवको तर्फबाट प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन पनि सर्वसम्मत रुपमा पारित भएको छ । करीब ६ हजार ४ सय प्रतिनिधिको उपस्थितिमा सर्वसम्मत पारित गर्नु भनेको चानचुने कुरा होइन । यसले अघि पनि भने सकारात्मक सन्देश दिएको छ । 

 

अबको महाधिवेशन भनेको नेतृत्व चयनको महाधिवेशन हो । हामीले पारित गरेको विधानबाट निर्देशित भएर हामी राष्ट्रिय महाधिवेशन सकेसम्म सर्वसम्मत ढंगले नेतृत्व चयन गर्छौ । विधान महाधिवेशनबाटै विचार र नीति सर्वसम्मत ढंगले पारित भएको छ भने नेतृत्व चयनमा हामीलाई त्यस्तो समस्या होला भने जस्तो लागेको छैन ।  

 

भनेपछि तपाईँहरु नेतृत्व छनौट पनि सर्वसम्मत ढंगले नै गर्नुहुन्छ, होइन त ? 

 

हामी यो पटक लोकतान्त्रिक अभ्यास गर्ने नाममा विगतमा जसरी समूह बनाएर लड्दैनौँ । हामी समूह अनुसारको सूचि पनि महाधिवेशनमा बाँड्दैनौँ । संविधानसम्मत र पार्टी विधानले अघि सारेको नीति अनुसार हामी क्लस्टर बनाएर नेतृत्व छनोटका काम सम्पन्न गर्छौ । हामी सकेसम्म सर्वसम्मत नेतृत्व छनोट गर्ने छौँ । त्यो संभव भएन भने विधानले निर्देशित गरे अनुसार प्रतिनिधि छनौट भएर आएका प्रतिनिधिलाई लोकतान्त्रिक विधिमा टेकेर योग्य साथीहरुलाई उम्मेदवार बन्ने कुरालाई हामी स्वीकार गर्छौ ।

 

महाधिवेशन सम्पन गरेसँगै स्थानीय तहको निर्वाचनमा होमिनुपर्ने छ । त्योसँगै प्रदेश र संघीय निर्वाचन पनि हुनेछन् । यी निर्वाचनमा एकतावद्ध र शक्तिशाली एमालेको पहिचान दिने कुरामा महाधिवेशन सफल होला ? 

 

नेकपा एमालेलाई सुदृढ पार्टी बनाउने सन्देशसहित एकै दिन अघि मात्रै हामीले एकै दिन वडा, पालिकालगायतका अधिवेशन सम्पन्न गर्यौँ । त्यो भन्दा अघि हामीले विधान महाधिवेशन सम्पन्न गर्यौं । अब केन्द्रीय महाधिवेशनको सम्मुखमा छौ । केन्द्रीय महाधिवेशन सम्पन्नसँगै हामी जिल्ला, प्रदेशलगायतका महाधिवेशन सम्पन्न गर्दैछौ ।  हामीले आफ्नो संगठनलाई विचार र विधानबाट व्यवस्थित गर्यौं । अब तलैदेखि व्यवस्थित गर्छौ र एमालेलाई शसक्त शक्तिका रुपमा पुर्नव्यवस्थितसहितको नेकपा एमालेका रुपमा हामी जनताको वीचमा जान्छौ ।  नेकपा एमालेसँग विचार छ, एजेण्डा छ, यसको कार्यक्रम छ, एजेण्डा छ, संगठन छ भन्ने सन्देश हामी दिन्छौं ।  यसरी सबै प्रतिकुलताको सामना गर्दै राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका पूरा गर्ने हिसावले नेकपा एमाले अघि बढ्छ ।  

 

आन्तरिक र बाह्य शक्ति तपाईँहरुको विपक्षमा छ । यस्तो अवस्थामा नेकपा माओवादीबाट आउनुभएका १० बुँदेलाई आधार मान्नुभएका सबैलाई समेट्नुपर्ने चुनौति पनि छ । यो सबै कसरी सहज ढंगले अघि बढ्ला ? 

 

कसैले पनि एमाले भित्र विग्रह हुन्छ भनेर बाटो नहेरे हुन्छ । हामी सहमति र समझदारीले नै नेतृत्व चयन गर्छौ । यहाँ होडबाजी गर्नुपर्ने केही छैन ।  हामी के गर्दा उपयुक्त हुन्छ त्यहि गरेर अघि बढ्छौँ । यहाँ व्यक्तिगत होडबाजीको कुरा छैन । अहिले राष्ट्रिय आवश्यकता के–हो ? त्यसमा ध्यान दिनुपर्ने छ, हामी त्यहि अनुसार अघि बढ्छौ ।  हामी मध्येका साथीले के जिम्मेवारी लिने भन्ने कुराको निक्र्यौल गरेर अघि बढ्छौँ ।  

 

नेकपा एमाले देश हाँक्ने पार्टी हो भन्ने एजेण्डा एमालेसँग के–के छ ?

हामीले आर्थिक विकास र समृद्धिको एजेण्डालाई बोकेका छौ ।  राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता हाम्रो एजेण्डा हो । सामाजिक सद्भाव कायम गर्नु हाम्रो अर्को एजेण्डा हो ।  देश विकास गर्ने, देश बनाउने सपना सकार पार्ने हाम्रो अर्को एजेण्डा हो ।

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आयल निगम व्यापारीको हातमा दिने तयारी भइरहेको छः रामचन्द्र पौडेल

  • 8 minutes ago
आयल निगम व्यापारीको हातमा दिने तयारी भइरहेको छः रामचन्द्र पौडेल

काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौँ को आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन्। उनले नेपाल आयल निग

नेप्सेमा उच्च अंकको वृद्धि

  • 16 minutes ago
नेप्सेमा उच्च अंकको वृद्धि

काठमाडौँ। आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकले वृद्धि भएको छ। आज नेप्से ७४.९३ अंकले बढेर २ हजार ३७.६४ विन्दुमा पुगेको हो। बुधबार पनि नेप्से ४१.३९ अंकले बढेर १ हजार ९ सय ६२.७१ व

बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु

  • 34 minutes ago
बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु

हेटौँडा। सत्तारुढ दलका सांसदहरुले बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु गरेका छन्। प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।