आयरल्याण्ड र नर्दन आयरल्याण्डका नेपालीहरुबीच मैत्रीपुर्ण फुटबल सम्पन्न
- मंगलबार, १२ आषाढ, २०७५
- 2 years ago
- युके

विवेकराज सापकोटा ,डब्लिन । गतसाता एनआरएनए आयरल्याण्ड र नर्दन आयरल्याण्डबीच एक मैत्रीपुर्ण फुटबल खेल सम्पन्न भएको छ । बेल्फास्टको ओजोन पार्क मैदानमा भएको ११ ए साइड खेलमा एनआरएनए आयरल्याण्ड ४- २ ले विजयी भएको छ ।
एनआरएनए आयरल्याण्डको तर्फबाट पहिलो गोल कप्तान दीपक कार्कीले गरेका थिए भने बांकी गोल क्रमशः सुनिल गौतम ,हेम छन्त्याल र प्रदिप काजी श्रेष्ठले गरे । त्यस्तै, नेपाली समाज नर्दन आयरल्याण्डको तर्फबाट तेज रेग्मी र गौरव सापकोटाले एक -एक गोल फर्काए । एनआरएनए आयरल्याण्डका कप्तान दीपक कार्कीले यो खेल एउटा भिन्न र रमाइलो अनुभव रहेको बताए ।
कार्यक्रमपश्चात एनआरएनए आयरल्याण्डका अध्यक्ष नवराज कोइराला, पूर्व अध्यक्ष गणेश प्रसाई, कप्तान दीपक कार्कीले संयुक्त रुपमा नेपाली समाज नर्दन आयरल्याण्डको टोलीलाई मायाको चिनो हस्तान्तरण गरेका थिए । अध्यक्ष कोइरालाले सम्पूर्ण खेलाडीहरुलाई बधाई दिदै यो कार्यक्रम सम्पन्न गराउन विशेष भूमिका निर्वाह गरेका एनआरएनए आयरल्याण्डका सचिव विवेक राज सापकोटा, युवा संयोजक प्रविन कोइराला र नेपाली समाज नर्दन आयरल्याण्ड का सचिव अब्जन आचार्यलाई विषेश धन्यवाद दिदै यस्तो कार्यक्रम भविष्यमा पनि गरिरहनुपर्ने बताए ।
नेपाली समाज नर्दन आयरल्याण्डका अध्यक्ष लिलाराम निउरेले पनि कार्यक्रम उत्कृष्ट र सौहार्दपुर्ण रुपमा सम्पन्न भएको र सम्पूर्ण खेलाडीहरुको उच्च प्रदर्शन रहेको बताए । अध्यक्ष निउरेसंगै नारायण कंडेल, लक्ष्मण चिमोरिया, विकाश चुडाल लगायतले सम्पूर्ण खेलाडीहरुलाई प्रमाण पत्र र मायाको चिनो हस्तान्तण गरे ।
एनआरएनए आयरल्याण्डको टिममा खेलाडीहरु दीपक कार्की, रितम ढकाल , मनोज भट्टराई,विनय थापा ,राजेश केसी ,हेम छन्त्याल, प्रदिपकाजी श्रेष्ठ, रवि बोगटी, बुद्ध महर्जन, राजकुमार प्रसाई ,समिर बस्ताकोटी, सुनिल गौतम र छुल्तिम दोर्जे शेर्पाको सहभागिता थियो ।
त्यसैगरि नेपाली समाज नर्दन आयरल्याण्डको तर्फबाट खेलाडीहरु अब्जन आचार्य , जीवन आचार्य , गौरव सापकोटा, हिमाल निउरे, आकाश कंडेल , प्रमोद कंडेल, जनक कंडेल, तेज रेग्मी, अरुण सेढाईं , हरि थापा,मिलन पाठक सागर निउरे, अमृत आचार्य , विष्णु क्षेत्री , आशिष कंडेल र विशाल आचार्य सहभागी थिए । खेल हेर्नका लागि डब्लिन र बेल्फास्टबाट खेलप्रेमीहरु उल्लेख्य संख्यामा उपस्थित थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश
- 2 minutes ago

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभ
आगलागी पीडितलाई सक्दो पहल गर्ने सांसद् भट्टराईको प्रतिवद्धता
- 8 minutes ago

काठमाडौँ । ताप्लेजुङका सांसद् योगेश भट्टराईले दोभान बजारमा भएको आगलागी पीडितलाई सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य समेत रहेका भट्टराईले दोभा
मंगलबार ४ हजार १२७ स्वाब परीक्षण
- 27 minutes ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार १२७ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।