उडिरहेकाे जहाजभित्र दुर्इ पाइलटबीच जब ककपिटमै कुटाकुट भयाे...
- एजेन्सी
- आइतबार, १३ साउन, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

इरान । इरानी सहर मसहाडबाट राधानी बग्दादका लागि उडेको विमानको ककपिटभित्र बुधबार चालक र सहचालकबीच कुटाकुट चलेको छ ।
इराकी एयरवेजका चालक र सहचालकबीच ३७ हजार फिटको उचाइमा खानाको ट्रेलाई लिएर विमानभित्रै कुटाकुट भएको हो ।
इराकी एयरवेज व्यवस्थापनलाई सहचालकले लेखेको पत्रमा भनिएको छ, ‘अनुमति नलिएको भन्दै चालकले एयर होस्टेसलाई मलाई मिल ट्रे दिन रोक लगाएपछि चालकसँग चर्काचर्की भएको हो ।’
पत्रअनुसार आफ्नो खाना लिएपछि चालकले सहचालकलाई कुटपिट र दुर्व्यवहार गरेका थिए । चालक र सहचालकको झगडा रोक्न विमानभित्रका सुरक्षा एजेन्टले हस्तक्षेप गरेका थिए ।
‘चालकले बारम्बार हिर्काउने र दुर्व्यवहार गरे’, सहचालकले भने, ‘मेरो तर्फबाट पनि प्रतिकार भयो ।’ चालक र सहचालकबीच कुटाकुटको विषयलाई इराकको यातायात मन्त्रालयले जाँच गरिरहेको छ ।
दुवै चालक निलम्बनमा परेको इराकी एयरवेजले जनाएको छ । दोषी चालकमाथि जीवनभर उडान गर्न प्रतिबन्ध लाग्न सक्ने इराकी समाचार संस्थाहरूले जनाएका छन् ।
यसैबीच, सो घटनाको इराकी नागरिकहरूले सामाजिक सञ्जालमा निन्दा गरेका छन् । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले दुवै चालकलाई मिनिबसका चालकसँग तुलना गरेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
झापाबाट लागुऔषध सहित १ जना पक्राउ
- 6 minutes ago

झापा। पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे– २ का २२ बर्षीय मिलन दर्जी रहेका छन। मंगलवार दिउँसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच
खेर गएको प्लास्टिकबाटै उत्पादन हुन्छ इन्धन
- 18 minutes ago

काठमाडौँ । हरेक दिन एकजना व्यक्तिले ३१७ किलोग्राम फोहोर उत्पादन गर्छ । एसियाली विकास बैंकको सहयोगमा फोहोर मैला व्यवस्थापन तथा प्रशोधन केन्द्रले तयार पारेको विवरण हो । यो विवरण सन् २०१३ को हो । पछिल्
सर्वोच्चका दुई महत्वपूर्ण फैसला: वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो
- 26 minutes ago

काठमाडौँ । सर्वोच्च अदालतले पछिल्लो १० दिनमा एउटै विषयमा एउटा महत्वपूर्ण फैसला गरेको छ । विशेषगरी प्रसारण लाइन निर्माणसँग जोडिएका ती फैसलाले लामो समयसम्म निर्माणमा देखिएको अवरोध खुलेको मात्रै छैन, आगा
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।