बार्सामा तनाव, इराकी सांसदहरूको आकस्मिक बैठक

बग्दाद, इराक । इराकको दक्षिणी शहर बार्सामा मङ्गलबारदेखि भएका आक्रमणमा विद्रोहीले इरानी बाणिज्यदूताबासमा आगो लगाएको र विमानस्थलमा हवाइ आक्रमण भएसँगै सुरक्षाकर्मीले गरेका कारबाहीमा १२ जना विद्रोही मारिएका छन् । 

 

तनाबपछि इराकी संसदको आकस्मिक तथा आपतकालीन बैठक बोलाइएको छ । इराकी प्रधानमन्त्री हैदर अल अवादीले उपलब्ध मन्त्रीहरूको बैठकमा जानकारी गराउनुभएको छ । अवादीले उक्त हिंसालाई ‘राजनीतिक प्रतिशोधले गरिएको आक्रमण ’ भन्दै यसविरुद्ध दृढ भएर अघि बढ्न आग्रह गरेका छन् । 

 

विद्रोहीले तेहरान पक्षधर लडाकू तथा राजनीतिक दलका कार्यालय ,सरकारी भवनहरू तथा इरानी बाणिज्यदूताबासमा मङ्गलबारदेखि आगजनी गरेपछि तनाब भएको सरकारी सुरक्षा स्रोतले जनाएको छ । तनाबलाई साम्य पार्न गरिएको सुरक्षा कारबाहीमा १२ जना विद्रोही मारिएका पुष्टि भएको छ । 

 

खानेपानीको अभावमा प्रदुशित पानी खाँदा विरामी परेका करिब ३० हजार नागरिक अस्पताल भर्ना भएपछि आक्रोसमा सरकारी भवनमा आगजनी गर्न थालेको आन्दोलित समूहले बताएको छ । सुरक्षाकर्मीले आन्दोलनकारीविरुद्ध चलाएको कारबाहीमा १२ जना मारिएका र ५० जनाभन्दा बढी घाइते भएका गृहमन्त्रीले जनाएका छन् । इराकले आन्दोलन इरानको उक्साहटमा भएको जनाएको छ । 

 

विदेशमन्त्रालयले बाणिज्यदूताबासमा भएको आक्रमणलाई अस्वीकार्य कदम भन्दै ‘यसले इराकको चासो तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई कमजोर आँकलन गर्न खोजेको’ जनाएको छ । 

 

इरानको विदेश मन्त्रालयका प्रवक्ताल बहराम घसेमीले ‘असभ्य आक्रमण’ भनी इराकले गरेको आलोचनाको खण्डन गरेका छन् । 

 

इराकका लागि इरानी राजदूत इराज मस्जेदीले बाणिज्यदूताबास पूर्ण रूपमा ध्वस्त गरिएको बताउँदै यसमा अमेरिका, जियोनी तथा केही अरब मुलुकका ‘विदेशी दलाल’ले इरान–इराकको सम्बन्ध विगार्ने प्रयासमा गरेको आक्रमण भनी आरोप लगाएको इरानी समाचार संस्था आइएलएनएले जनाएको छ । 

 

बार्सामा गत जुलाईदेखि शुरु भएको विरोध कार्यक्रममा अहिलेसम्म २७ जनाको ज्यान गइसकेको छ । 

 

“हामी तीर्खाएका छौँ, भोकाएका छौँ, विरामी परेका छौँ र राज्यद्वारा त्यागिएका छौँ, त्यसैले हाम्रो पवित्र कर्तव्यका लागि आन्दोलन शुरु गरेका छौँ र इमान्दार नागरिकले आन्दोलनमा सहभागिता जनाउने छ, ” इरान निकट मानिने सिया समूहका अलि हुसैनले भने । 

 

यसैबीच सांसदले प्रधानमन्त्री लगायत सरकारी अधिकारीबाट घटनाको विवरण सुनाइएको छ । आन्दोलनको कारक भनिएको प्रदुशित खानेपानी तथा विद्युत समस्याबारे छलफलसमेत भएको बताइएको छ । 

 

वार्सा क्षेत्रमा चर्चित सिया धर्मगुरु मोक्तदा सादरको आग्रहमा सांसदको आपतकालिन बैठक बोलाइएको हो । वार्साबाट निर्वाचित सांसदले जनताको जायज मागमा भएको लापबाही थप केही दिन रहे सङ्कटकालीन सरकारको निर्माण गरिने चेतावनी दिएका छन् । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

  • 5 hours ago
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।

'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

  • 5 hours ago
'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताए

सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

  • 5 hours ago
सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ९रोहित०ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन् ।



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।