इरानका राष्ट्रपतिसँग भेट्न ट्रम्प तयार
- मंगलबार, १५ साउन, २०७५
- 2 years ago
- अन्तर्राष्ट्रिय

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानी राष्ट्रपति हसन रौहानीसँग भेट्न तयार भएका छन् ।
सोमबार वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति रौहानीसँग आफू विनाशर्त भेटेर वार्ता गर्न तयार रहेको कुरा सोमबार जानकारी दिएका हुन् ।
हाल अमेरिका भ्रमणमा रहेका इटालीका प्रधानमन्त्री गुसेप कोन्तेसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा उनले तपाइँ इरानका नेतासँग भेट्न चाहन्छन् भनी सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पको जवाफ थियो— म जोसुकैसँग पनि भेट गर्न तयार छु किनभने मलाई भेटघाटमा विश्वास छ ।
उनले उत्तर कोरियाली नेता किम जोङ उन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र नेटोका नेताहरुसँगका उच्चस्तरीय बैठकको स्मरण गर्दै भने— यी केही महत्वपूर्ण बैठकहरुले राम्रो परिणाम निकालेको थियो ।
पक्कै पनि म इरानका नेताहरुसँग भेट्ने छु यदि तिनीहरु भेटघाट गर्न इच्छुक छन् भने, तर मलाई लाग्छ उनीहरु भेटघाट गर्न अहिले नै तयार भने छैनन्— राष्ट्रपति ट्रम्पले भने ।
उनको भनाई थियो— मैले इरानसँगको आणविक सम्झौता खारेज गरिदिएको थिएँ जुन अत्यन्तै हास्यास्पद सम्झौता थियो । त्यहीकारण मलाई लाग्छ सायद उनीहरु हामीसँग अहिल्यै वार्ताका लागि त्यति इच्छुक छैनन् र यदि छन् भने पनि म कुनै पनि समय भेटघाट गर्न तयार छु ।
यदि उनीहरु मसँग भेटवार्ता गर्न चाहान्छन् भने म उनीहरुको लागि, देशको लागि तथा हामी सबैको राम्रोको लागि भेटवार्ता गर्न चाहेको छु, राष्ट्रपति ट्रम्पले भने ।
सन् २०१५ मा भएको इरानसँगको ऐतिहासिक आणविक सम्झौताबाट गत मे महिनामा ट्रम्प प्रशासन पछि हटेको थियो । सन् २०१५ मा जर्मनी सहित संयुक्त राष्ट्रसंघका पाँच स्थायी सदस्य राष्ट्रहरु संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, चीन र रुस एवं इरानबीच आणविक सम्झौतामा भियनामा हस्ताक्षर भएको थियो ।
उक्त सम्झौतामा इरानले आणविक कृयाकलापहरुलाई सीमित गर्ने र अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई इरान भ्रमण गराउने भनिएको थियो । यो सम्झौता अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले इरानसँग विश्वका शक्ति राष्ट्रहरुसमेत राखी यो सम्झौता गराएका थिए ।
ट्रम्प प्रशासनले सम्झौताबाट बाहिरिने घोषणा गरेयता इरान र अमेरिकाबीचको सम्बन्ध बिग्रिएको छ । इरानले अमेरिकाको उक्त निर्णयको कडा शब्दमा विरोध गर्दै अमेरिकाले स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
'प्रधानमन्त्रीले गल्ती स्वीकार गरे पार्टी एकता हुनसक्छ'
- 38 minutes ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरु रहेको बताएका छन् । नेकपा पाँचथर जिल्ला कमिटीले आज फिदिममा आयोजना गरेको कार्यकर्ता भेला तथा
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने
- 47 minutes ago

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न
प्यारातालमा भारतीय दाबीः विवाद सुल्झाउन आग्रह
- 53 minutes ago

कन्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिकामा पर्ने प्याराताललाई भारती पक्षले लामो समयदेखि विवाद सिर्जना गर्दै आएको भए पनि नेपाली पक्ष भने मौन रहँदै आएको छ । तत्कालीन जिल्ला विकास समिति कञ्चनपुर हुँदै हा
पर्यटन
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।
जीवनशैली
खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।
विचित्र विश्व
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।