आदर्श लघुवित्तको आईपीओ बाँडफाँट

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • सोमबार, १३ आषाढ, २०७९
  • 1 month ago
  • अर्थ

काठमाडौँ। आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। विक्री प्रबन्धक बिओके क्यापिटलले आज बिहान आईपीओ बाँडफाँट गरेको हो।

 

गोलाप्रथाको माध्यमबाट भएको बाँडफाँटमा ६ हजार २६१ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। सोमध्ये पनि ५ भाग्यमानी लगानीकर्ताहरुले थप एक कित्ता अर्थात कुल ११ कित्ता सेयर प्राप्त गरेका छन्। लघुवित्तले असार १ गतेदेखि ५ गतेसम्म निष्काशन उक्त गरेको सेयरमा १६ लाख ७२ हजार ७९४ आवेदकको आवेदन स्वीकृत भएको थियो भने १ हजार ८५८ आवेदकको आवेदन रद्द भएको छ। 

 

कम्पनीको आईपीओका लागि १७ लाख ९६ हजार ६८४ जनाको आवेदन परेको थियो। यी आवेदकहरूबाट २ अर्ब १ करोड ४२ लाख बराबरको २ करोड १ लाख ४२ हजार ६१० कित्ता शेयर खरीद माग भएको जानकारी क्यापिटलले दिएको छ।

 

कम्पनीले ६७ लाख बराबरको ६७ हजार कित्ता आईपीओ सर्वसाधारणा जारी गरेको हो। सर्वसाधारणमा जारी गरिएको कुल ६७ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याईएको थियो। 

 

यी बाहेक बाँकी ६२ हजार ६१५ कित्ता सेयर मात्र सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको थियो। हाल कम्पनीको चुक्तापूँजी १ करोड ४० लाख रहेको छ आईपीओ बाँडफाँटपश्चात् यो पूँजी रू. २ करोड ७ लाख पुग्नेछ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • 10 minutes ago
हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

  • 34 minutes ago
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।

महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

  • 1 hour ago
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।