केएल राहुलको शतकीय पारीसँगै पञ्जाबले बैंगलोरलाई ९७ रनले हरायो

  • शुक्रबार, ९ असोज, २०७७
  • 4 weeks ago
  • खेल

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।

 

गएराति दुबईको दुबई इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले दिएको २०७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा १०९ रन बनाएर अलआउट भएपछि पञ्जाबले ९७ रनको जित हासिल गरेको हो ।

 

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ३ विकेट गुमाउदै २०६ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान केएल राहुलले शतकीय पारि खेलेका थिए । राहुलले ६२ बलमा १२ चौका र ३ छक्का प्रहार गरेर आफ्नो शतक पूरा गरे ।

 

बैंगलोरका कुनै पनि ब्याट्समेनले राम्रो स्कोर बनाउन सकेनन्। वासिङटोन सुन्दरले ३०, एबी डेभिलियर्सले २८ तथा ओपनर आरोन फिन्चले २० रन जोडे। त्यस्तै शिवम दुबेले १२ रन जोड्नबाहेक अन्य ब्याट्समेनले दोहोरो अंकको योगफल तयार पार्न सकेनन्। कप्तान विराट कोहली १ रनमै पेभिलियन फर्किए।

 

बैंगलोरमा सस्तैमा रोक्न पञ्जाबका मुरुगन आश्विन र रवि बिश्नोइले घातक बलिङ गर्दै समान ३र३ विकेट लिए। त्यस्तै शेल्डोन कोट्रेलले बैंगलोरका २ ब्याट्समेनलाई आफ्नो शिकार बनाए। 

 

यसअघि ब्याटिङ गरेको पञ्जाबका लागि कप्तान तथा ओपनर केएल राहुलले १३२ रन जोडे। त्यस्तै अर्का ओपनर मायांक अग्रवालले २६ रनको योगदान गरे भने निकोलस पुरनले १७ रन बनाए।

 

बैंगलोरका लागि शिवम दुबेले २ विकेट हात पारे भने युजबेन्द्र चाहलले १ विकेट लिए। आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल र चेन्नई सुपरकिंग्सबीच खेल हुँदैछ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कोरोनालेपनि छेकेन दशैंको भिडभाड (फोटोफिचर)

  • 5 minutes ago
कोरोनालेपनि छेकेन दशैंको भिडभाड (फोटोफिचर)

कोरोना फैलिनबाट रोक्न यसपटकको दशै परिवार मात्रै बसेर मनाउन सरकाले पटक पटक आग्रह गरेको छ ।

आदित्यको प्रश्नः के नेहा साँच्चिनै विवाह गर्दैछिन् ?

  • 8 minutes ago
आदित्यको प्रश्नः के नेहा साँच्चिनै विवाह गर्दैछिन् ?

एजेन्सी । पछिल्लो समय विवाहका कारण चर्चामा रहेका छन् आदित्य नारायण झा । उनले शापित फिल्ममा अभिनय गरेकी अभिनेत्री श्वेता अग्रवालसँग विवाह गर्न लागेको हुन् ।

आफ्नै साथीद्वारा एक जना युवतीकाे बलात्कार

  • 26 minutes ago
आफ्नै साथीद्वारा एक जना युवतीकाे बलात्कार

एजेन्सी । भारतको पन्जावमा साथीको जन्मदिनको पार्टी मनाएर फर्किएकी एक जना युवतीको आफ्नै साथीहरुले कारमा बलात्कार गरेका छन् । फर्किने क्रममा युवतीलाई ती युवकले जबर्जस्ती कारमा राखको र बलात्कार गरेको मिडि



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

काठमाडौं । दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ ।

विचित्र विश्व

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

एजेन्सी । विश्वमा यस्ता देशहरु पनि रहेका छन् जसले विभिन्न कारणमा राजधानी परिवर्तन गरेका छन् । अहिले पनि इन्डोनेशियाको राजधानी जकार्ता रहेको छ, तर यो शहर पानीले बिस्तारै डुब्दै गएको छ ।