आइपीएलमा मुम्बाईद्वारा कोलकाता ४९ रनले पराजित

  • बिहीबार, ८ असोज, २०७७
  • 1 month ago
  • खेल

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल)मा साविक विजेता मुम्बई इन्डियन्सले पहिलो जित हात पारेको छ । बुधबार राति सम्पन्न खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको हो ।

 

मुम्बाईको लागि कप्तान रोहित शर्माको शानदार ब्याटिङ तथा बलरहरुले उत्कृष्ट प्रदर्शनको कारण मुम्बईले सहज जित हात पारेको हो ।

 

मुम्बाईले टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको थियो । मुम्बाईको लागि रोहित शर्माले ५४ बलमा ८० रन जोडे, त्यस्तै, सुर्यकुमार यादवले २८ बलमा ४७ रन र सौरभ तिवारीले १३ बलमा २१ रन जोडेका थिए । २० ओभरको समाप्तीमा मुम्बाईले ५ विकेट गुमाउँदै १९५ रन जोड्यो ।

 

१९६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको कोलकाताले २० ओभर खेल्दै ९ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो । कोलकाताका लागि लोअर अर्डरमा ब्याटिङ गर्दै प्याट कमिङ्सले सर्वाधिक ३३ रन बनाए । कप्तान दिनेश कार्तिकले ३० र नितिश रानाले २४ रन जोडे । मोर्गनले २० बलमा १६ र रसेलले ११ बल खेल्दै ११ रन मात्र बनाए ।

 

मुम्बईका लागि ट्रेन्ट बोल्ट जेम्स व्याटिनसन जसप्रित बुमराह र राहुल चाहरले २–२ विकेट लिए । 

 

जितपछि २ खेलबाट मुम्बाईले २ अंक जोडेको छ । कोलकाताले भने सन् २०१३ पछि आइपीएलमा आफ्नो पहिलो खेल हारबाट सुरुवात गरेको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पोखरामा थप एक जनालाई कोरोना संक्रमण

  • 3 minutes ago
पोखरामा थप एक जनालाई कोरोना संक्रमण

पोखरा । पोखरामा थप एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

‘मेसिनले धपाएको बाँदर घुमिफिरी आउँछ’

  • 1 hour ago
‘मेसिनले धपाएको बाँदर घुमिफिरी आउँछ’

बलेवा । खेतबारीको बालीमा बाँदरको रजाईँले आजित बनेका बागलुङको काठेखोला गाउँपालिकाका किसान बाँदर धपाउने मेसिन पाएपछि सुखको सास फेर्न थालेका छन् ।

कैदीबन्दीलाई खसी

  • 2 hours ago
कैदीबन्दीलाई खसी

कञ्चनपुर । कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई बडादशैँ मनाउनका लागि खसी उपलव्ध गराइएको छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

काठमाडौं । दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ ।

विचित्र विश्व

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

एजेन्सी । विश्वमा यस्ता देशहरु पनि रहेका छन् जसले विभिन्न कारणमा राजधानी परिवर्तन गरेका छन् । अहिले पनि इन्डोनेशियाको राजधानी जकार्ता रहेको छ, तर यो शहर पानीले बिस्तारै डुब्दै गएको छ ।