पोलार्ड चम्किदा चेन्नईविरुद्ध मुम्बईको रोमाञ्चक जित

  • आइतबार, १९ बैशाख, २०७८
  • 1 week ago
  • खेल

एजेन्सी । १४ औं संस्करणको इन्डियन प्रिमिय लिग (आइपिएल)मा अलराउन्डर कायरन पोलार्डको उत्कृष्ट पारीमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

 

जितका लागि २ सय १९ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दा ४ विकेटको जित हात पारेको हो ।

 

मुम्बईलाई जितको लागि अन्तिम ओभरमा १६ रन आवश्यक थियो । पोलार्डले अन्तिम बलमा रन बटुल्दै जित पक्का गराएका थिए । 

 

पोलार्ड ३४ बलमा ८७ रनमा अविजित रहे । उनले  ६ चौका र ८ छक्का प्रहार गरे । उनले १७ बलमै अर्धशतक पूरा गरेका थिए । 

 

मुम्बईलाई ओपनर रोहित शर्मा र क्विन्टन डी ककले ७.४ ओभरमा ७१ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । 

 

चेन्नईका साम करनले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । शार्दूल ठाकुर, रविन्द्र जडेजा र मोईन अलीले १–१ विकेट लिए ।

 

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १८ रन बनाएको थियो ।

 

अम्बाती रायुडूले विष्फोटक पारी खेल्दै २७ बलमा ४ चौका र ७ छक्का सहित सर्वाधिक ७२ रन बनाएका थिए । रायुडूले मात्र २० बलमा अर्धशतक पूरा गरेका थिए । मोईन अलीले ३६ बलमा ५ चौका र ५ छक्का सहित ५८ रनको योगदान दिए ।

 

मुम्बईका काइरन पोलार्डले २ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा ५६ रन खर्चेर १ विकेट लिए । ट्रेन्ट बोल्टले पनि १ विकेट लिए ।

 

आजको खेलः

राजस्थान रोयल्स विरुद्ध सनराइजर्स हैदरावाद (३ः४५ बजे)

पञ्जाव किंग्स विरुद्ध दिल्ली क्यापिटल्स (७ः४५ बजे)

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

  • 4 hours ago
ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

काठमाडौं । पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ । प्रधानमन्त्री ओलीले आईतबार आफ्ना विश्वास पात्रहरु महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेत

छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

  • 4 hours ago
छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

गोरखा । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैल

सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

  • 4 hours ago
सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।