उत्कृष्ट कमब्याक गर्दै पञ्जाब, कोलकतालाई ८ विकेटले हरायो

  • मंगलबार, ११ कार्तिक, २०७७
  • 4 weeks ago
  • खेल

एजेन्सी । दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स इलेभेन पञ्जाबले कोलकोता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।

 

कोलकोताले दिएको १५० रनको लक्ष्य पछाएको पञ्जाबले १८.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य भेटाएको हो ।

 

पञ्जाबको जितमा मनदीप सिंह र क्रिस गेलले अर्धशतक बनाएका थिए । मनदीपले अविजित ६६ रन बनाए भने क्रिस गेलले ५१ रन बनाए । त्यस्तै कप्तान केएल राहुलले २८ रन बनाएर आउट भएका थिए भने निकोलस पुरनले अविजित २ रन बनाए ।

 

कोलकोताका लागि एक विकेट वरुण चक्रवर्तीले लिएका थिए ।

 

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ९ विकेट गुमाउदै १४९ रन बनाएको थियो । कोलकोताका लागि शुभमन गिलले ५७ रन बनाए भने कप्तान इयोन मोर्गनले ४० रन बनाए । त्यस्तौ लुकी फर्गुसनले २४ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 

पञ्जाबका बलर मोहमद सामीले ३ विकेट लिए भने क्रिस जोर्डन र रवी विश्नोईले २/२ विकेट लिए । त्यस्तै मुर्गन आश्विन र ग्लेन म्याक्सवेलले एक/एक विकेट लिए ।

 

यो जितपछि पञ्जाबले १२ खेलमा छैटौं जित हासिल गरेको छ । पञ्जाब १२ अंकसहित चौथो स्थानमा उक्लिएको छ । त्यस्तै कोलकोता १२ खेलमा छैठौ हार बेहोरेको छ । तालिकामा कोलकता पाचौं स्थानमा छ । यस्तै आज साँझ सनराजर्स हैदराबाद र दिल्ली क्यापिटल्सले प्रतिस्पर्धा गर्दैछन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेकपाको भविष्य कठिन मोडमा आइपुगेको छः महासचिव पौडेल

  • 40 minutes ago
नेकपाको भविष्य कठिन मोडमा आइपुगेको छः महासचिव पौडेल

रुपन्देही । सङ्घीय सरकारका अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताएका छन् । प्रेस संगठन रुपन्देहीले मंगलबार साँझ बुटवलमा

निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

  • 47 minutes ago
निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

एजेन्सी । निकारागुवामा मंगलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु २५ जना घाइते भएका यहाँका केही स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

पाकिस्तानमा कोरोना संक्रमण बढ्दै

  • 50 minutes ago
पाकिस्तानमा कोरोना संक्रमण बढ्दै

एजेन्सी । पाकिस्तानमा गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका बताइएको छ । गएको जुलाई ७ यताकै सबैभन्दा धेरै संक्रमित भेटिएका पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जानकारी



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

राति निन्द्रा लाग्दैन ?

राति निन्द्रा लाग्दैन ?

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदि रातमा निद्रा लागेन भने मानिसलाई छटपटि लाग्न सक्छ । यसका साथै निद्रा नपुगेमा अन्य थुप्रै रोग समेत लाग्न सक्छ । यसका लागि समाधानको उपायको रुपमा यी कुराहरुलाई अपनाउन सकिन्छ ।