इतिहासमै पहिलो पटक १० विकेटले पराजित भयो चेन्नई, मुम्बई शीर्ष स्थानमा

  • शनिबार, ८ कार्तिक, २०७७
  • 6 months ago
  • खेल

काठमाडौं । दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इन्डियन्सले चेन्‍नइ सुपर किंग्सलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा मुम्बईले चेन्‍नइलाई १० विकेटले पराजित गरेको हो । 

 

चेन्‍नइले दिएको ११५ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बईले १२.२ ओभरमा विना विकेटको क्षतीमा उक्त लक्ष्य भेट्टाएको हो । मुम्बईको जितका लागि ओपनर ब्याट्सम्यान इसान किसनले अर्धशतकीय पारी खेले । 

 

किसनले ६८ रनको अर्धशतकी पारी खेलेका हुन् । उनले ३७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै अविजित अर्धशतकीय पारी खेले । त्यस्तै क्विन्टन डि ककले अविजित ४६ रन जोडे । डि ककले ३७ बल खेल्दै ५ चौका र दुई छक्का प्रहार गर्दै ४६ रन जोडेका हुन् । 

 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नइले खराब सुरुवात गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११४ रन जोडेको थियो । चेन्नइले पावर प्लेमा मात्र पाँच विकेट गुमाएको थियो । चेन्नइले पावर प्ले सकिन तीन बल बाँकी रहँदा २१ रन जोडेर पाँच विकेट गुमाइसकेको थियो । 

 

त्यसपछि कप्तान महेन्द्र सिंह धोनी र साम करनले चेन्नइको पारी सम्हाल्ने प्रयास गरेका थिए । तर, धोनी १६ रन जोड्दै पेभिलियन फर्किए । उनी राहुल चहारले गरेको सातौ ओभरको चौथो बलमा विकेटकिपर ब्याट्सम्यान डि ककबाट क्याच आउट हुँदै पेभिलियन फर्किएका थिए । 

 

त्यसपछि मैदान आएका दीपक चाहर शुन्य रनमा आउट भएपछि कुरानलाई शार्दुल ठाकुरले साथ दिएका थिए । ठाकुर पनि ११ रनमा चेन्नइको आठौ विकेटको रुपमा पेभिलियन फर्किए । 

चेन्नइका लागि करनले अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५३ रनको अर्धशतकीय पारी खेल्दै चेन्नइको स्कोर सम्हालेको थिए । उनी २० औं ओभरको अन्तिम बलमा बोल्टबाट बोल्ड आउट भए । इमरान ताहिर भने १३ रनमा अविजित रहे । 

 

चेन्‍नइलाई सस्तैमा समेट्न मुम्बईका लागि ट्रेन्ट बोल्टले चार विकेट लिए । बोल्टले चार ओभरमा एक ओभर मेडन राख्दै मात्र १८ रन खचेर चार विकेट लिएका थिए । उनी म्यान अफ द म्याच समेत घोषित भए ।  त्यस्तै जसप्रित बुम्राह र राहुल चहारले समान दुई९दुई तथा नाथन कुल्टर नाइलले एक विकेट लिए ।

 

यस जितसँगै मुम्बई अंक तालिकाका् शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले १० खेल खेल्दै सातमा जित र तीन खेलमा हारसहित १४ अंक जोडेको छ । दिल्ली र बैंगलोरको पनि समान अंक भएपनि रन रेटका आधारमा मुम्बई शीर्ष स्थानमा छ । ११ खेल खेलेको चेन्‍नइ भने मात्र तीन खेलमा जित निकाल्दै ६ अंकसहित तालिकाको पुछारमा रहेको छ । तीन पटकको आइपिएल विजेता समेत रहेको चेन्नई इतिहासमै पहिलो पटक ४६ बल बाँकी रहँदै १० विकेटले पराजित भएको यो पहिलो पटक हो । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह

  • 10 hours ago
खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्धको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गरेका छन् । नेपालस्थित राष्ट्रसंघ

शुक्रबार २० हजार ४८२ परीक्षण, झण्डै आधामा संक्रमण

  • 10 hours ago
शुक्रबार २० हजार ४८२ परीक्षण, झण्डै आधामा संक्रमण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा २० हजार ४८२ परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ स्वाबको पीसीआर बिधिबाट तथा ४९५ को एन्टिजेन बिधिबाट परीक्षण भएकोमन्त्रालयले जनाए

काठमाडौँ उपत्यकामा कति कोरोना संक्रमित थपिए ?

  • 11 hours ago
काठमाडौँ उपत्यकामा कति कोरोना संक्रमित थपिए ?

काठमाडौँ । काठमाडौं उपत्यकामा थप ४ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।