आइपिएलः हैदराबादले राजस्थानलाई हरायो

  • शुक्रबार, ७ कार्तिक, २०७७
  • 1 month ago
  • खेल

एजेन्सी । दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत  सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको छ । 

 

बिहीबार राति भएको खेलमा हैदराबादले राजस्थानलाई ८ विकेटलले पराजित गरेको हो । 

 

राजस्थानले दिएको १५५ रनको लक्ष्य पछ्याएको हैदरावादले १८.१ ओभरमा मात्र २ विकेट गुमाउँदै भेट्टाएको हो । 

 

हैदराबादको जितका लागि मनिष पाण्डे र विजय शंकरले अर्धशतकीय पारी खेले । पाण्डे र शंकरले १४० रनको साझेदारी गरे । पाण्लेडे ४७ बलमा चार चौका र ८ छक्का प्रहार गर्दै ८३ रनको अर्धशतकीय पारी खेलेका हुन् । 

 

त्यस्तै शंकरले ५२ रनको अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ६ चौकाको मद्दतमा ५२ रनको अविजित अर्धशतकीय पारी खेले । यसअघि हैदराबादले ४ रनमा कप्तान डेभिड वार्नर र १० रनमा जोनी बेयरस्टोलाई गुमाएको थियो । दुबै विकेट जोफ्रा आर्चरले लिएका थिए ।

 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन जोडेको थियो । राजस्थानका लागि सन्जु सामसनले सर्वाधिक ३६ रन जोडे । उनले २६ बल खेल्दै ३ चौका र एक छक्काको मद्दतमा ३६ रन जोडेका हुन् । त्यस्तै ओपनर ब्याट्सम्यान बेन स्टोक्सले ३२ बलमा दुई चौकाको मद्दतमा ३० रनको योगदान दिए  ।

 

रियान परागले १२ बलमा दुई चौका र एक छक्का सहित २० रन जोडे । रोविन उथप्पाले १९, कप्तान स्टिभ स्मिथले १९ र जोस बट्लरले ९ रन बनाए । जोफ्रा आर्चरले सात बल खेल्दै १६ रनमा अविजित रहे भने रहुल तिवेतिया २ रनमा अविजित रहेको थिए । 

 

बलिङतर्फ हैदराबदका जेसन होल्डरले तीन विकेट लिए । त्यस्तै विजय शंकर र रसिद खानले एक/एक विकेट लिए । 

 

यस जितसँगै हैदराबादले १० खेलमा चार  जित निकाल्दै ६ खेल गुमाएको हैदाबाद ८ अंकसहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पराजित राजस्थानको भने ११ खेलबाट चार खेलमा जित निकाल्दै ८ अंक जोडेर तालिकाको ७ औं स्थानमा छ । यस्तै आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले प्रतिस्पर्धा गर्दैछन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेकपाको भविष्य कठिन मोडमा आइपुगेको छः महासचिव पौडेल

  • 25 minutes ago
नेकपाको भविष्य कठिन मोडमा आइपुगेको छः महासचिव पौडेल

रुपन्देही । सङ्घीय सरकारका अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताएका छन् । प्रेस संगठन रुपन्देहीले मंगलबार साँझ बुटवलमा

निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

  • 33 minutes ago
निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

एजेन्सी । निकारागुवामा मंगलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु २५ जना घाइते भएका यहाँका केही स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

पाकिस्तानमा कोरोना संक्रमण बढ्दै

  • 36 minutes ago
पाकिस्तानमा कोरोना संक्रमण बढ्दै

एजेन्सी । पाकिस्तानमा गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका बताइएको छ । गएको जुलाई ७ यताकै सबैभन्दा धेरै संक्रमित भेटिएका पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जानकारी



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

राति निन्द्रा लाग्दैन ?

राति निन्द्रा लाग्दैन ?

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदि रातमा निद्रा लागेन भने मानिसलाई छटपटि लाग्न सक्छ । यसका साथै निद्रा नपुगेमा अन्य थुप्रै रोग समेत लाग्न सक्छ । यसका लागि समाधानको उपायको रुपमा यी कुराहरुलाई अपनाउन सकिन्छ ।