आइपिएलः राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

  • बिहीबार, २९ असोज, २०७७
  • 1 month ago
  • खेल

एजेन्सी । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको छ ।

 

दिल्लीले निर्धारित २० ओभरमा राजस्थानसामु १६२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा राजस्थानले ८ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो ।

 

ओपनरद्वय जोस बटलर र बेन स्टोक्सले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरे । जोस बटलरले २२ रन बनाए । उनलाई नोर्कियेले बोल्ड गरे । त्यसपछि आएका कप्तान स्टिभ स्मिथ पनि जम्न सकेनन् । उनी एक रनमा क्याचआउट भए ।

 

अन्तिम ओभरमा राजस्थानलाई जितका लागि २२ रन आवश्यक थियो । तर युवा बलर तुषार देशपाण्डेले केबल ८ रन दिए र श्रेयस गोपालको पनि विकेट लिए ।

 

राहुल तेबतिया १४ रनमा नटआउट रहे । दिल्लीका तुषारले ३७ रन खर्चिएर २ र एनरिक नोर्कियले ३३ रन दिएर २ विकेट लिए ।

 

यसअघि दिल्लीका कप्तान श्रेयस अय्यरले टस जितेर पहिले ब्याटिङको निर्णय लिएका थिए । दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।

 

दिल्लीका लागि शिखर धवनले अर्धशतक पूरा गरे । उनले ३३ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५७ रन योगदान गरे । कप्तान श्रेयस अय्यरले पनि ४३ बलमा ३ चौका र दुई छक्काको मद्दतमा ५३ रन बनाए ।

 

पृथ्वी शा शून्य रनमा र अजिक्य रहाणे २ रनमा आउट भएको बेला धवन र अय्यरले जितको आधार तयार पारेका थिए ।

 

बलिङतर्फ जोफ्रा आर्चरको नाममा ३ विकेट रह्यो । 

 

८ खेल खेलेको दिल्ली ६ खेलमा जितसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । यस्तै राजस्थान ८ खेलमा ३ जितसहित सातौं स्थानमा रहेको छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

  • 6 hours ago
मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले मुस्ताङ्ग जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा कार्यालयको संख्या २६४ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग

ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

  • 6 hours ago
ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अग्रगमनको मुख्य बाधक भएको बताएका छन् । सोमबार साँझ एक ट्वीट गर्दै डा. भट्टराईले ओली प्रवृत्ति प्रतिगम

नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

  • 6 hours ago
नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन् । सत्य साई बाबाको ९५ औँ अवतरण दिवसका अवसरमा सोमबार शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।