आइपिएलः दिल्लीलाई हराउँदै मुम्बई शीर्ष स्थानमा

  • सोमबार, २६ असोज, २०७७
  • 1 month ago
  • खेल

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इन्डियन्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

 

गएराति आबुधाबीको शेख जायद स्टेडियममा सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङमा उत्रिएको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा १६२ रन जोडेको थियो ।

 

दिल्लीका लागि शिखर धवनले ५२ बलमा ६९ रनको अर्धशतकीय पारी खेलेपनि दिल्लीलाई जित दिलाउन सकेनन् । यता मुम्बईले १९.४ ओभरमा लक्ष्य भेटायो ।

 

मुम्बईका लागि क्विन्टन डि ककले ३२ बलमा ५२ रनको अर्धशतकीय पारी खेले भने सुरेश कुमार यादवले पनि ३२ बलमा ५३ रनको योगदान दिए । दुबै टिमले ७ खेलमा ५ जित निकाल्दा रन रेटको आधारमा मुम्बई तालिकाको शीर्ष स्थानमा रहेको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रहरी जवान विवेक तामाङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

  • 2 minutes ago
प्रहरी जवान विवेक तामाङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर

वाग्मती प्रदेश सरकारले चलाउने भयोे विद्युतीय सवारी साधन

  • 2 minutes ago
वाग्मती प्रदेश सरकारले चलाउने भयोे विद्युतीय सवारी साधन

काठमाडौँ । वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य शुरु गरेको छ ।

पुल्चोक क्याम्पसमा पर्खाल भत्काएर फलामेबार

  • 28 minutes ago
पुल्चोक क्याम्पसमा पर्खाल भत्काएर फलामेबार

ललितपुर । ललितपुर महानगरपालिकाले नेपाल इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको इँटाको अग्ला पर्खाल भत्काएर फलामेबार लगाएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।