आइपिएलः विराटको बैंगलोरले धोनीको चेन्नईलाई ३७ रनले हरायो

  • आइतबार, २५ असोज, २०७७
  • 1 month ago
  • खेल

एजेन्सी । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

 

गएराति सम्पन्न खेलमा विराट कोहली कप्तान रहेको बैंगलोरले महेन्द्र सिंह धोनी कप्तान रहेको चेन्नईलाई ३७ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङमा उत्रिएको बैंगलोरले २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १६९ रन जोड्यो ।

 

बैंगलोरका लागि विराट कोहलीले सर्वाधिक ५२ बलमा ९० रन जोडे । १७० रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको चेन्नई २० ओभरमा ८ विकेटको क्षतिमा १३२ रनमात्र बनायो ।

 

जसमा अम्बाती रायुडुले ४० बलमा ४२ रन, नारायण जगदीशनले २८ बलमा ३३ रन सेन वाट्सनले १८ बलमा १४ रन, कप्तान धोनीले ६ बलमा १० रन बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् । 

 

आरसीबीका क्रिस मोरीसले ३, वासिंगटन सुन्दरले २ युजभेन्दर चाहल र युडानाले १ १ विकेट लिए । यस्तै चेन्नईका शार्दुल ठाकुरले २, साम करन र दिपक चाहरले १ १ विकेट लिए । बैंगलोरले ६ खेलमा ४ जित निकालेको छ भने चेन्नईले ७ खेलमा २ खेलमात्र जितेको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पुल्चोक क्याम्पसमा पर्खाल भत्काएर फलामेबार

  • 9 seconds ago
पुल्चोक क्याम्पसमा पर्खाल भत्काएर फलामेबार

ललितपुर । ललितपुर महानगरपालिकाले नेपाल इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको इँटाको अग्ला पर्खाल भत्काएर फलामेबार लगाएको छ ।

शरिरलाई फिट राख्न कस्ता खानेकुराहरु खाने ?

  • 15 minutes ago
शरिरलाई फिट राख्न कस्ता खानेकुराहरु खाने ?

काठमाडाैँ । बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ ।

कति छ सलमान खानको सम्पत्ति ?

  • 23 minutes ago
कति छ सलमान खानको सम्पत्ति ?

एजेन्सी । बलिउडका चर्चीत अभिनेता सलमान खानबारे जहिले पनि उनको रिलेशनसिप र फिल्मलाई लिएर चर्चा हुन्छ । उनको सम्पत्तिलाई लिएर कमै चर्चा हुने गरेको छ । उनको फिल्महरुले बितेका वर्षहरुमा १०० करोडभन्दा बढी



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।