आइपिएलः दिल्लीद्वारा राजस्थान ४६ रनले पराजित

  • शनिबार, २४ असोज, २०७७
  • 1 month ago
  • खेल

एजेन्सी । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति सारजाह क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ४६ रनले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

 

 

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ८४ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको दिल्लीले १२ रनमा पहिलो विकेट गुमायो । दिल्लीका लागि ओपनर शिखर धवन मात्र ५ रनमा आउट भए।

 

अर्का ओपनर पृथ्वी श १९ रनमा आउट भएपछि दिल्लीले ४२ रनमा दोस्रो विकेट खेर फाल्यो । यस्तै कप्तान श्रेयस ऐयर पनि २२ रनमा आउट हुँदा दिल्लीको स्कोर ५० रन थियो । त्यसपछि ७९ रन हुँदा दिल्लीले चौथो विकेट गुमायो । रिसव पन्त मात्र पाँच रनमा पेभेलियन फर्किए । दिल्लीका लागि मार्कुस स्टोनीसले ३९ रन बनाए भने सिमरोन हिटमेयरले ४५ रनको योगदान गरे ।

 

दिल्लीको स्कोर एक सय नौ रन हुँदा पाँचौ विकेट गएको थियो भने एक सय ४९ रनमा छैठौ‌ँ र एक सय ८१ रनमा सातौं विकेट झरेको थियो । उसका लागि अक्सर पटेलले १७ रन बनाए भने हर्षल पटेलले १६ रनको योगदान गरे।

 

बलिङमा राजस्थानका जोफ्रा आर्चरले तीन विकेट लिए । जवाफमा राजस्थान १९ ओभर ४ बलमा एक सय ३८ रनमा अलआउट भयो । खराब सुरुवात गरेको राजस्थानले १५ रनमा पहिलो विकेट गुमायो भने एक सय रन बनाउँदा सात विकेट खेर फालेको थियो ।

 

राजस्थानका लागि जोस बट्लरले १३ रन बनाए भने स्टिभ स्मिथले २४ रनको योगदान गरे । यस्तै यसस्वी जैसवालले ३४ रनको योगदान गरे । राजस्थानका सञ्जु सामसन पाँच रनमा आउट भए भने महिपाल लोमोरले एक रन मात्र बनाए । एन्र्डु तेई मात्र ६ रनमा आउट भए भने जोफ्रा आर्चर दुई रनमा पेभेलियन फर्किए ।

 

राजस्थानका लागि राउल टेवाटियाले सर्वाधिक ३८ रन बनाए । जारी लिगमा दिल्लीले ६ खेलमा १० अंक बनाउँदै तालिकामा अग्रस्थानमा रहेको छ । दिल्लीले अहिलेसम्म पाँच खेलमा जित निकालेको छ । राजस्थानको भने यो ६ खेलमा चौथो हार हो । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा १७ लाख स्वाबको परीक्षण

  • 1 hour ago
नेपालमा १७ लाख स्वाबको परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा जम्मा ९ हजार ४९१ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन

सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

  • 1 hour ago
सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को ५४ औंँ वार्षिक साधारणसभा बिहीबारदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानम

१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

  • 1 hour ago
१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

तनहुँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तनहुँ जिल्लाको भिमादमा तोरण तारिएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।