आइपिएलः मुम्बईद्वारा राजस्थान ५७ रनले पराजित

  • बुधबार, २१ असोज, २०७७
  • 1 month ago
  • खेल

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराति आबुधावीको शेख जायद स्टेडियममा सम्पन्न खेलमा मुम्बईले राजस्थानलाई ५७ रनले पराजित गरेको हो ।

 

टस जितेर पहिले ब्याटिङमा उत्रिएको मुम्बईले २० ओभर पूरा खेल्दै ४ विकेटको क्षतिमा १९३ रन जोड्यो । मुम्बईका लागि सुरेशकुमार यादवले ४७ बलमा ७९ रनको योगदान दिए ।

 

रोहित शर्माले २३ बलमा ३५ रन, डि ककले १५ बलमा २३ रन, हार्दिक पाण्ड्याले १९ बलमा ३० रनको योगदान दिए । जवाफमा ब्याटिङमा उत्रिएको राजस्थानले १८ ओभरमा अलआउट हुँदै १३६ रनमात्र जोड्न सक्यो ।

 

राजस्थानका लागि जोस बटलरले ४४ बलमा ७० रन जोडे । कप्तान स्टिभ स्मिथ ७ बलमा ६ रन जोड्दै पेभिलियन फर्किँदा सञ्जु सामसन जिरो रनमै आउट हुन पुगे । मुम्बईका जास्प्रित बुमराहले ४ विकेट लिए ।

 

६ खेलमा ४ जित निकाल्दै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । राजस्थान ५ खेलमा २ जितसहित तालिकाको सातौं स्थानमा रहेको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

  • 32 minutes ago
कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ ।

आलु पाठशाला सञ्चालन गर्दै झिमरुक गाउँपालिका

  • 50 minutes ago
आलु पाठशाला सञ्चालन गर्दै झिमरुक गाउँपालिका

प्युठान । झिमरुक गाउँपालिकाको कृषि शाखाले हाल आलु पाठशाला सञ्चालन गरेको छ । आलु लगाउनेदेखि आलु लगाउने विधि सिकाउनका लागि पाठशाला सञ्चालन गरिएको हो । पाठशालामा २५ सक्रिय कृषक सदस्य सहभागी छन् ।

सुरु भयो कक्षा १२ को परीक्षा, कति परीक्षार्थी छन् सहभागी ?

  • 1 hour ago
सुरु भयो कक्षा १२ को परीक्षा, कति परीक्षार्थी छन् सहभागी ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षामा ढुक्क भएर सहभागी हुन सम्बन्धित विद्यार्थीहरुसँग आग्रह गरेका छन् । उनले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।