आइपिएलः दिल्लीद्वारा बैंगलोर ५९ रनले पराजित

  • मंगलबार, २० असोज, २०७७
  • 1 month ago
  • खेल

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटलले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।

 

गएराति दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सम्पन्न खेलमा दिल्लीले बैंगलोरलाई ५९ रनले पराति गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभर पूरा खेल्दै ४ विकेटको क्ष्तिमा १९६ रन जोड्यो ।

 

दिल्लीका लागि सर्वाधिक मार्कुस स्टोनिसले २६ बलमा ५३ रन नटआउट खेले । पृथ्वी शले २३ बलमा ४२ रनको योगदान दिए । जवाफमा १९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रनमात्र जोड्न सक्यो ।

 

कप्तान विराट कोहलीले ३९ बलमा ४३ रन जोड्नुबाहेर अन्य खेलाडीले राम्रो रन जोड्न नसकेपछि आरसीबी पराजित भएको हो ।

 

५ खेलमा ४ जित निकाल्दै दिल्ली तालिकाको शीर्ष स्थानमा रहँदा आरसीबी समान खेलबाट ३ जितसहित तेस्रो स्थानमा रहेको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा १७ लाख स्वाबको परीक्षण

  • 29 minutes ago
नेपालमा १७ लाख स्वाबको परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा जम्मा ९ हजार ४९१ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन

सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

  • 35 minutes ago
सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को ५४ औंँ वार्षिक साधारणसभा बिहीबारदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानम

१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

  • 38 minutes ago
१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

तनहुँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तनहुँ जिल्लाको भिमादमा तोरण तारिएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।