आइपिएलः चेन्नईद्वारा पञ्जाब १० विकेटले पराजित

  • सोमबार, १९ असोज, २०७७
  • 1 month ago
  • खेल

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपरकिंग्सले किंग्स इलेभेन पञ्जाबलाई पराजित गरेको छ । गएराति दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सम्पन्न खेलमा चेन्नईले पञ्जाबलाई १० विकेटले पराजित गरेको हो । 

 

पञ्जाबले दिएको १७९ रनको लक्ष्य पछ्याएको चेन्नईले १७.४ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पुरा गर्यो ।

 

चेन्नईका लागि ओपनर शेन वाटशनले ५३ बलमा ११ चौका र ३ छक्का प्रहार गर्दै अविजित रहँदै ८३ रन बनाए भने फाफ डुप्लेसीले ५३ बलमा ११ चौका र एक छक्कासहित अविजित ८७ रन बनाएपछि चेन्नईले खेल आफ्नो पक्षमा पारेको हो ।

 

लगातार तीन खेल हारेको चेन्नईले शानदार कमब्याक गर्दै पञ्जाबमाथि १० विकेटको जित हासिल गरेको छ ।

 

यस अघि टस जितेर पहिला ब्याटिंग रोजेको किंग्स इलेभेन पञ्जाबले २० ओभरमा ४ विकेट गुमाउदै १७८ रन बनाएको थियो ।

 

पञ्जाबका लागि कप्तान केएल राहुलले सर्बाधिक ६३ रन बनाएका थिए भने निकोलस पुरनले ३३, मनदीप सिंहले २७, मयंक अग्रवालले २६, सर्फरोज खानले अविजित १४ र ग्लेन म्याक्सवेलले अविजित ११ रन बनाएका थिए ।

 

चेन्नईका बलर श्रदुल ठाकुरले २ विकेट लिए भने रविन्द्र जडेजा र पियुष चावलाले एक-एक विकेट लिए ।

 

जितसँगै चेन्नईले पाँच खेलमा दोस्रो जित हासिल गर्दै तालिकाको छैटौं स्थानमा छ भने पञ्जाबले पाँच खेलमा चौथो हार ब्यहोर्दै तालिकाको पुछारमा रहेको छ ।     


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा १७ लाख स्वाबको परीक्षण

  • 51 minutes ago
नेपालमा १७ लाख स्वाबको परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा जम्मा ९ हजार ४९१ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन

सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

  • 57 minutes ago
सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को ५४ औंँ वार्षिक साधारणसभा बिहीबारदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानम

१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

  • 1 hour ago
१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

तनहुँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तनहुँ जिल्लाको भिमादमा तोरण तारिएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।