बेलायती अर्थमन्त्रीले घोषणा गर्नुभएको प्याकेजहरु सराहनिय र प्रगतिशिल छन्ः दाहाल

विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड– १९)को महामारीको कारण विश्वको अर्थतन्त्रमा असर देखिन थालेको छ । २ लाख ९१ हजार भन्दा बढी संक्रमित भएको बेलायतलेको अर्थतन्त्रमा पनि कोभिड– १९ ले धक्का दिइसकेको छ । तर, बेलायत सरकारले अर्थतन्त्रलाई उकास्न र बेरोजगारीको संख्या कम गर्नको लागि भनेर चरणबद्ध रुपमा बिभिन्न खालका राहत प्याकेजहरुको घोषणा गरिरहेको छ । अर्थतन्त्रमा परेको प्रभाव कम गर्न बेलायत सरकारले मार्चदेखि नै राहतका प्याकेजका घोषणा गरिरहेको छ । के यो महामारीमा घोषणा भइरहेका राहत प्याकेजहरुले काम गर्ला ? आगामी दिनमा बेलायतको अर्थतन्त्र कुन दिशातर्फ जाला यी लगायतको प्रश्नहरुको उत्तर हामीले १५ वर्षदेखि बेलायतमा रहेर चाटर्ड एकाउन्टेन्ट तथा लेखापरीक्षकको रुपमा काम गर्दै आउनुभएका कृष्णप्रसाद दाहालसँग खोजेका छौं । नेपालका चार्टड एकाउन्टेन्टहरुको संस्था आइक्यानका पूर्व काउन्सिल मेम्बर समेत रहेका दाहाल संसारभरका प्रोफेसनल एकाउन्टेन्टहरुको प्रतिनिधिमुलक संस्था (एशोसिएसन अफचार्टड सर्टिफाइड एकाउन्टेन्ट्स (एसिसीए) को २०२० काउन्सिल चुनावमा उम्मेदवार समेत हुनुहुन्छ ।

 

कोभिड–१९ को महामारीको कारण बेलायतको अर्थतन्त्रमा तीन सय वर्षपछि यति ठूलो आर्थिक मन्दी आएको भनिएको छ । हालको बेलायतको अवस्थालाई यहाँले कसरी विश्लेषण गरिरहनु भएको छ ?

 

कोरोना भाइरस (कोभिड– १९) को महामारीको अवस्थाले विश्व अर्थतन्त्र नै कमजोर अवस्थामा पुगेको छ । यसको प्रभाव बेलायतमा पनि परेको छ । आर्थिक सहयोग र विकास संगठन (ओईसीडी)को रिपोर्ट अनुसार बेलायतको अर्थ व्यवस्था जी– ७ राष्ट्रहरुको भन्द पनि कमजोर हुने आंकलन गरिएको छ । सन् २०२० को अवधिमा बेलायतको राष्ट्रिय आम्दानीमा ११.५ ले घट्ने अनुमान गरिएको छ । ओईसीडीको रिपोर्ट अनुसार विश्वको अर्थतन्त्र गम्भीर अवस्थामा रहेकोले ७.६ प्रतिशतले संकुचित हुनसक्ने अनुमान गरिएको छ । जर्मनीको कूल ग्राह्यस्थ उत्पादन (जीडपी) ६.६ प्रतिशतले घट्ने अनुमान गरेको छ । त्यस्तै स्पेनको ११.१ प्रतिशतले, इटालीको ११.३ प्रतिशतले र फ्रान्सको ११.४ प्रतिशतले घट्ने अनुमान गरेको छ । यस हिसावले बेलायतको आर्थिक वृद्धि यी देशहरु भन्दा पनि कमजोर हुनसक्ने अनुमान गरिएको छ । 

 

प्राइस वाटरहाउस कुपर्स (पीडब्लुसी)को रिपोर्ट अनुसार बेलायतको जीडीपीमा ७.२ प्रतिशतले गिरावट आउने उल्लेख छ । त्यस्तै, सन् २०२० मा उपभोक्ता खर्चमा ९.५ प्रतिशतले, लगानीमा १२.६ प्रतिशतले गिरावट आउने अनुमान गरेको छ । त्यस्तै, अफिस अफ बजेट रेस्पोन्ससिभिलिटीले बेलायतको अर्थतन्त्र ३५ प्रतिशतले घट्ने अनुमान गरेको छ । त्यसैले यसलाई तीन शताब्दी यताकै ठूलो गिरावटको रुपमा हेरिएको छ । हाल बेलायतको बेरोजगारीदर ४ प्रतिशत भन्दा तल छ । तर, विज्ञहरुले यो दर बढेर ८ प्रतिशतसम्म पुग्ने बताएका छन् । 

 

सन् २०१९ मा बेलायतको जीडीपी  २.२१ ट्रिलियन पाउण्ड थियो । अब त्यो झरेर १.९ देखि २ ट्रिलियनसम्म आउनसक्ने अनुमान गरिएको छ । यसरी हेर्दा बेलायतमा अन्य विकशित देशहरुको दाँजोमा धेरै नै प्रभाव पर्ने आंकलन गरिएको छ ।

 

यस समयमा कस्ता खालका व्यवसायमा अधिक मार परेको छ ? र कस्ता खालका व्यवसायले यस समयमा फाइदा उठाइरहेका छन् ?

 

कोभिड– १९ को महामारीले प्रायः सबै क्षेत्रहरुमा असर गरेको छ । आर्थिक गतिबिधिहरु चलयमान हुन नसक्दा व्यवसाय पनि चल्न सकेका छैनन् । जसको कारण धेरैले रोजगारी गुमाउनु परेको छ । विशेष गरेर पर्यटनसँग सम्बन्धित क्षेत्रमा ठूलो प्रभाव परेको छ । यस क्षेत्र ९० प्रतिशतले प्रभावित भएको अनुमान गरिएको छ । अर्को ठूलो प्रभाव परेको क्षेत्र शैक्षिक क्षेत्र हो । यसमा पनि ९० प्रतिशतले प्रभावित भएको छ । होटेल तथा रेष्टुरेन्ट क्षेत्रमा ८५ प्रतिशतको गिरावट देखिएको छ । त्यस्तै, आवास तथा खाद्य सेवाहरुमा ८५ प्रतिशत, निर्माण क्षेत्रमा ७० प्रतिशत, उत्पादन क्षेत्रमा ५५ प्रतिशत, अटोमोबाइल क्षेत्रमा ५० प्रतिशत, भण्डारण तथा ढुवानीको क्षेत्रमा ३५ प्रतिशत तथा घर जग्गा कारोबारको क्षेत्रमा २० प्रतिशतले गिरावट आएको छ । महामारीले लामो समयसम्म यी क्षेत्रहरुलाई प्रभावित बनाउने अनुमान गरिएको छ ।

 

यद्यपी, कोभिड– १९ को कारणले गर्दा केही क्षेत्रहरुलाई भने फाइदा नै पुगेको छ । विशेष गरेर भर्चुअल प्लेटफर्महरु, इलेक्ट्रिोनिक्स डेटा सेन्टरहरु, अनलाईन सपिङ्ग तथा अनलाइन, फार्मेसी लगायतका केही क्षेत्रहरुलाई त्यस्तो घाटा भएको देखिदैन । तर, काम गर्ने प्लेटफर्म अनलाईन लोकप्रिय बनिरहेको बेला यसलाई साइबर हमलाबाट बचाउन भने चुनौति थपिएको छ ।

 

बेलायतले गत मार्चदेखि नै अर्थतन्त्रलाई गतिशिल बनाउन भनेर बिभिन्न खालका राहत प्याकेजको घोषणा गरिरहेको छ । ती प्याकेजहरु साँच्चै प्रभावकारी हुँदै आएका छन् त ?

 

कोरोनाको संक्रमण फैलिन नदिन बेलायत सरकारले लकडाउन गर्दा आर्थिक गतिबिधिहरु खुम्चिन पुगे । आर्थिक गतिविधिलाई चलायमान बनाउनको लागि सरकारले बिभिन्न खालका राहत प्याकेजहरु ल्याइरहेका छन् । ति प्याकेजहरु प्रभावकारी भएको मैले पाएको छु । अर्थमन्त्री ऋषि सुनाकले निकै चनाखो भएर कसरी खुम्चिदै गएको अर्थतन्त्रलाई प्रभावकारी बनाउने भनेर बुद्धिमत्ततापूर्वक काम गर्दै आएको आभाष धेरैलाई भएको छ । यसको लागि आवश्यकता अनुसार बिभिन्न चरणमा राहत प्याकेजका घोषणाहरु भइरहेका छन् । 

 

कम्पनीबाट रोजगारी गुमाएकाहरुलाई ८० प्रतिशत तलब सरकारले व्यहोर्नेे गरी काममा राखि राख्नको लागि योजनाहरु पनि आएका छन् । त्यस्तै, स्वरोजगारीको लागि पनि योजनाहरु आएका छन् । काम छोडेकाहरुलाई पनि प्रगतिशिल तरिकारले प्याकेजको घोषणा भएका छन् । साना व्यापारीलाई घर भाडा र अफिस खर्चको लागि १० हजार देखि २५ हजार पाउण्डसम्मको अनुदान दिइएको छ । मूल्य अभिवृद्धिकर (भ्याट) तथा अन्य करहरु तिर्ने समयावधि बढाइएको छ । ऋणको ब्याज तिर्ने समयावधि बढाइएको छ । कोरोना भाइरसले प्रभावित व्यवसायीहरुलाई सस्तो ब्याजमा सुलभ ऋण सुविधा दिइएको छ । त्यस्तै, रेल तथा अन्य सार्वजनिक यातायातको भाडामा पनि छुट गरिएको छ । बेलायतले यस महामारीमा ल्याएको प्याकेज हालसम्म ३८० अर्ब पाउण्ड बराबरको छ । यसको लाभ धेरैले लिनसक्ने भएको कारणले प्रभावकारी छ ।

 

अर्थमन्त्री ऋषि सुनाकले अर्थतन्त्र उकास्न र बेरोजगारी कम गर्न गत सातामात्रै ३० अर्ब पाउण्डको राहत प्याकेज ल्याउनुभयो । यसले विशेष गरे कुन–कुन क्षेत्रलाई फाइदा पुग्छ ?

 

अर्थमन्त्री ऋषि सुनाकलाई यहाँका जनताहरुले हालसम्म राम्रो काम गरिरहेको भनेर प्रतिक्रिया दिइरहेका छन् । साँच्चै उहाँले यो विषम परिस्थितिमा पनि अर्थतन्त्रलाई चलायमान बनाइराख्नको लागि सराहनिय कदमहरु चालिरहनु भएको छ । गत ७ जुलाईमा सुनाकले अर्थतन्त्रलाई उकास्न र बेरोजगारीलाई कम गर्नको लागि उक्त राहत प्याकेजको घोषणा गर्नुभएको छ । यसअघि क्रमैसँग ३ सय ५० अर्ब पाउण्ड बराबरको बिभिन्न खालका प्याकेजहरु आए पनि पछिल्लो समयको प्याकेजलाई विशेष प्याकेज भनिएको छ । सुनकले कोरोनाबाट प्रभावित खाद्य तथा रेष्टुरेन्ट व्यवसायमा लाग्ने मूल्य अभिवृद्धि करलाई २० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने घोषणा गर्नुभएको छ । त्यस्तै, अगष्ट महिनासम्म हप्ताको तीन दिन (सोमबार, मंगलबार र बुधबार) रेष्टुरेन्ट खान आउने ग्राहकहरुलाई ५० प्रतिशत छुट गरिएको छ । यसमा एक ग्राहकले २० पाउण्डबराबरको खाएमा १० पाउण्ड तिरे पुग्नेछ । घर जग्गाको व्यापारमा भइरहेको क्षति कम गर्नको लागि ५ लाख पाउण्डसम्म घरलाई स्ट्याम्प ड्युटी (मालपोत शुल्क) मा राहत दिइएको छ । पहिलो पटक घर खरिद गर्न लागेकाहरुले ५ लाख पाउण्ड सम्मका घरहरुको स्ट्याम्प ड्युटी तिर्न पर्ने छैन । घर जग्गाको कारोबारमा आउनसक्ने संकटलाई यसले केही पर धकेलीदिएको छ । खाना र आवासको लागि ४ बिलियन पाउण्ड बराबरको ठूलो राहत प्याकेज ल्याइएको छ । चरणबद्ध तरिकाले घोषणा गरिएका प्याकेजहरुबाट सबै प्रभावित क्षेत्रलाई लाभान्वित बनाउने प्रयास गरिएको छ । साहस गरेर अर्थमन्त्रीले घोषणा गर्नुभएको प्याकेजहरु साँच्चै सराहनिय र प्रगतिशिल छन् ।

 

बेलायती केन्द्रीय बैंकले बेरोजगारीको दर ८ प्रतिशत पुग्ने आंकलन गरिरहेको बेला पछिल्लो समयको प्याकेजले विशेष गरेर १६ देखि २४ वर्षसम्मका युवाहरुलाई काममा फर्काउने गरि ‘किकस्टार्ट’ स्किम भनेर ल्याएको छ । यो समयमा व्यवसाय सञ्चालन गर्नु ठिक हो ?

 

यो प्याकेज युवाहरुलाई लक्षित गरेर ल्याइएको हो । कुनै कम्पनीले १६ देखि २४ वर्ष उमेरका कामदारहरुलाई  राखेको खण्डमा ६ महिनासम्मको शत प्रतिशत पारिश्रमिक सरकारले तिरिदिने भएको छ । बेलायतमा १८ वर्षदेखि २० वर्ष उमेरका कामदारहरुको न्यूनतम ज्याला ६.४५ पाउण्ड २१ देखि २४ वर्षको ८.२० पाउण्ड रहेको छ । यो पारिश्रमिक सरकारको ‘किकस्टार्ट’ योजनामार्फत दावी गर्न सक्छन् । यो स्किमको लागि योग्न हुनको लागि रोजगारदाताहरुले प्रतिहप्ता न्यूनतम २५ घण्टाको लागि करार गर्नुपर्ने व्यवस्था गरिएको छ । सरकारले २५ वर्ष माथिका युवाहरुलाई कामको प्रशिक्षण दिने प्रशिक्षार्थीहरुलाई समेत राहतको व्यवस्था गरेको छ । यस्ता कम्पनीहरुले दुई जनासम्म प्रशिक्षार्थी राख्न सक्ने र जसवापत प्रतिव्यक्ति १ हजार पाउण्ड उपलब्ध गराउने व्यवस्था गरेको छ । मानिसहरुलाई काममा ल्याउनको लागि यो राम्रो कदम हो । तर, यसमा रोजगारदाताको संलग्नता आवश्यक छ । विगतमा यस्ता योजनाहरु विफल पनि भएका कारणले गर्दा थप चुनौति पनि देखिएको छ । पहिला निजी क्षेत्र र स्थानीय तहबीच तालमेल नमिल्दा योजना विफल भएका थिए । यद्यपी, यो विषम समयमा कम्पनी पनि नडुबोस् साथै बेरोजगारीको दर पनि नबढोस् भन्ने हेतुले यो प्याकेज ल्याइएको छ । विगतबाट पाठ सिकेर यसपटक यो स्किम सफल हुन्छ भन्ने विश्वास गरिएको छ ।

 

सरकारले बिभिन्न खालको राहत प्याकेजको त घोषणा गरेको छ । तर, यो राहतको दूरुपयोगको सम्भावना पनि छ होला, यसको लागि सरकारले कसरी कडाइ गरेको छ ? 

 

सरकारले व्यापारिक प्रयोजनको लागि दिएको राहत व्यक्तिगत रुपमा प्रयोग गर्न पाइँदैन । जुन उदेश्यको लागि राहत लिएको हो सो उदेश्यको लागि नै खर्च गर्नुपर्ने हुन्छ । यसको नियमन पनि हुन्छ । यदी राहतको दूरुपयोग भएको पाइएमा सजायको भागिदार पनि स्वयं हुनुपर्नेछ । यदी राम्रोसँग खर्च गरेको खण्डमा भने लायबलिटी समेत तिर्न पर्दैन । शतप्रतिशत सरकारले दिएको बाउन्स ब्याक लोनबाट व्यवसाय संचालन गर्दा हुने खर्चहरु (जस्तै, साधरण खर्च, बिलहरु पारिश्रमिक) तिर्न सकिनेछ । सामान्य अर्थमा भन्दा ऋण आफ्नो व्यवसायलाई फाइदामा लैजानको लागि खर्च गर्न पाइनेछ । यस्ता ऋणहरु लिँदा बैंकमा कुनै धितोको आवश्यकता पर्दैन । तर, उसले ऋण फिर्ता गर्न सक्ने आधारहरुको खोजी भने गर्न सक्छ । त्यस्तै, बैंकले दिएको ऋणको गलत ठाउँमा प्रयोग भइरहेको छ कि छैन भनेर अनुगमन गरिन्छ । त्यसैले दूरुपयोग गर्ने सम्भावनाबाट रोक्न सरकारले यथेष्ट व्यवस्था गरेको छ ।

 

कोरोना संक्रमितको उपचारसँगै बेलायत सरकारले बिभिन्न करहरुमा छुटदिइरहेको अवस्था छ, भ्याक्सिनको लागि मोटो रकम खर्च गरिरहेको छ । यस्तो अवस्थामा बेलायत सरकारको आर्थिक स्रोत ऋण नै होला नि होइन ? यसको व्यवस्थापन कसरी गर्छ ?

 

कोरोना संक्रमितको उपचारको लागि पनि मोटो रकम सरकारले खर्च गरिरहेको छ । यसबाहेक   भ्याक्सिनको अनुसन्धानको लागि सरकारले २५० मिलियन पाउण्डभन्दा बढी खर्च गरिसकेको छ । त्यस्तै, चरणबद्ध रुपमा आएका राहत प्याकेजले पनि सरकारको आम्दानी घट्ने छ । चाालू आर्थिक वर्षको मे महिनासम्मको अवधिमा बेलायत सरकारको पब्लिक सेक्टर डेब्ट (सार्वजनिक क्षेत्र ऋण) १०३.७ बिलियन पाउण्ड पुगेको छ । सन् २०२१ सम्मको यो ऋण तीन गुणाले बढेर  २५० देखि  ३५० बिलियन पाउण्ड पुग्ने अनुमान गरिएको छ । तर, कोरोना भाइरसको महामारी अझै चलिरहेको कारणले गर्दा यसमा तलमाथि हुने अनुमान पनि छ । विश्लेषकहरुले पब्लिक सेक्टर डेब्टलाई राष्ट्रिय ऋण पनि भन्ने गरेका छन् । ऋणको लागि हरेक तहका सरकारले आन्तरिक तथा बाह्य निजी क्षेत्रसँग समन्वय गर्छ । धेरै ऋणको जोहो देशभित्रकै निजी क्षेत्रबाट गरिन्छ भने केही ऋण विदेशबाट पनि लिइन्छ ।

 

बेलायती केन्द्रीय बैंकले बेलायतको अर्थतन्त्रमा १४ प्रतिशतको गिरावट आउने प्रक्षेपण गरिएको छ । हालसम्मको अवस्था यस्तै देखिइरहेको हो ?

 

कोभिड– १९ को कारण बेलायतमा नाटकिय रुपमा रोजगार र आम्दानी घटिरहेको छ । लकडाउन हटाए पनि बजारमा मानिसहरुको चलहपहल सामान्य बनेको छैन । सोही कारण केन्द्रीय बैंकले कोरोना भाइरसको महामारीको कारण अर्थव्यवस्था १४ प्रतिशतले संकुचित हुने प्रक्षेपण गरेको छ । त्यस्तै, आर्थिक सहयोग र विकासको लागि संगठन (ओईसीडी)ले ११.५ प्रतिशतको गिरावट आउने अनुमान गरेको छ ।

 

बेलायती केन्द्रीय बैंकका गर्भनर एन्ड्रिउ बेलीले पनि अर्थतन्त्र सामान्य बन्नको लागि समय लाग्ने बताइसकेका छन् । उनले यो गिरावटलाई ‘अभूतपूर्व’ भनेर वर्णन गरेका छन् । उपभोक्ताहरु आर्थिक गतिविधिमा संलग्न नभएको कारणले गर्दा अर्को ‘समर’सम्मको अवस्था पनि सामान्य नबन्ने उनको भनाई आइसकेको छ । 

 

चालू आर्थिक वर्षको पहिलो त्रैमास (जनावरीदेखि मार्च)सम्म बेलातको जीडीपीमा २ प्रतिशतको गिरावट आइसकेको छ । अर्थतन्त्र ‘डाउनवार्ड ट्रेन्ड’मा गइरहेको छ । कोरोना कहिले नियन्त्रण हुने भन्ने कुरा नै अन्योलमा रहेको हुँदा अझै कति तल जान्छ भन्ने अनुमान गर्न गाह्रो छ ।

 

कोरोना भाइरसको संक्रमण अझै बढिरहेको छ, आउँदो दिनमा अझै कस्तो असर गर्न सक्ला?

 

आगामी दिन कोरोनाको महामारी कम हुँदै जान्छ भन्ने आम मानिसको सोचाइ रहेको भए पनि लकडाउनमा लुजडाउनमा आउँदै गर्दा महामारीको दोस्रो, तेस्रो लहर आउनसक्ने आशंका पनि गरिएको छ । त्यस्तै, क्रमशः घट्दै गएर नियन्त्रण पनि होला । तर, जबसम्म भ्याक्सिनको सफल परीक्षण भएर सर्वसाधरणसम्म पुग्दैन तवसम्म यसले पुर्याउनसक्ने असरको आंकलन गर्न गाह्रो छ । जाडो मौषममा संक्रमणको खतरा अझै बढ्नसक्ने खतरा छ । 

 

सन् २०२१ को मध्यसम्म भ्याक्सिन आइपुग्छ भन्ने आश गरिएको छ । हालसम्म चीनको सिनोभ्याक नामक औषधी निर्माता कम्पनी तथा बेलायतको अक्सफोर्ड विश्वविद्यालयले भ्याक्सिनको परीक्षण तेस्रो चरणमा पुगेको छ । विश्व स्वास्थ्य संगठनको अनुमतिपछि चाँडै नै व्यापारीक उत्पादनमा गए हामी सबै किसिमका खतरावाट मुक्त हुन्छौं । यदी बेलायतले चाँडै भ्याक्सिन बनाउनसके यसले खस्कँदो अर्थतन्त्रलाई पनि टेवा पुर्याउनेछ ।

 

अन्त्यमा, बेलायतमा रहेका नेपाली समुदाय तथा नेपाल व्यवसायीहरुलाई यो महामारीले कस्तो असर गरेको छ ?

 

बेलायतमा धेरै संख्यामा नेपाली समुदायका मानिसहरुको बसोबास छ ।

 

यो महामारीले नेपाली समुदाय तथा व्यापारीलाई पनि असर गरेको छ । रेष्टुरेन्ट, फेसन, ट्राभल तथा टुर, टेकवे, ह्यान्डिक्राफ्ट लगायतका क्षेत्रमा संलग्न नेपालीहरुलाई यतिखेर ठूलो प्रभाव परेको छ । त्यस्तै, लेखा, कानून, दंत चिकित्सक तथा रेमिट्यान्समा संलग्न नेपालीहरुलाई आंशिक प्रभाव परेको छ । तर, फार्मेसी, अनलाईन मार्केटिङ्ग तथा अन्य इ–कमर्शको क्षेत्रमा संलग्नहरुलाई भने धरै नै कम प्रभाव गरेको मैले महशुस गरेको छु । त्यस्तै, काम छुटेका विद्यार्थी तथा अन्य कारणले अलपत्र परेका नेपालीहरु पनि हुनुहुन्छ । उहाँहरुलाई नेपाल नै फर्काउनुपर्ने स्थिति हुन सक्छ । यो विषम परिस्थितिमा धेरैको अवस्था यस्तै रहेको कारणले केही धैर्यताको आवश्यकता छ । 

 

बेलायमा बसेका नेपालीहरुमा कोरोनाको प्रभाव धेरै मात्रामा देखिएता पनि अब सामान्यकरण हुने दिशातर्फ गइरहेको छ । बेलायतको अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनिकरण गर्न सरकारका कदमले धेरै हदसम्म सफलता हासिल गरेको मैले पाएको छ । अन्त्यमा, मलाई यो अवसर प्रदान गरिदिनुभएकोमा नेपालीपत्र टिमलाई धन्यवाद् दिन चाहान्छु ।

 

 


थप समाचार

८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

  • 1 hour ago
८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले संरक्षण अधिकृत भट्टराई र रोकायाबाट रु तीन लाख ४८ हजार र विभिन्न मितिका बैंक भौचर, रु पाँच लाख ५० हजार गरी कूल रु आठ लाख ९८ हजारसहित सैनामैना नगरपालिका–१० रुपन्देही

मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

  • 1 hour ago
मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

एजेन्सी । फिलिपिन्सको राजधानी मनिलामा फेरि बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्तामा बुढा

  • 1 hour ago
गृह मन्त्रालयका प्रवक्तामा बुढा

काठमाडौँ । गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका बुढालाई आज गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

काठमाडौं । प्रतिरोधात्मक क्षमता कम भएका मानिसले कागतीपानी र भिटामिन सीयुक्त खानेकुरा खाने गर्नुपर्छ । यसले इन्फेक्सन वा कोरोना भाइरस (कोभिड–१९) जस्ता फ्लुविरुद्ध लड्नका साथै प्रतिरोधात्मक क्षमता पनि राम्रो बनाउने गर्छ ।