७५ प्रतिशत क्षेत्रमा इन्टरनेट जडान

सांकेतिक तस्बिर

काठमाडौँ । देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत गत फागुन मसान्तसम्म ७५ प्रतिशत क्षेत्रमा जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउनेसम्बन्धी परियोजनालाई १८ प्याकेज बनाएर सञ्चालन गरेको छ । उक्त प्याजेकअन्तर्गत फागुन मसान्तसम्ममा ७४ दशमलव ८९ प्रतिशत स्थानमा उच्च गतिको इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणले जनाएको हो ।

 

तेह्र प्याकेजअन्तर्गत ५० जिल्लामा तोकिएबमोजिम स्थानमा जडान सम्पन्न भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार १८ प्याकेजका १५ हजार ९८२ स्थानमध्ये हालसम्म ११ हजार ९६९ स्थानमा इन्टरनेट जडान सम्पन्न भएको छ । यसैगरी, प्राधिकरणको तथ्याङ्कअनुसार चार हजार ७६९ स्थानमा इन्टरनेट जडानको कार्य बाँकी छ । 

 

प्राधिकरणको तथ्याङ्कअनुसार ७०२ स्थानीय निकायमध्ये ५५० स्थानमा इन्टरनेट जडान सम्पन्न भएको र १५२ स्थानीय तहमा जडानको कार्य भइरहेको छ । यसैगरी, पाँच हजार ९३३ वडा कार्यालयमध्ये हालसम्म चार हजार ४७४, पाँच हजार २२५ माविमध्ये हालसम्म तीन हजार ७९२ र चार हजार १२२ स्वास्थ्य संस्थामध्ये हालसम्म तीन हजार १५३ स्थानमा इन्टरनेट जडान सम्पन्न भएको छ । 

 

प्राधिकरणको तथ्याङ्कअनुसार दुई प्याकेजअन्तर्गत १० जिल्लामा ५० प्रतिशतभन्दा बढी कार्य सम्पन्न भई सेवा सञ्चालनमा छ । तीन प्याकेजअन्तर्गतका १४ जिल्लाका तोकिएबमोजिम जिल्लामा नेटवर्क तथा कनेक्टिभिटी जडानका लागि सेवा प्रदायकहरु छनोट भई निर्माण भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए । 

 

उनका अनुसार सम्पन्न भइसकेका परियोजनामध्ये हालसम्म पाँचवटा परियोजनाको अनुगमन तथा प्रमाणीकरण सम्पन्न भइसकेको, दुई परियोजनाको प्राधिकरणबाट नियुक्त परामर्शदाताबाट पहिलो चरणअन्तर्गतको अनुगमन तथा प्रमाणीकरण कार्य भइरहेको छ । यसैगरी चार परियोजनाको दोस्रो चरणअन्तर्गत अनुगमन तथा प्रमाणीकरण कार्य भइरहेको तथा एक परियोजनाको अनुगमनको कार्य भइरहेको छ । 

 

कूल रु पाँच अर्ब २६ करोड ९७ लाख ७० हजार रकममध्ये हालसम्म रु दुई अर्ब ९८ करोड ८७ लाख रकम ब्रोडब्यान्ड परियोजनाका लागि सेवा प्रदायकलाई भुक्तानी गरिएको प्रवक्ता अर्यालले जानकारी दिए । उनका अनुसार उक्त परियोजनाअन्तर्गत देशभरका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउन लागिएको हो । प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषअन्तर्गत ब्रोडब्यान्ड इन्टरनेट विस्तार परियोजनामा काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई भने समेटेको छैन ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँमा मात्रै थप ९८७ जनामा कोरोना संक्रमण

  • 5 minutes ago
काठमाडौँमा मात्रै थप ९८७ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौँमा थप ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ललितपुरमा १०६ जनामा र भक्तपुरमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय काठमाडौ

नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण

  • 9 minutes ago
नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआरबाट २३६५ र एन्टिजेनबाट ६३ गरी २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु

  • 19 minutes ago
भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु

काठमाडौँ । काठमाडौंँको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका–२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा



पर्यटन

खुलेको माछापुच्छ्रे हिमाल

खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।

जीवनशैली

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

विचित्र विश्व

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।