सरकारले इन्टरनेटमा आउने सामग्री छान्ने
- आइतबार, ९ फागुन, २०७७
- 1 week ago
- प्रबिधि

काठमाडौं । सरकारले इन्टरेनटमा आउने सामग्रीलाई छानेर हटाउन वा नियन्त्रण गर्न सक्ने प्रविधि जडान गर्ने भएको छ । यसका लागि सुरुको वर्ष एक अर्ब रुपैयाँ बजेट छुट्याएर प्रक्रिया अघि बढाउन लागिएको हो ।
बगिरहेको नदीमा जाली राखेर बगेर आएका काठपात छानीछानी निकालेजस्तै गरी इन्टरनेटमा आएका सामग्री छान्ने व्यवस्था गर्न लागिएको व्यवसायीले बताएका छन् । त्यसो गर्दा एकतातिर इन्टरनेट व्यवसाय धराशायी हुने र अर्कोतिर नागरिकको विचार राख्ने र सूचना प्राप्त गर्ने अधिकारसमेत खोसिन सक्ने भन्दै केही सरोकारवालाले चिन्ता जनाएका छन् ।
इन्टरनेटका कारण समाजमा नकारात्मक असर परेको भन्दै सरकारले इन्टरनेटमा आउने सामग्री ९कन्टेन्ट० छान्न सक्ने प्रणाली जडान गर्नुपरेको जनाएको छ । तर, यो प्रणालीलाई चीन, उत्तर कोरिया, पाकिस्तान, रुस र हालै बर्मामा समेत राजनीतिक लाभका लागि प्रयोग गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गर्दै आएका छन् ।
इन्टरनेट सेवको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले यही फागुनदेखि कन्टेन्ट फिल्टरिङ लागू गर्ने भन्दै चालू आर्थिक वर्षको बजेटमा एक अर्ब रुपैयाँ छुट्याएको थियो ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार उल्लेख छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बालुवाटारमा सरकार र विप्लव समूहबीच वार्ता जारी !
- 10 minutes ago

काठमाडौँ । सरकार र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता जारी छ । बुधबार बिहानदेखि दुवै वार्ता टोलीबीच वार्ता भइरहेको स्रोतको भनाई छ । मंगलबार बे
फलोअपः फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित
- 17 minutes ago

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि नै चलिरहेको छ । पछिल्लो सत्र वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित हुन पुगेको र १५२ घर जलेर नष्ट भएक
राजीनामाको प्रस्ताव सुन्नेबित्तिक्कै प्रधानमन्त्री रन्केपछि...
- 30 minutes ago

काठमाडौँ । नैतिकताको आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले तीतो जवाफसहित रित्तो हात फर्काएका छन् । गौतम सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्यूँताएपछि पार
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।