'इन्टरनेट सेवा शुल्क कम गर्छौं'

Norvic Hospital

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा नेपालमा सस्तो रहेको र मोबाइल इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा बढी भए पनि कम गर्दै लैजाने बताएका छन् । 

 

विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले दूरसञ्चार क्षेत्रको पूर्वाधार विकास गर्न जरुरी भएकाले मोबाइल इन्टरनेट केही महँगो भएपनि आगामी दिनमा त्यसलाई सस्तो बनाउँदै लैजाने बताएका छन् । 

 

आपत्कालीन अवस्थामा सूचना तथा सञ्चार क्षेत्रको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री बाँस्कोटाले जोखिमका समयमा सूचना व्यवस्थापनमा मन्त्रालय सदैव तयार रहन्छ भने । सूचना तथा सञ्चार प्रविधि अध्ययन गर्ने विद्यार्थीका लागि जागिर उपलब्ध गराउने विषयमा सरकार गम्भीर भएको पनि उनले जनकारी दिए । 

 

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेललाई कर तिराउने सन्दर्भमा सञ्चारमन्त्री बाँस्कोटाले भने, “एनसेललाई नेपाल सरकारले कुनै पनि उन्मुक्ति दिएको छैन र दिँदैन, म यो विश्वास दिलाउन चाहन्छु ।” 

 

नेपाल टेलिकमको विकास गर्न, यसको सेवा गुणस्तरीय बनाउन र देशका सबै भूभागमा टेलिकमको सेवा विस्तार गर्न र पूर्वाधार बनाउन सरकार तत्पर रहेको उनले बताए । उनले आगामी आवमा ७३८ नयाँ टावर थप्न लागिएका जानकारी दिँदै त्यसपछि टेलिकम सेवा नपुगेका स्थानमा पनि सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे । 

 

मन्त्री बास्कोटाले भने, “दुई वर्षभित्र सबै स्थानीय तहमा टेलिकमको सेवा पुग्छ । सार्वजनिक सूचना केन्द्र पनि पुग्नेछ ।” 

 

“लोककल्याणकारी विज्ञापन पत्रकारिता क्षेत्रभन्दा बाहिरका संस्थालाई उपलब्ध गराइएको छैन र मूल्याङ्कनमा मन्त्रालयले कुनै आग्रह र पूर्वाग्रह पनि गरेको छैन,” उनले भने । 

 

विद्युतीय सञ्चारमाध्यमलाई विज्ञापन उपलब्ध गराउने पहिलेदेखिकै प्रचलन भएकाले त्यसलाई अहिले नै हटाउन सकिने स्थिति नरहेको बताउँदै भन्दै मन्त्री बाँस्कोटाले विज्ञापनका लागि उपलब्ध गराइने रकमको दुरुपयोग हुन नहुने स्पष्ट पारे । 

 

न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिसअनुसार श्रमजीवी पत्रकारको बीमालगायतका विषयमा सरकारको ध्यान पुगेको उनको भनाइ थियो । 

 

मन्त्री बाँस्कोटाले नेपाली सञ्चारमाध्यममा बज्ने विज्ञापनमा नेपाली कलाकार रहने बताउनुभयो र ‘क्लिन फिड’को कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले वाइफाइ जोन सञ्चालनका लागि एप्स बनाइसकेकाले देशभर फ्रि वाइफाइको सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरे । 

 

रेडियो नेपालको प्रशारण ८७ प्रतिशत भूभागमा पुगेको जानकारी दिँदै उनले आगामी आवमा ५०० विद्यालयमा कम्प्युटर ल्याब बनाउने र प्रत्येक प्रदेशमा एक स्मार्ट विद्यालय बनाउने बताए । 

 

उनका अनुसार नेपाल टेलिभिजनको प्रशारण कूल जनसंख्याको ७२ प्रतिशत तथा कूल भूभागको ५२ प्रतिशत भूभागमा पुगेको छ र ११६ देशबाट यसको प्रशारण हेर्न सकिने भएको छ । उनले सबै भूभाग र जनतामा सेवा पु¥याउने लक्ष्यका साथ काम अगाडि बढाइएको जानकारी पनि सदनलाई दिए । 

 

दुई वर्षभित्रमा सबै सामुदायिक विद्यालयमा इन्टरनेट पु¥याउने र त्यस कार्यका लागि शिक्षा मन्त्रालयसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै उनले भने – युवा लक्ष्यित डिजिटल शिक्षा दिने सरकारको योजना छ । 

 

सामुदायिक रेडियोका लागि नीतिगत व्यवस्था गर्दै लगिने वचनबद्धता प्रकट गर्दै मन्त्री बाँस्कोटाले सामुदायिक र व्यापारिक रेडियो छुट्याएर सरकार सचेततापूर्वक अगाडि बढेको बताए । 

 

समावेशी भाषाका कार्यक्रमका लागि रेडियो नेपाललाई थप बजेट उपलब्ध गराइएको स्पष्ट पार्दै उहाँले भने, “प्रदेशमा सञ्चार ग्राम निर्माणका लागि बजेट अपुग भए थप गर्न सकिन्छ ।” 

 

पत्रकारको कल्याणकारी कोष बढाउँदै लैजाने र त्यसका लागि सञ्चालन कार्यविधि बनाएको जानकारी उनले दिए । 

 

मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजनको कोहलपुरबाट प्रशारण शुरु भइसकेको र इटहरीबाट शुरु हुने क्रममा रहेको जानकारी दिँदै त्यसका लागि बजेट अभाव हुन नदिने वचनबद्धता प्रकट गरे । 

 

उनले भने – सार्वजनिक सञ्चारमाध्यममा हस्तक्षेप गर्ने सरकारको नीति छैन र कुनै पनि कार्यक्रम बन्द भएको छैन । कुनै पनि कर्मचारी निकालिएको छैन । मन्त्री बाँस्कोटासँग २१ सांसदले प्रश्न सोधेका थिए । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

फेसबुकका सिइओ र उनकी पत्नीविरुद्ध दुई जना पुर्व कर्मचारीले गरे केश दर्ता, घरमा दुव्र्यवहार भएको आरोप

  • 51 seconds ago
फेसबुकका सिइओ र उनकी पत्नीविरुद्ध दुई जना पुर्व कर्मचारीले गरे केश दर्ता, घरमा दुव्र्यवहार भएको आरोप

एजेन्सी । फेसबुकका सिइओ मार्क जकरबर्ग र उनको श्रीमती प्रिसिला चानका घरमा काम गर्ने दुई जना पुर्व स्टाफले केश दर्ता गराएका छन् । दुई पुर्व स्टाफ मिया किङ र जोन डोले मार्क जकरबर्गको घरमा सिक्योरिटी इन्च

अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यले विदेशी विद्यार्थीलाई आउन दिने

  • 9 minutes ago
अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यले विदेशी विद्यार्थीलाई आउन दिने

सिड्नी । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यले विदेशी विद्यार्थीलाई आउन दिने घोषणा गरेको छ। कोरोनाभाइरस विरुद्धको खोप लगाउनेको संख्या बढेसँगै क्विन्सल्याण्ड राज्यले सो घोषणा गरेको हो। क्विन्सल्य

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई केजीएचका होटल तथा रिसोर्टमा १५ प्रतिशत छुट

  • 23 minutes ago
बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई केजीएचका होटल तथा रिसोर्टमा १५ प्रतिशत छुट

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र काठमाडौँ गेस्ट हाउसबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा आफ्ना ग्राहकहरुलाई कला संग्रहालयको प्रवेश शुल



पर्यटन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

एजेन्सी । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् ।राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

जीवनशैली

मरिच खानुका फाइदाहरु

मरिच खानुका फाइदाहरु

एजेन्सी । मरिचलाई खानाका परिकारमा मात्रै नभएर विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ । यस्ता छन् औषधिय मरिचका फाइदाहरुः

विचित्र विश्व

फेसबुकका सिइओ र उनकी पत्नीविरुद्ध दुई जना पुर्व कर्मचारीले गरे केश दर्ता, घरमा दुव्र्यवहार भएको आरोप

फेसबुकका सिइओ र उनकी पत्नीविरुद्ध दुई जना पुर्व कर्मचारीले गरे केश दर्ता, घरमा दुव्र्यवहार भएको आरोप

एजेन्सी । फेसबुकका सिइओ मार्क जकरबर्ग र उनको श्रीमती प्रिसिला चानका घरमा काम गर्ने दुई जना पुर्व स्टाफले केश दर्ता गराएका छन् । दुई पुर्व स्टाफ मिया किङ र जोन डोले मार्क जकरबर्गको घरमा सिक्योरिटी इन्चार्ज लियाम बुथभित्र काम गर्थे ।