उत्तर काेरियालाई मनाउन अमेरिका र दक्षिण काेरियाले संयुक्त सैन्य अभ्यास नगर्ने
- रासस
- आइतबार, १९ फागुन, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

सियोल । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले यस वर्ष संयुक्त सैनिक अभ्यास नगर्ने घोषणा गरेका छन् ।
उत्तर कोरियालाई आफ्नो आणविक हतियार कार्यक्रम त्याग्न लगाउने उद्देश्यले कुटनीतिक प्रयत्नका लागि संयुक्त सैन्य अभ्यास रोकेको बताइएको छ ।
भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–अन बीचको शिखर वार्ता विना सहमति टुङ्गिए लगत्तै दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास स्थगित गर्ने निर्णय सार्वजनिक भएको छ ।
उक्त शिखर वार्तामा कुनै औपचारिक सम्झौता नभए पनि दुबै पक्ष वार्तालाई निरन्तरता दिन प्रयत्नरत छन् । दक्षिण कोरियामा हाल करिब ३० हजार अमेरिकी सैनिक तैनाथ छन् ।
वार्षिक सैन्य अभ्यासमा दशौं हजार दक्षिण कोरियाली सेना पनि सहभागी हुने प्रचलन छ । उत्तर कोरियाले उक्त वार्षिक सैन्य अभ्यासलाई आफू विरुद्धको हमलाका रुपमा लिँदै आएको छ ।
दक्षिण कोरियामा तैनाथ सेना तत्काल फिर्ता गर्ने कुनै योजना नरहेको स्पष्ट गर्दै आउनुभएका अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियाली सैन्य अभ्यासको खर्चका बारेमा बारम्बार प्रश्न उठाउने गरेका छन् । हनोईमा आयोजित पत्रकार सम्मेलनमा समेत राष्ट्रपति ट्रम्पले यो सैन्य अभ्यास ‘ज्यादै खर्चिलो’ रहेको बताएका थिए ।
दक्षिण कोरियाली रक्षामन्त्री जियोङ क्योङ–डू र अमेरिकी रक्षामन्त्री प्याट्रिक शानाहानबीच शनिबार भएको टेलिफोन वार्तामा दुबै मुलुकबीच ‘की रिजल्भ एन्ड फोल इगल’ नामको वार्षिक सैन्य अभ्यास नगर्ने सहमति भएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।
यो सैन्य अभ्यास अमेरिकी गठबन्धन मुलुकबीचको सबैभन्दा ठूलो सैन्य अभ्यास हो । विगतमा यस अभ्यासमा दुई लाख दक्षिण कोरियाली सेना र झण्डै ३० हजार अमेरिकी सेना सहभागी हुने गरेका थिए ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियासँगको सैनिक तनाब कम गर्न तथा उत्तर कोरियाको आणविक निःशस्त्रीकरण कार्यक्रमलाई सहज निष्कर्षमा पु¥याउने गरी सकारात्मक वातावरण तयार गर्न सैनिक अभ्यास स्थगित गरिएको जनाएको छ ।
वासिङ्टन र सियोलले सोमबारदेखि सुधारिएको र परिवर्तित सैनिक अभ्यास गर्नेछन् । यो अभ्यास आगामी मार्च १२ सम्म चल्नेछ । नौ दिनको यस अभ्यासमा प्रतिकार्य नभई आत्मरक्षामा जोड दिइएको छ । यस अभ्यासमा कति सेना सहभागी हुनेछन् भन्ने जानकारी दिइएको छैन ।
दक्षिण कोरियाका विदेश मन्त्रीले सियोलका मुख्य आणविक विशेषदूत ली डो–हूनले अमेरिकी प्रतिनिधि स्टेफन बाइगनसँग वार्ता गर्न अमेरिका प्रस्थान गर्ने बताएका छन् । ‘विशेषदूत ली यसै साता अमेरिका जानुहुनेछ’, मन्त्रालयका प्रवक्ता नोह क्यू–डुकले बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
महिला साफ यू–२० टोली बंगलादेश प्रस्थान
- 12 minutes ago

बंगलादेशको ढाकामा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिपमा सहभागि हुने नेपाली महिला यू–२० टोली बंगलादेशतर्फ प्रस्थान गरेको छ । फेब्रुअरी ३ देखि ९ सम्म चल्ने प्रतियोगितामा चार राष्ट्रले प्रत
भारतमा आगलागीमा परी १४ जनाको मृत्यु
- 26 minutes ago

एजेन्सी । भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ ।समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको ज्
नवाजुद्दीन सिद्दिकीमाथि गम्भीर आरोपः पत्नी आलियालाई खाना र सुत्नको लागि ओछ्यान छैन
- 39 minutes ago

बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी र उनकी श्रीमती आलिया सिद्दिकीबीच लामो समयदेखि विवाद छ । विगत केही दिनदेखि यो मुद्दा अदालतमा सुनुवाइ भइरहेको छ ।
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।