अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः एक चर्चा

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

विश्वभर महिलाहरुले प्रत्येक वर्ष ८ मार्चको दिन नारी सम्मान तथा सशक्तिकरण हेतु विभिन्‍न कार्यक्रमको आयोजना गरी धुमधामले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँछन् । यस दिन समाज र राष्ट्रलाई महत्वपूर्ण योगदान पुर्‍याउने अग्रणी महिलाहरुलाई सम्झना गर्दै र सम्मान दर्शाउने गरिन्छ । प्रत्येक वर्ष मानिने श्रमिक महिला दिवस अन्तराष्ट्रिय नारा र थिम निर्मित गरेर मानिन्छ । यसै गरी प्रत्येक देशले आ–आफ्नो समसामयिक नारा प्रष्फुटित गरी अन्तराष्ट्रिय नारालाई पनि  समेट्दै नारी दिवस मनाउने चलन छ । यो वर्षको अन्तराष्ट्रिय थिम ‘चुज टु च्यालेन्ज’ हो र स्लोगन ‘वुमन इन लिडरसिपः अचिभिङ एन् इक्वल फ्युचर इन अ कोभिड–१९ वर्ल्ड’ हो भने हाम्रो देश नेपालको यस वर्षको नारा ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ हो । 

 

संयुक्त राष्ट्र संघले विश्वभरका नारीहरुको समानाधिकारलाई स्थापित गर्दै उनीहरुको सुरक्षाखातिर विश्वभरमा केही विशेष नीति, कार्यक्रम र मापदण्ड निर्धारण गरेको छ । संयुक्त राष्ट्र संघको अनुसार कुनै पनि समाजमा सृजित सामाजिक, आर्थिक, राजनैतिकजस्ता अनेकौँ समस्याउपरको निवारण नारीहरुको सहभागितावेगर सम्भव छैन ।

 

खासमा नारी दिवस मनाउने चेतना नारीहरुमा कुन अवस्थादेखि आयो भनेर बुझ्नको लागि अलिकता यसको इतिहासको नालीबेली केलाउनुपर्ने हुन्छ । सर्वप्रथम सन् १९०९ ताका अमेरिकामा केही सचेत सामाजिक अभियन्ता महिलाहरुले २८ फेब्रुअरीमा महिला हकहितको आवाज उठाउँदै महिला दिवस मनाएको थियो । त्यो ताका महिलाहरुलाई मतदानको अधिकार थिएन र मजदुर महिलाहरुलाई पुरुष समान ज्याला र बिदा र अन्य सुविधा पनि समान थिएन । मताधिकार र श्रमिक महिलाहरुलाई पुरुषसमान ज्याला र सुविधा दिलाउने अभियानमा केही सचेत र जागरुक महिलाहरुले चालेको कदम स्वरुप २८ फेब्रुअरीमा महिला दिवस मानिएको थियो । हुन त यसको जग भने सन् १९०८ बाट खन्न सुरुवात भएको थियो । अमेरिकाकाको एक कपडा कारखानामा काम गर्ने श्रमिक महिलाहरुले पुरुषसमान ज्याला र सुविधाको माग राख्दै आन्दोलनको आगो सल्काउन थालेर परिवर्तनको क्रान्तिकारी इतिहास रचेका थिए । पछि सन् १९१० मा सोसलिस्ट मार्क्सवादी महिला कालरा जेट्लिनले कोपेनहेगनमा भएको अन्तर्राष्ट्रिय कन्फरेन्समा विश्वभरबाट महिला दिवस मनाउने प्रस्ताव पेश गरिन् । उक्त कन्फरेन्समा डेनमार्क, अष्ट्रिया, जर्मनी, स्विट्जरल्याण्डलगायत १७ देशका १०० महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो । ती सबै देशका महिलाहरुबाट क्लारा जेट्लिनको प्रस्तावलाई समर्थन मिल्यो । तत् पश्चात विश्व महिला दिवसलाई वार्षिक रुपमा मनाउने प्रस्ताव पारित भयो ।

 

यसरी बिस्तारै मताधिकार, सरकारी कार्य र राजनीतिमा स्थान, नोकरीमा भेदभाव, लैङ्गिक असमानताको विरुद्ध खुलेर आवाज बुलन्दित गर्ने परिपाटिको जग बसालिएको थियो । सन् १९१३(१८ ताका  विश्व युद्धमा लाखौँलाखको संख्यामा सैनिकहरु मारिए । विश्वका धेरै देशका नारीहरुले आफ्नो श्रीमान् गुमाए, छोरा गुमाए, बालकहरु अनाथ बने । सन् १९१७ मा युरोपभर विश्व युद्धको बिरुद्दमा रसियन र केही युरोपियन नारीहरुले शान्तिको निम्ति, रोटी र प्रेमको निम्ति भिषण आन्दोलनको प्रदर्शन गरे । 

 

नारीहरुको आवाजलाई  सत्ता पक्षबाट दबाउने क्रम जारी नै थियो । राजनेताहरु नारीहरुको क्रान्तिकारी आन्दोलनको विरुद्धमा थिए । तर, नारीहरुले हिक्मत हारेनन्, साहसका साथ आन्दोलनलाई जारी राखे । फलस्वरूप नारी सशक्तिकरणको अगाडि सत्ताको केही लागेन ।  रूसको  जारले आफ्नो गद्दीबाट हट्नु पर्‍यो । यसपछि बनेको अन्तरिम सरकारले महिलाहरुको निम्ति मताधिकारको घोषणा गर्‍यो । 

 

यसरी युरोपियन महिलाहरु द्वारा मनाउँदै आएको विश्व महिला दिवसले सन् १९७५ मा आएर आधिकारिक रुपमा मान्यता पायो । सङ्‍घर्षको लामो फड्को मारेपछि सयुक्त राष्ट्र संघले विश्व नारी दिवसलाई वार्षिक रुपमा आठ मार्चको दिन एक थिमको साथ मनाउने घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय नारी दिवसको पहिलो थिम ूसेलिब्रेटिङ्ग द पास्ट प्लानिङ्ग फर द फ्युचरू थियो । यसपछि बिस्तारै विश्वभरका महिलाहरुमा नारी सशक्तिकरणको चेतना जागृत हुँदै गयो र फलस्वरूप नारी दिवस ८ मार्च मनाउने क्रममा यो वर्ष  सन् २०२१ मा १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस हामी मनाइरहेका छौँ । सशक्त समाज  र समृद्धशाली राष्ट्र निर्माणको निम्ति पुरुष बराबर नारीहरुको पनि पूर्ण रुपमा सहभागिता हुनु जरुरी छ । समाजको हरक्षेत्रमा नारी सहभागिताको निम्ति उनीहरुलाई प्रोत्साहन र अवसरले मुख्य भूमिका निर्वाह गर्ने गर्छ । विश्व नारी दिवस मनाउनुको पछाडि मुख्य रुपमा नारी सशक्तिकरणको अभियान जोडिएर आउने गर्छ । महिलाको उत्थानबिना सर्वाङ्ग समाजको उत्थान असम्भव छ । समाज जति नै परिवर्तनको मार्गमा बढेको किन नहोस् आजसम्मको स्थितिमा पनि पितृसत्ता समाजले जरो गाडेको अवस्था छ हाम्रो देशजस्तै कतिपय देशमा । पितृसत्तात्मक सोचले जानअन्जान रुपबाट रुढीवादीलाई प्रोत्साहन गर्ने काम गर्छ । जहाँ रुढीवाद हुन्छ, त्यहाँ कुप्रथाको साङ्ग्लोमा नारीहरु जकडिने गर्छन् र उनीहरुको स्थिति दयनीय हुन जान्छ । हाम्रो समाजमा सांस्कृतिक विकृति र कुप्रथाहरु अझै जिवितै छन् । तराईँ झरे दाइजो प्रथाले जलाउँछ, सुदूरतिर छाउ प्रथाले गलाउँछ, यस्तै घरेलु हिँसा, यौन शोषण, लैंगिक विभेदजस्तो अमानवीय व्यवहार र अपराधले देशको कुनै पनि स्थान, गाउँदेखि सहरसम्म कतै अछुत छैन । जबसम्म समाजमा यस्ता कुप्रथा र दुर्व्यवहारको शिकार नारीले बन्नु पर्छ, त्यो समाज र देशले शिखर चुम्न कदापि सक्दैन । नारीको अवस्था कमजोर हुनुमा सामाजिक संरचनाले अहम् भूमिका खेलेको हुन्छ ।

 

वास्तवमा नारी कुनै हालतमा कमजोर हुँदैनन् । उनीभित्र असीमित शक्तिको भण्डार हुन्छ । शारीरिक रुपमा कोमल तर आत्मिक क्षमताले सशक्त हुन्छिन् । स्वयम् उनको क्षमतासँग उनलाई  रुबरु गराउने सामाजिक परिपाटी निर्मित हुनु जरुरी छ । उनी जस्तोसुकै निर्णय गर्न सक्षम छिन् र भारीभन्दा भारी गह्रौँ बोझलाई हल्का तरिकाले बोक्न सक्छिन् । उनको यस्तो क्षमतादेखि पुरुषहरु नै अचम्भित हुन्छन् । दया, माया, करुणाकी खानी र क्षमाकी दानी उपमाको पर्दाले सदियौँदेखि उनलाई नेपथ्यमा पारेको छ  । हुन त समयले क्रमिक रुपमा परिवर्तनको फड्को नमारेको हाइन । घरको चार पर्खालबाट निस्केर आजको नारीले सामाजिक, शैक्षिक, आर्थिक, राजनीतिक र अन्य विभिन्न तहतप्कामा न्यून संख्यामा भएपनि आफ्नो पकड जमाउन सुरुआत् गरिसकेका छन् । यसरी बाहिर निस्कने नारीको संख्या देशको आधाभन्दा कम नै छ अझै । जसलाई नारी मुक्तिको ढोका खोल्न शताब्दी लाग्ला नलाग्ला  तर, संघर्षको लामो श्रृङ्‍खला पार गर्न भिषण चुनौतीको सामना गर्नु सहज छैन । हाम्रोजस्तो अविकसित देशमा नारीहरुको स्थिति आर्थिक रुपमा आत्मनिर्भर नहुँदा विभिन्नखाले शोषण र प्रताडना झेल्न बाध्य छन् । हाल म बेलायतमा बसिरहेको छु । यहाँका नारी र नारी दिवसको पनि स्तर आभाष गर्ने मैले मौका पाएको छु । सम्पन्नशाली अति बिकसित देशका नारीहरु पनि घरेलु हिंसाको शिकार भारी मात्रामा हुँदा रहेछन् । हुन त ब्रिटेनी नारीहरु हरकिसिमको विभेदबाट मुक्त छन् र यहाँ नारी दिवसको दिन बिदा हुँदैन । यद्यपि कार्यालयमा भएपनि एकाध घण्टा “वुमेन्स डे”को नाममा जमघट हुन्छ्न् । महिलाको स्थिति हिजोभन्दा आज कति बेटर भयो भन्दै समीक्षा गर्छन् र भविष्यमा कसरी बेटर बनाउने भनेर योजना बुन्छन् । बिषय वस्तुमा रहेर सटिक छलफल गर्छन् । समयको मूल्य र महत्व बुझ्नेमा यिनीहरु निकै अगाडि छन् । यहाँ  महिला भएको कारणले कुनै पनि क्षेत्रमा असमानता खेप्नु पर्दैन । यति हुँदाहुँदै पनि यहाँका महिलाहरु यौन शोषण, दुर्व्यवहारको शिकार बनेका खबरहरु पढ्न, सुन्न पाइन्छ । घरेलु हिंसा सबै अपराधभन्दा बढी घट्ने घटनामा पर्दो रहेछ यहाँ । यसै कारणले होला कार्य स्थलमा मलाई महिला सहकर्मीले कुनै दिन मेरो मुख मलिन देखे भने श्रीमानसँगको सम्बन्धको बारेमा सोध्छन् । अनि भन्छन् केही परे मलाई साझा गर्नु है ? लोग्ने मान्छेको हेपाइ र अपमान सहने गर्नु हुन्न भन्छन् । चाहे विकसित देश होस् या अविकसित देश होस् विश्वभरको नारीहरु घरेलु हिंसाबाट गुज्रिरहेका हुन्छन् । हाम्रो देशमा मुखले दोस्नु, गालीगजौल गर्नुलाई अझै पनि महिलाहरु हिंसाको रुपमा लिने गर्दैनन् । शिक्षित र सचेत महिलाहरु पनि बिरोध गर्न हिच्किचाउँछन् । बाहिर कुरा निकाल्न र उजुरी दिन धेरैले आँट नै गर्दैनन् । यसै कारण मनोबल बढेर पुरुषद्वारा शारीरिक, मानसिक प्रताडनाको शिकार बन्ने गर्छन् । यता ब्रिटेनी महिलाहरुको भने मुखको वचन मात्र पनि खप्ने आदत नहुँदो रहेछ । त्यसैले यिनीहरुको वैवाहिक सम्बन्धमा आपसी स्पष्टताको जरुरत पर्ने रहेछ, जसले निर्वाध रुपमा सहमति र द्विपक्षीय चाहनाका साथ सम्बन्ध सुचारु हुन सकोस् । सामाजिक(सांस्कृतिक कारण, महिला मुक्ति र स्वतन्त्रता, महिलाहरुको आत्मनिर्भरता, सजगता र जागरुकता आदि यसमा प्रभाव पर्ने तत्वहरु हुन् । 

 

हाम्रो समाज र देशको अवस्थाको हकमा पनि हिजोको दाँजोमा आज केही सुधार देखिएको छ जुन नारीहरु शिक्षित हुनुको परिणाम हो । यसैले समाज बदल्नुको लागि महिलाले बदलिने वातावरण पाउनु पर्छ ।  

 

यद्यपि हाल देशमा बलात्कार, एसिड आक्रमण, घरेलु हिंसाजस्ता महिला उत्पीडनका घटनाहरुमा बढोत्तरी देखिन्छ । एकातिर जति(जति समाज शिक्षित, बिकसित र चेतनशील हुँदैछ, अर्कोतिर त्यति(त्यति नै हिंसाका नयाँ(नयाँ प्रविधि र प्रकृतिहरु देखा पर्दैछन् । त्यसैले सिद्धान्तमा होइन व्यवहारमा, संचारमा होइन संस्कारमा, प्रचारमा होइन प्रवृत्तिमा परिवर्तन आउनु जरुरी देखिन्छ । जसले पुरुषवादभित्र रहेको गुप्त सम्वादको प्रत्यक्षीकरण गरी त्यसलाई निर्मूल गरी समन्यायिक समाज निर्माणमा भूमिका निर्वाह गर्न सक्छ । त्यसैले शहरी र केही सुगम क्षेत्रमा विश्व महिला दिवस मनाइरहँदा गाउँ दूरदराजका महिलाहरु आफ्नै अधिकारको बिषयमा घन्केको नाराप्रति अनविज्ञ हुने दिनको अन्त हुनु पर्छ । वर्षको एक दिन सेमिनार र गोष्ठीहरु गरेर मात्र नारी सशाक्तिकरण अभियानप्रतिको हाम्रो दायित्व पूर्ण हुँदैन । जहाँ नारीलाई कुण्ठित गरिन्छ, दबाएर राखिन्छ र भाले सत्ता हावी हुन्छ, त्यो समाजमा हमेशा समस्या झ्याँगी रहन्छ । नारी दिवस मनाउनुको औचित्य तब पूरा हुन्छ, जब प्रत्येक नारीले सशक्त बन्ने अवसर घरबाटै  प्राप्त गर्छन् । महिलाले शिक्षित हुनुको साथसाथै आत्मरक्षामा पनि आफूलाई निपूर्ण तुल्याउनुपर्ने हुन्छ । आफ्नो हकको लागि आवाज, सुरक्षा र सम्मानको लागि सजग र  हिंसाको विरुद्ध विरोधको आवाज घरदेखि सुरु गर्दै पर लागू गर्नु पर्छ । नत्र स्लोगनले मात्र नारीको स्थितिमा प्रगति आउँदैन । व्यवहारमा रुपान्तरण गर्दै ठोस कदम चाल्नुले नै नाराले सार्थकता पाउँछ ।

 

विश्वभरका सम्पूर्ण नारी गणमा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको प्रशस्त शुभकामना १ नारी मुक्तिको आन्दोलनसँग जोडेर सङ्‍घर्षले मनाउँदै आइरहेको नारी दिवस अबका दिनमा दुःख वेदना पोख्‍ने वार्षिक अवसरका रुपमा होइन सदियौँदेखिको विभेद विभाजन भएको हर्षोत्सवको रुपमा मनाउन पाइयोस् यही छ चाहना, यही छ कामना ।

 

जय नारी शक्ति !

जय मातृ शक्ति !!

जय नारी दिवस !!!


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • 8 minutes ago
हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

  • 32 minutes ago
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।

महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

  • 57 minutes ago
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।