कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु
- शनिबार, १० बैशाख, २०७९
- 2 months ago
- विचित्र विश्व

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।
१. नोरिल्स्क, रुस
यो स्थानमा एकदमै चिसो हुने गर्दछ । जसकारण यसको तापक्रम वार्षिक माइनस १० डिग्री सेल्सियस रहन्छ । जाडोको समयमा यहाँको तापक्रम माइनस ५५ डिग्रीसम्म पुग्ने गर्दछ । यसका साथै यसै शहरमा प्रत्येक वर्ष दुई महिना सम्म अँधेरो रहिरहन्छ ।
२. सर्पहरुको द्वीप
ब्राजीलमा स्थित इलाहा दा क्युइमादा एक यस्तो द्वीप रहेको छ जुन सर्पद्वारा शासित छ । यसको पछाडिको रहस्य के रहेको छ, त्यो आजसम्म पनि पत्ता लाग्न सकेको छैन । यस द्वीपलाई सर्पहरुको द्वीप पनि भनिन्छ । यो विश्वका ती हजारौँ विषालु सर्पको घर हो जसको नाम रहेको छ, गोल्डन लांसहेड वाइपर । यहाँ हरेक तीन फिटको दुरीमा एकदेखि ५ सर्प सजिलै भेट्न सकिन्छ ।
३. सेन्टिनल द्वीप, अन्डमान
यो द्वीपमा आम सर्वसाधारणलाई प्रवेश गर्न निषेध गरिएको छ । भन्ने गरिन्छ यहाँ ३ सयदेखि ४ सय खतरनाक आदिवासीहरु बस्ने गर्दछन् । जसको विश्वमा अन्य कसैसँग सम्बन्ध नै रहेको छैन । ती मानिसहरु न त बाहिर नै आउँछन् न त बाहिरका मानिसहरुलाई त्यहाँ जान नै दिन्छन् ।
४ . दनाकिल मरुभुमी, इथियोपिया
सामान्यतया भन्ने गरिन्छ यो मरुभुमीको गर्मी पृथ्वीमा नर्कको आगोको महशुस गराउँछ । विश्वका विभिन्न ठाउँहरुमा कहिले गर्मी हुन्छ भने कहिले जाडो हुन्छ तर यो स्थानमा सँधै तापक्रम ४८ डिग्री सेल्सियसको आसपासमा रहन्छ । कहिलेकाहीँ त तापक्रम १४५ डिग्री सेल्सियस सम्म पुग्छ ।
५. डेथ भ्याली
यहाँको प्रमुख समस्या रहेको छ, त्यहाँको गर्मी । यहाँको तापक्रम १३० डिग्री सेल्सियस सम्म पुग्ने गर्दछ । जहाँ कसैको पनि मृत्यु हुनसक्छ । सन् १९१३ मा १३४.०६ डिग्री सेल्सियसको तापक्रम मापन गरिएको थियो । यहाँ पानीको कुनै निशाना नै रहेको छैन । यसलाई विश्वकै सबैभन्दा गर्मी स्थानको रुपमा परिचित छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
खाद्य ऐनको बर्खीलाप गर्नेलाई पाँच वर्ष जेल
- 1 hour ago

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झाडापखाला तथा अन्य रोगबाट बच्न सडक छेउछाउका खुल्ला स्थानमा बिक्री वितरणमा राखिएका खाना खानबाट जोगिन आम उपभोक्तलाई आग्रह गरेको छ ।
आर्थिक प्रलोभनमा परेर बयान फेर्छन् पीडितहरु
- 1 hour ago

काठमाडौँ । पछिल्लो समय अदालतसम्म पुगेका मुद्दाका पीडितहरुले बयान फेर्ने गरेको पाइएको छ । वास्तविक पीडितहरुलाई सामाजिक बहिस्कारको समस्या देखाउने र आगामी दिनमा हुन सक्ने आर्थिक सङ्कट देखाउने कारणले अधिक
नेपालमा थप ४० जनामा कोरोना संक्रमण
- 1 hour ago

काठमाडौँ । नेपालमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार तीन हजार १० जनामा गरिएको कोरोना परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो एक
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।