नेपालमा संघीय शिक्षा प्रणालीका अवसर र चुनौतीबारे लण्डनमा अन्तरक्रिया
- शुक्रबार, २५ जेष्ठ, २०७५
- 2 years ago
- युके

जगन कार्की , लन्डन । बेलायतस्थित युनिभर्सिटी कलेज लन्डन (युसिएल)मा नेपालमा संघीय शिक्षा प्रणालीका अवसर र चुनौतीका विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बिहिबार आयोजित कार्यक्रममा नेपालमा संघियताका अवसर र चुनौतीहरु बारे शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले हालसम्मको शैक्षिक विकासक्रम र भविष्यमा संघीय संरचनामा मुलुक जांदै गर्दाका चुनौतिहरुबारे उल्लेख गरेका थिए ।
नेपालमा १ कक्षामा भर्ना भएका मध्ये ६७ प्रतिशत विद्यार्थीहरु १० कक्षा सम्म पुग्दा विद्यालयबाट पलायन भइसक्ने ,सामुदायिक विद्यालयहरुको पूर्वाधार राम्रो भइकन पनि राम्रो नतिजा निकाल्न नसकेको , निजि विद्यालयहरुले राम्रो गरेको हल्ला गरिएपनि करिब ५० प्रतिशत निजि विद्यालयहरु पूर्वाधार नै पुरा नभई चलिरहेको लगायतका अवस्था रहेको डा लम्सालले बताएका थिए ।
नयां संविधान र नीति लागु हुंदै गर्दा कक्षा ९ देखि समुदयायिक विद्यालयमा विद्यार्थी बढ्न थालेका, संघीय संरचनामा जांदै गर्दा कतिपय नीतिगत समस्या र यसलाई कार्यान्वयन गर्ने सवालहरुमा केहि अप्ठेराहरु देखिएका भएपनि भविष्यमा आशावादी रहेको उनको भनाइ थियो । लम्सालले सरकारी तवरबाट हाल सम्म भएका पहलहरु , कमीकमजोरी र भविस्यमा अपनाउनुपर्ने सजकताहरुका बारेमा स्पष्ट पारेका थिए ।
कार्यक्रमको संचालन गर्दै युनिभर्सिटी कलेज लन्डनका शिक्षा तथा अन्तरास्ट्रिय बिकास सम्बन्धी वरिस्ठ लेक्चरर डा तेजेन्द्र फेरालीले कार्यक्रममा सहजकर्ताको भूमिका निभाएका थिए ।
युसिएलबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका तथा त्यहांको विद्यार्थी युनियनका पुर्व अध्यक्ष डा मिन रानाभाटले नेपालमा निजी शिक्षा र सामुदायिक शिक्षाको गुणस्तरमा रहेको ठूलो अन्तर र त्यसलाई घटाउन सरकारले अपनाएका नीतिहरुका बारेमा जिज्ञासा राखेका थिए । भोजराज बरालले शिक्षाको खस्किंदो गुणस्तर उकास्न कर्मचारीहरुको भूमिका के रह्यो भन्ने प्रश्न गरेका थिए । त्यसअवसरमा विभिन्न नेपाली तथा गैरनेपाली विद्यार्थीहरुले आफ्नो प्रश्न तथा प्रतिक्रिया जनाएका थिए ।
कार्यक्रममा बाथ युनिभर्सिटीका रबिन शिल्डले खाजा तथा संचारकर्मी तथा युसिएलका रिसर्चका विद्यार्थी गणेश खड्काले कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेर सहयोग गरेका थिए । बेलायतका विभिन्न विश्वविद्यालयहरुबाट शिक्षाकर्मीहरु तथा नेपालको शिक्षा सम्बन्धी अध्ययन र चिन्तन गर्ने बेलायती नागरिक, नेपाली विद्यार्थीहरु लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा डा तेजेन्द्र फेरालीले कार्यक्रम प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने तथा उपस्थित हुने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
अनेरास्ववियू उपत्यका स्तरिय भेलामा प्रचण्डको ‘उत्तेजक’ भाषण
- 4 hours ago
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनविरुद्धको आन्दोलनमा टाउको फुटाउन तयार रहेको बताएका छन् । आइतबार काठमाडौँमा भएको नेकपाको प्रचण्ड–नेपाल पक्षको अ
अष्ट्रेलिया र युट्युबको लागि बेचियो ‘डिसेम्बर फल्स’
- 5 hours ago

काठमाडौँ । निर्माणाधिन फिल्म ‘डिसेम्बर फल्स’को युट्युब र अष्ट्रेलिया प्रदर्शन अधिकार एजुकेसन एण्ड माइग्रेसन कर्नरले खरिद गरेको छ । निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार पोखराको बिन्दबासिनी म
आगोले नै निभायो आगो
- 5 hours ago

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।
विचित्र विश्व
भारतमा कोरोना भ्याक्सिन लगाएका ५२ जनामा साइडइफेक्ट देखियो, एक जनाको अवस्था गम्भीर

एजेन्सी । भारतमा कोरोना भ्याक्सिन लगाउने कार्यक्रम सुरु भइसकेको छ । यस क्रममा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ ।