अनेसास बेलायतको नेतृत्वमा पुनः सुमलकुमार गुरुङ
- मंगलबार, १९ आषाढ, २०७५
- 2 years ago
- युके

लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरको वार्षिक साधारणसभा तथा सस्थाको छैठौं अधिवेसन केन्टको वेलिङमा भव्यताको साथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुमलकुमार गुरुङको अध्यक्षता र संस्थाका सल्लाहकार तथा अनेसास केन्द्रीय उपाध्यक्ष(युरोप) डा. रुपक श्रेष्ठको प्रमुख आतिथ्यमा अधिवेसन सम्पन्न भएको थियो ।
कार्यक्रम औपचारिक रुपमा सम्पन्न हुनु अघि सदस्य नविकरण र नयां सदस्यहरूको दर्ता गराइएको थियो । संस्थाका उपाध्यक्ष लक्ष्मी थापा राई (लारा)ले सबैलाई स्वागत गर्दै आभार व्यक्त गरेकी थिईन ।
यस अधिवेशनले महासचिव सन्तोष कार्कीको प्रत्तिवेदन र कोषाध्यक्ष राजकुमार श्रेष्ठको संस्थाको कोष विवरणलाई सर्वसम्मत पारित गरेको थियो । अधिवेशनलाई संस्थाका सल्लाहकार, अनेसास केन्द्रीय उपाध्यक्ष डा. रुपक श्रेष्ठले अनेसास बेलायत च्याप्टरको विगत देखि वर्तमानसम्मको क्रियकलापहरू र प्रगतिको बारेमा संक्षिप्त जानकारी हललाई बताएका थिए ।
धन्यवाद ज्ञापन गर्ने क्रममा अध्यक्ष सुमलकुमार गुरुङले अनेसासको संघारमा आएको आगामी कार्यकारी समितिको चयनबारे छलफल, यसवर्षको भानु जयन्ती र सुप्रमा पुरस्कार बारे प्रकाश पारेका थिए । पांचौ कार्यकारी समितिको विघटन विधिपूर्वक घोषणा गरेर निर्वाचन आयुक्त डा. सुनिल बुढाथोकीलाई नयां कार्यकारी समिति चयनका लागि आग्रह गरेका थिए ।
हलमा सदस्यहरूको सहभागितालाई मध्यनजर गरी निर्वाचन आयुक्त डा. सुनिल बुढाथोकीले उपस्थित सदस्यहरूसंग छलफल गरेका थिए । उम्मेदवारहरूबाट निवेदन प्राप्त भएपछि साविककै कार्यकारी समितिलाई अर्को थप एक कार्यकालका लागि चयन गरेका थिए ।
सुमलकुमार गुरुङको नेतृत्वमा रहेको ११ सदस्यीय कार्यकारी समिति पुनः एक अर्को कार्यकालका लागि चुनिएको जानकारी डा. सुनिल बुढाथोकीले दिएका छन् । कार्यकारी समितिमा अध्यक्ष सुमलकुमार गुरूङ, उपाध्यक्ष, लक्ष्मी राई (लारा), महासचिव सन्तोष कार्की, सचिव रेखा खरेल, कोषाध्यक्ष सचिन गुरुङ, सदस्यहरूमा लिला गुरुङ, मन्जु भण्डारी, मोहन आचार्य, माया गुरुङ, सारादेवी गुरुङ, दुर्गा थापा र बिसन थापा रहेका छन् ।
कार्यकारी समितिको चयन पश्चात नयाँ कार्यकारी समितिले छलफल गरेर सल्लाहकारमा डा. रुपक श्रेष्ठ र डा. सुनिल बुढाथोकीलाई चयन गरेको छ । नव निर्वा्चित कार्यकारी समितिले भावी कार्यक्रमका बारेमा पनि सोही बैठकले निर्णय गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सुन्दै आश्चर्यचकित लाग्ने यी बलिउड कलाकारहरुको बानी
- 1 hour ago

एजेन्सी । हरेक मानिसको आ–आफ्नो जीवनशैली हुन्छ । बलिउडमा काम गर्ने सेलिब्रिटीहरुको पनि केही आश्चर्य लाग्दा बानीहरु रहेका छन् ।
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित
- 1 hour ago

काठमाडौँ । आज बस्ने भनिएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । बालुवाटारमा ओली समुहको स्थायी कमिटी बैठक बोलाइएको थियो ।
ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु
- 1 hour ago

बुटवल । जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला
पर्यटन
माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।
जीवनशैली
ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।