भारतीय विदेश सचिव आउँदै

  • सोमबार, ८ मंसिर, २०७७
  • 1 month ago
  • नेपाल

काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गाला यही मङ्सिर ११ गते नेपालको द्विदिवसीय भ्रमणमा काठमाडौँ आउने भएका छन् । 

 

दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानकै निरन्तरताका सिलसिलामा भारतीय विदेश सचिवको भ्रमण हुन लागेको बताउँदै परराष्ट्र मन्त्रालयले भ्रमणको पहिलो दिन नेपाल– भारत परराष्ट्र सचिवस्तरीय वार्ता हुने र त्यसमा द्विपक्षीय सम्बन्ध एवं सहयोगका विविध विषयमा विचारविमर्श हुने जनाएको छ ।

 

बिहीबार नै भारतका विदेश सचिवले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्ने तथा कोभिड–१९ सम्बन्धी भारतीय सहायता हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले आज अपराह्न जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । 

 

विदेश सचिव श्रृङ्गाला मङ्सिर १२ गते नयाँदिल्ली प्रस्थान गर्नेछन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ठुलोभर्याङमा रहेको एटीएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

  • 12 minutes ago
ठुलोभर्याङमा रहेको एटीएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

काठमाडौँ । प्रहरीले ठुलोभर्याङमा रहेको एटीएम फुटाउँदै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । नागार्जुन नगरपालिका– २ ठुलोभर्याङस्थित एनआइसी एशिया बैंकको एटिएम फोरेर रकम चोरी गर्न लागेको अवस्थामा एक

पोखरामा थप ९ जनामा कोरोना संक्रमण

  • 19 minutes ago
पोखरामा थप ९ जनामा कोरोना संक्रमण

कास्की । पोखरामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा नयाँ ट्वीस्ट, मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ जनाले हस्ताक्षर फिर्ता लिने

  • 31 minutes ago
प्रदेश १ मा नयाँ ट्वीस्ट,  मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ जनाले हस्ताक्षर फिर्ता लिने

विराटनगर । प्रदेश १ मा नयाँ ट्वीस्ट देखिएको छ । केही दिन अगाडि मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन जना सांसद हस्ताक्षर फिर्ता लिने भएका छन् ।



पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

अदुवाका अचुक फाइदाहरु

अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

विचित्र विश्व

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।