भारतको जलविदुयत् परियोजनाको बाँध खोलेपछि महाकालीमा पानी मात्रा बढ्यो
- मंगलबार, २९ साउन, २०७५
- 2 years ago
- नेपाल

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिएको छ ।
सोमबारदेखि बाँधमा पानीको मात्रा बढेको र नियमित सरसफाइ गर्नुपर्ने भन्दै परियोजनाले बाँध खुला गरेको जानकारी दिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए ।
“परियोजनाको दुईवटा ढोका खोलेर २९४ क्युसेक पानी छाडिएको खबर छ,” उनले भने “एउटा ढोकाबाट १४२ क्युसेक र अर्को ढोकाबाट ५२ क्युसेक पानी छोडिएको जानकारीमा आएको छ ।” उनल भने।
यसअघि आइतबार नै भारतीय पक्षले आज बिहान ९ बजेसम्मका लागि बाँध खोलिने पूर्व जानकारी नेपाली प्रशासनलाई गराएको थियो ।
बाँधको पानी खोलिदा महाकाली नदीको बहाव घटबढ भइरहेको बताईएको छ । दार्चुलाको दत्तुमा बिहान १० बजे मापन गरिएअनुसार महाकाली नदीको सतह ४।६ मिटर क्युसेक रहेकामा दिउँँसो १ बजे सतह घटेर ३।६ मिटर क्युसेक पुगेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
बाँधको पानी खोलिदा महाकाली नदीको तटीय क्षेत्रमा जोखिम बढ्ने भएकाले सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न दार्चुला जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकाली नदीमा बाढी आउने खतरा हुन्छ । दार्चुलाबाट बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले आग्रह गरेका छन् ।
पछिल्लो समय भारतीय प्रशासनले बाँध खोल्ने समयबारे जानकारी गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको दार्चुलाका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले बताए ।
कूल २८० मेगावाट विद्युत् क्षमताको धौलीगङ्गाको बाँध यस वर्षमात्रै चारपटक खोलिएको छ । यसअघि धौलीगङ्गा जलविद्युत् परियोजनाको छिरकिल्लास्थित बाँधमा पानीको मात्रा अत्यधिक भएकाले साउन १२ गते पनि बाँधको ढोका खोलिएको थियो । विसं २०७० मा धौलीगङ्गाकै बाँधका कारण दार्चुला सरमुकाममा क्षति पु¥याउँदा अर्बौंको क्षति पुगेको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
प्रचण्डले योद्धाका छोराछोरीको बिजोग बनाएः ओली
- 28 minutes ago
काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योद्धाका छोराछोरीको बिजोग बनाएको आरोप लगाएका छन् । बिहीबार काठमाडौँ
कोरोनाविरूद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा भीषण आगलागी
- 43 minutes ago

एजेन्सी । कोरोनाभाइरसविरूद्धको खोप बनाइरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा भीषण आगलागी भएको छ । भारतको पुणेस्थित सेरम इन्स्टिच्युटमा बिहीबार दिउँसो भीषण आगलागी भएको हो । भारतीय संचारमाध्यामहरु
संवैधानिक इजलासले माग्यो संसद विघटनबारे राजपत्रमा प्रकाशित सूचना
- 55 minutes ago
काठमाडौँ । संसद विघटनको मुद्दामाथि बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि सर्वोच्च अदालतले संसद विघटन सम्बन्धी विषयमा राजपत्रमा प्रकाशित सू
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।