भारतीय धर्मगुरूले अाफ्नै लिङ्ग काटेर हावामा फ्याँकिदिएपछि...
- एजेन्सी
- सोमबार, ४ आषाढ, २०७५
- 2 years ago
- अन्तर्राष्ट्रिय

जयपुर । भारतीय धर्मगुरुहरू यौन उत्पीडनको मुद्दामा बारम्बार मुछिइरहँदा एकजना धर्मगुरूले शुक्रबार बेलुकी सार्वजनिक बैठकमै आफ्नो लिङ्ग काटेका छन् ।
यौन उत्पीडनको मामलाका कारण तनावमा रहेका ४० वर्षीय पुरोहितले शुक्रबार बेलुकी सार्वजनिक बैठकमा आफ्नो लिङ्ग काटेका हुन् ।
उक्त घटनापछि उनलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएपनि स्थिती गम्भीर भएपछि जयपुरको सवाई मानसिंह अस्पतालमा भर्ना गरिएको भारतीय समाचार माध्यमहरूले बताएको छ ।
मन्धान थानाका प्रहरी इन्चार्ज राम किशनका अनुसार सेवावाली सेवागिरी धामका महन्त अनिल पुरोहित विभिन्न धार्मिक नेताविरुद्ध लगाइएको यौन उत्पीडनको आरोपका कारण तनावमा थिए ।
उनका अनुसार एक सत्संग कार्यक्रममा ती पुरोहित भक्तसँग कुरा गर्दागर्दै अचानक रिसाए र भक्तजनको अगाडि नै आफ्नो यौनाङ्ग काटेर हावामा फ्याँकिदिए ।
मिडिया रिपोर्ट अनुसार ती पुरोहितलाई आशाराम, रामरहिम, दाती महाराजसँग तुलना गर्न थालेपछि उनले मानिसहरु शान्त रहन आग्रह गर्दै अपराधीलाई कानून अनुसार दण्डित गर्नुपर्ने बताए । उनले भक्तहरुलाई सबै धर्मगुरुलाई शंकाले हेर्नु हुँदैनसमेत भने ।
‘सबै एउटै हुँदैनन्’, उनले भने । पछि पुरोहितले आफ्नो यौनाङ्ग काट्ने घोषणा गरेपछि मानिसहरु एकछिन छक्क परे । घोषणा गरेको केही सेकेन्डभित्रै उनले त्यसो गरे । स्थानीयका अनुसार त्यसको केही सेकेन्डभित्रै उनी अचेत भए र स्थिती तनावग्रस्त बन्यो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँमा मात्रै थप ९८७ जनामा कोरोना संक्रमण
- 14 minutes ago

काठमाडौँ । काठमाडौँमा थप ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ललितपुरमा १०६ जनामा र भक्तपुरमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय काठमाडौ
नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण
- 18 minutes ago

काठमाडौँ । नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआरबाट २३६५ र एन्टिजेनबाट ६३ गरी २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु
- 28 minutes ago

काठमाडौँ । काठमाडौंँको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका–२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा
पर्यटन
खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।
जीवनशैली
यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।
विचित्र विश्व
च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।