Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालउपप्राध्यापकमाथि हमला गर्नेविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णयको विरोध

उपप्राध्यापकमाथि हमला गर्नेविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णयको विरोध


काठमाडौँ। त्रिभुवन विश्वविद्यालय समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक हमला गर्नेविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णयको विरोध भएको छ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै एमाले सांसद सुनिता बरालले सरकारको उक्त निर्णयको विरोध गर्दै सरकारले यसरी मुद्दा फिर्ता लिने हो भने अदालत बन्द गर्न चुनौती दिइन्।

‘सरकार पटक पटक यो मुद्दा फिर्ता लिने निर्णय गर्छ। शुसासन माग्न कहाँ जाने हो? कहाँबाट सुरक्षित हुने हो? मरााणासन्न पारेर फालेको व्यक्तिबाट आएको उजुरी सरकारले धमाधम फिर्ता लिन्छ भने, म प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहान्छु,’ सांसद बरालले भनिन् के सरकारले सबै न्यायलयहरु बन्द गर्न खोजेको हो? सरकारले कोही पनि नेपालीलाई दुःख परेको बेलामा राज्य छैन भनेको हो?’

यस्तै, सांसद मेनका पोखरेलले चलाउनेलेमाथि हमला गर्नेको मुद्दा फिर्ता लिएर सरकारले विश्वविद्यालयलाई रणमैदान बनाउन खोजेको आरोप लगाइन्।

यस्तै, सांसद रघुजी पन्तले सरकारले मुद्दा फिर्ता लिएर सुसासन विरोधी काम गरेको आरोप लगाए।

त्रीवि परिसर भित्रै त्रिविका उपप्राध्यापक चलाउनेमाथि नेपाली कांग्रेसनिकट नेविसंघमा आबद्ध विद्यार्थीहरुले मरणासन्न हुने गरी कुटपिट गरेका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोरङमा अर्को सूचना जारी नभएसम्म भेला, सम्मेलन, र्‍यालीलगायतमा रोक

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले अर्को सूचना जारी नभएसम्मको लागि जिल्लामा सभा, सम्मेलन, र्‍याली, भेला, प्रदर्शन गर्न रोक लगाएको

नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरकी

महालेखा परीक्षकमा तोयम राया नियुक्त

काठमाडौँ । महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा संविधानको धारा २४० को उपधारा २ बमोजिम

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको

धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल…

काठमाडौँ । धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल

Techie IT