भारतद्वारा प्राइभेट क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउने तयारी
- बुधबार, ८ मंसिर, २०७८
- 7 months ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । भारतको केन्द्र सरकारले छिट्टै निजी क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
नोभेम्बर २९ बाट सुरु हुने संसदको हिउँदे अधिवेशनमा सरकारले क्रिप्टोकरेन्सीसम्बन्धी विधेयक ल्याउने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
रिपोर्टका अनुसार भारतका १० करोड मानिसले बिटकोइन लगायत कुनै न कुनै क्रिप्टो मुद्रामा लगानी गरेका छन्।
यसले क्रिप्टोकरेन्सीमा लगानी गर्दै आइरहेका लगानीकर्तालाई ठुलै समस्या पर्ने भएको छ ।
रिपोर्टका अनुसार भारत सरकारले चाँडै नै क्रिप्टोकरेन्सीमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाउन लागेको हो ।
क्रिप्टो मुद्रामा भारतका १० करोड जनताको ७० हजार करोड भारु जोखिममा पर्ने भएको छ । यो तथ्याङ्कप्रति सरकार लचक हुने अनुमान गरिएको थियो । क्रिप्टो मुद्रामाथि सरकारको कुनै पनि नियन्त्रण नहुने भएको हुँदा सरकारले प्रतिबन्ध लगाउन लागेको बताइएको छ ।
भविष्यमा, भारतीय रिजर्व बैंकद्वारा जारी क्रिप्टो मुद्रा बाहेक सबै निजी क्रिप्टोकरन्सीहरू प्रतिबन्धित हुने बिलमा रहेकाे बताइएकाे छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
कुमारी बैंक र बनेपा डेन्टल क्यरबीच सम्झौता
- 10 minutes ago

काठमाडौँ। सम्झौताअनुसार सो डेन्टल क्यरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा जेनेरल डेन्टिस्ट्रि, पेडोेडोन्टिक्स, प्रोस्टोडोन्टिक्स र इन्डोडोन्टिक्समा २०
बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ?
- 10 minutes ago

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कूल निक्षेप ०.२३ प्रतिशत मात्रै
मंगलबजारमा एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर
- 12 minutes ago

काठमाडौँ। एभरेष्ट बैंक लिमिटेडले ललितपुरको मंगलबजारमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर उद्घाटन गरेको छ। ललितपुर वडा नम्बर १६ का अध्यक्ष निर्मल रत्न शाक्य, ललितपुर चेम्बर अफ कर्मसका अध्यक्ष मनोज बहादुर न्
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।