भारत–चीनबीच सम्बन्ध बिग्रनुका १५ कारण
- मंगलबार, १५ साउन, २०७५
- 2 years ago
- अन्तर्राष्ट्रिय

भारत–चीन सम्बन्ध बिग्रिनुमा धेरै विवादहरु रहेका छन् । यी १५ कारण जसका कारण भारत चीनबीच तनाब चलिरहेको छ ।
१. दुई देशबीच सीमा निर्धारण रहेको छैन ।
भारत र चीनबीच लगभग ४ हजार किलोमिटर लामो सिमा रहेको छ । तर यो पुर्ण रुपमा निर्धारित भने छैन । यसको कारण हो १९१४ मा म्याकमोहनले जुन सीमा निर्धारण गरेका थिए त्यो चीन सरकारलाई मान्य छैन । यसकारण चीन–भारतबीच बेलाबेलामा विवाद उत्पन्न हुने गरेको छ । यस अवस्थामा चीन तथा भारतका सेनाहरुले जहासम्म जमिन कब्जा गरेका छन् त्यहाँ सम्मलाई अस्थायी रुपमा वास्तविक रेखा मानिएको छ ।
२. भारत–अमेरिका र जापनको सहयोग चीनलाई मन नपर्नु
भारत अमेरिका र जापानको नजिकिएको सम्बन्धले चीन सुरक्षाका दृष्टिकोणले असहज महसुस गरेको विज्ञहरु बताउँछन् । हिन्द महासागरमा भारत र अमेरिकाको सक्रियताले चीन रुष्ट रहेको छ । चीनले पनि आफ्नो तरिकाले विश्वलाई शक्ति प्रदर्शन गर्दै आइरहेको छ ।
३. हिन्द महासागरमा चीनको बढ्दो गतिबिधि
हिन्द महासागरमा चीनको बढ्दो गतिबिधिले भारत–चीन सम्बन्धमा तनाव भएको भारतीय पक्षको दाबी रहेको छ ।
४. संयुक्त राष्ट्र सुरक्षा परिषदमा भारतको सदस्यताको चीनले गर्दै आइरहेको विरोध
संयुक्त राष्ट्र सुरक्षा परिषदमा भारतको सदस्यताको विरोध चीनले गरेको भारतीय पक्षको दाबी छ । सन् १९५३ मा भारतले सदस्यता पेश गरेको थियो ।
५. मसुद अजहरलाई अन्तराष्ट्रिय आतंकवादी घोषित हुनुमा चीनको विरोध
संयुक्त राष्ट्रमा आफ्नो भिटो पावरको प्रयोग गर्दै चीनले पाकिस्तानमा लुकेका भारतको मोस्ट वान्टेड आतंकवादी जैश–ए–मोहम्मद प्रमुख मसुद अजहरको बचाउ गरेको थियो । उसलाई अन्तराष्ट्रिय आतंकवादी घोषित गर्नुमा चीनले अड्चन पैदा गरेको थियो ।
६. भारतको सबैभन्दा ठुलो भुभागमा कब्जा
सन् १९६२ को युद्धका दौरान भारतको सबैभन्दा ठुलो भुभाग कब्जा गरेपछि चिनियाँ सेनाले भारतको विभिन्न ठाउँहरुमा कब्जा गर्न खाजेको भारतको आरोप छ ।
७. अरुणाचल प्रदेशमा चीनको दाबी र स्ट्यापल भीजा
चीनले अरुणाचल प्रदेश आफ्नो भएको दाबी गर्दै आइरहेको भारतीय पक्षको आरोप रहेको छ । अरुणाचलको विवादित क्षेत्रको प्रचार गर्नका लागि चीनले त्यहाँ बस्दै आइरहेका निबासीहरुलाई स्ट्यापल भिजा दिने गरेको छ । यसको विरोध भारतले गर्दै आइरहेको छ ।
८. चीन पाकिस्तान इकोनोमिक कोरिडोर
चीनद्वारा खाडी देशहरुमा आफ्नो सामान पुर्याउनका लागि चीन पाकिस्तान इकोनोमिक कोरिडोर बनाइदैछ । यो बाटो गिलगित–बाल्टिस्तान र पाक अधिकृत काश्मिर भएर जान्छ ।
९. तिब्बती नेताहरुलाई आश्रय
भारत–चीन सम्बन्धमा तनाब आउनुको प्रमुख कारण एउटा तिब्बत पनि हो । चीनले तिब्बतलाई आफ्नो अधिनमा बनाएपछि तिब्ब्तीका धर्मगुरु दलाइ लामा भारतको शरणमा गएका थिए । अन्य तिब्बती नेताहरुलाई आश्रय दिएका कारण पनि चीन–भारत सम्बन्धमा तिक्तता पैदा भएको हो ।
१०. ब्रम्हपुत्र नदीमा चीनले बाँध बाँध्ने निर्णय लिएपछि
चीनले ब्रम्हपुत्र नदीमा धेरै ठाउँमा बाँध बाँध्ने कार्यमा रहेको छ । उक्त नदीको पानी चीन उत्तरी भागमा लैजान चाहन्छ । भविष्यमा यो विवादले ठुलो तनाव उत्पन्न गराउने आशंका लिएको छ । यस विषयमा बेलाबेलामा दुई देशमा तनावको अवस्था आउने विज्ञहरु बताउँछन् ।
११. चीनले चिन क्षेत्रमा सडक बनाउनु
लद्धाखमा सडक निर्माण गरेर चीनले एउटा बखेडा खडा गरेको भारतको आरोप छ । चीनले निर्माण गर्ने योजनालाई लिएर भारतको विरोध हुनुले पनि यी दुई देशको सम्बन्ध चिसिदै गएको हो । सडक निर्माणलाई लिएर भारत र चीनबीच तनाब रहेको छ । सन् १९९३ र १९९६ मा लाइन अफ एक्चुअल कंट्रोलमा हस्ताक्षर भएको थियो ।
१२. जे एंड के. लाई भारतको अंग चीनले नमान्नु
चीन जम्मु काश्मिरलाई पनि भारतको अंग मान्दैन । यस विषयमा चीन मौन रहेको भारतीय पक्षको आरोप रहेको छ । चीन सरकारले यस क्षेत्रका मानिसहरुलाई पनि स्ट्यापल भिषा दिने प्रयास गरेको भारतले आरोप लगाएको थियो ।
१३. पिओके मा चीनको बढ्दो गतिबिधि
पाकिस्तान अधिकृत काश्मिरमा चीनको बढ्दो गतिबिधिले पनि भारत र चीनको सम्बन्धमा तनाव सिर्जना गरेको छ ।
१४. दलाई लामालाई आश्रय र सम्मान
चीन तिब्बती बौद्ध धर्मगुरु दलाइ लामालाई भारतले आश्रय दिदै आइरहेको छ । यसका कारण पनि भारतलाई चीन आफ्नो शत्रु मानिरहेको छ । भारतको आडमा दलाइ लामाले चीनविरुद्ध कदम चालिरहेको चीनको आरोप रहेको छ ।
१५. चीनको साउथ चाइना सीमा प्रभुत्वको कोशिस
चीन साउथ चाइना इलाकमा आफ्नो प्रभुत्व जमाउन खोजेको भारतको आरोप रहेको छ । यहाँ अन्य देशहरुलाई पनि चुनौती मिलिरहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
अनेरास्ववियू उपत्यका स्तरिय भेलामा प्रचण्डको ‘उत्तेजक’ भाषण
- 3 hours ago
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनविरुद्धको आन्दोलनमा टाउको फुटाउन तयार रहेको बताएका छन् । आइतबार काठमाडौँमा भएको नेकपाको प्रचण्ड–नेपाल पक्षको अ
अष्ट्रेलिया र युट्युबको लागि बेचियो ‘डिसेम्बर फल्स’
- 4 hours ago

काठमाडौँ । निर्माणाधिन फिल्म ‘डिसेम्बर फल्स’को युट्युब र अष्ट्रेलिया प्रदर्शन अधिकार एजुकेसन एण्ड माइग्रेसन कर्नरले खरिद गरेको छ । निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार पोखराको बिन्दबासिनी म
आगोले नै निभायो आगो
- 4 hours ago

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।
विचित्र विश्व
भारतमा कोरोना भ्याक्सिन लगाएका ५२ जनामा साइडइफेक्ट देखियो, एक जनाको अवस्था गम्भीर

एजेन्सी । भारतमा कोरोना भ्याक्सिन लगाउने कार्यक्रम सुरु भइसकेको छ । यस क्रममा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ ।