Techie IT
२०८१ वैशाख ६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिभारत भ्रमणको क्रममा नेपालको हितलाई केन्द्रबिन्दुमा राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भारत भ्रमणको क्रममा नेपालको हितलाई केन्द्रबिन्दुमा राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा नेपालको हितलाई नै केन्द्रबिन्दुमा राख्ने प्रतिबद्धता जनाएका छन्। आइतबार सिंहदबारमा पूर्वप्रधानमन्त्री, दलका नेताहरुसँगको छलफलमा प्रधानमन्त्रीले सो प्रतिबद्धता जनाएका हुन्।

छलफलमा सहभागीहरुले आफूहरुले नेपालको राष्ट्रिय हित, राष्ट्रिय स्वार्थ र नेपाली जनताको आत्मसम्मानमा केन्द्रित भएर भएर कुराकानी गर्ने सुझाव दिएको बताए।

प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा नेपालको हितलाई नै मध्यनजर गरेर मात्रै अघि बढ्ने प्रतिबद्धता जनाएको राप्रपा नेता प्रकाशचन्द्र लोहनीले जनाकारी दिए।

छलफलमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, बाबुराम भट्टराई, लोसपा अध्यक्ष महन्थ ठाकुर, रास्वपा सभापति रवि लामिछाने परराष्ट्रमन्त्री एनपी साउद, पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रकाश चन्दै लोहनीलगायत सहभागी थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल…

काठमाडौँ । धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल

पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते

काठमाडौँ । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् । बुधबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति

एकीकृत समाजवादीको महाधिवेशन सर्‍यो

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशनको मिति सारेको छ । जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन आगामी

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक

काठमाडौँ । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ ।

Techie IT