किन हुण्डी कारोबारलाई अवैध र जोखिमपूर्ण मानिन्छ ?

  • बुधबार, २६ जेष्ठ, २०७८
  • 1 week ago
  • युके

विदेशमा आर्जन गरेको रकम औपचारिक माध्यमबाट नपठाई कुनै निजी व्यापारी, एजेन्ट, व्यक्ति वा दर्ता नभएका एजेन्सी मार्फत् स्वदेशमा पठाउने वा स्वदेशबाट विदेशमा पठाउने कार्यलाई हुण्डी भनिन्छ । एक ठाँउमा पठाइने पैसा अर्कोतिर पठाएर कमिसन खाने प्रकृयालाई सोझो हिसाबमा हुण्डी भनिन्छ । नेपालमा हुन्डी मार्फत् रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानुनी कार्य हो । अनौपचारिक माध्यमबाट पैसा पठाउँदा पैसा सुरक्षित पनि हुँदैन । कसैले थाहा पाएमा कानुन बमोजिम सजाय पनि हुन्छ । नेपालमा बिदेशवाट पैसा ल्याउँदा हुण्डीमार्फत ल्याउनु अवैध मात्र होइन मुद्रा अपचलनको आरोपमा कडा सजायका भागिदार पनि बन्नु पर्छ ।

 

अर्को शब्दमा अन्तरदेशीय मुद्रा कारोबार गर्ने अवैध तरिका हो हुण्डी । हुण्डीको कारोबार गर्नेहरुलाई दुबै देशमा एजेण्ट र सम्पर्क व्यक्ति राखेर कारोबार गरिरहेका हुन्छन् । कुनै एक देशमा रही हुण्डी कारोबारीले एजेन्ट मार्फत रकम संकलन गर्छन र उनीहरुको परिवारलाई तत्कालै पु¥याइदिने काम गर्छन् । रेमिट्यान्स पठाउँदा हुने सबै प्रक्रियागत झन्झट नदिने भएकाले मानिसहरु हुण्डी कारोबारमा आकर्षित पनि हुन्छन् । तर यस्तो कारोबार अवैध र जोखिमपूर्ण छ । 

 

हुण्डी कारोबारमार्फत बिदेशबाट स्वदेशमा रकम प्राप्त भएपनि यो अत्यन्त जोखिमपूर्ण छ । खासगरी सुन तस्करी, लागु औषध कारोबार, न्यून विजकीकरण गरि समान आयात, मानव बेचबिखन, अवैध हातहतियारको कारोबार जस्ता अपराधजन्य कार्यमा हुण्डीले प्रसर्य दिइरहेको पाइन्छ । त्यसैले पनि हुण्डी कारोबातरलाई अबैध र जोखिमपूर्ण मानिएको हो ।

 

हुण्डी कारोबार गर्नेहरुले कुनैपनि देशको कानून अनुसार रेमिट्यान्स कारोबार गर्नका लागि स्वीकृति लिएका हुँदैनन् । त्यसैले आफुले दश नङ्ग्रा खियाएर कमाएको पैसा बीचैमा हिनामिना हुनसक्ने जोखिम उत्तिकै छ । त्यसैले रकम हिनामिना भएमा कानूनी उपचार पाउन समेत कठिन छ । साथै आफ्नो परिश्रमको बैध रकमलाई दलाल र बिचौलियाहरुले अबैध कारोबार तथा अपराधजन्य कार्यमा लगाउने भएकाले यसलाई निरुत्साहन गर्ने भएकाले सबै व्यक्ति हुण्डी कारोबार गर्ने विषयमा सचेत हुनुपर्ने देखिन्छ । त्यसैले औपचारिक रेमिटान्स तथा बैंकिङ च्यानल मार्फत रकमको कारोबार गरौं । जसले मुलुकको व्यापार घाटा कम गर्न पनि यसले महत्वपूर्ण योगदान दिन्छ ।अझ यस्ता अबैध धन्दा सञ्चालन गर्ने व्यक्ति र संस्थाको बारेमा तत्काल नजिकैको सुरक्षा निकायलाई जानकारी गराउन पनि आवश्यक देखिन्छ । जुन हरेक नागरिकको कर्तव्य पनि हो ।

 

बेलायतमा रहेका नेपालीहरु लाई भने सजिलो:

 

बेलायतमा रहेका नेपाली हरु ले आफु ले मेहनत गरेर कमाएको पैसा अब कुनै हुण्डीमा संलग्न नभई कानुनी रुपमा नेपाल पैसा पठाउन सक्दछन् । बेलायत को रेमिट्यान्स अपरेटर मनिटु ले गत अप्रिलबाट यो सेवा को सुरुवात गरेको छ । जस अन्तर्गत कम्पनीले नेपाल पैसा पठाउदा कुनै शुल्क लिने छैन । विनिमय दर पनि अन्य कम्पनिहरु भन्दा उत्कृष्ट भएको कम्पनिले दाबी गरेको छ ।

 

मनिटु बाट नेपाल पैसा पठाउन को लागि सर्बप्रथम मनिटु मा आफ्नो अकाउण्टको आवश्वक पर्द । जसको लागि मनिटु एप्लिकेशनमा अथवा वेभसाइट www.moneyto.co.uk मा गई आफ्नो सम्पूर्ण विवरण भर्नुपर्ने हुन्छ ।  साथै सेल्फी, फोटो आइडि र प्रुफ आफ एड्रेस अपलोड गरि मनिटु मा आफ्नो अकाउन्ट बनाउन सकिने छ । अकाउन्ट रजिस्टर्ड भैसके पछि सजिलै  मनिटु एप्लिकेशन अथवा वेभसाइटमार्फत नेपाल पैसा पठाउन सकिने छ ।  बेलायतबाट पठाएको पैसा नेपालमा १८१ शहरहरु र गाउँहरूमा सहित गरेर ६ हजार ३०० वटा सुरक्षित र सुविधायुक्त नगद पिकअप स्थानहरु बाट प्राप्त गर्न सकिने छ । 

 

साथै पठाएको रकम नेपाली रुपैंयामा कृषि विकास बैंक, बैंक अफ काठमाडौँ ,सिटिजन्स बैंक, सिभिल बैंक, एभेरेस्ट बैंक, गरिमा विकास बैंक, ग्लोबल आई.एम.ई बैंक, हिमालयन बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, लुम्बिनी विकास बैंक, माछापुछ्रे बैंक, महा लक्ष्मी विकास बैंक , मेगा बैंक नेपाल, मितेरी डेभलपमेन्ट बैंक, नबिल बैंक, नेपाल बैंक, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनएमबी बैंक, एनआईसी एशिया बैंक, प्राइम कमर्शियल बैंक, राष्ट्रिय वाणिज्य बैंक र अन्य बैंकहरूबाट प्राप्त गर्न सकिने छ ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महानगरको नीति तथा कार्यक्रम पारित

  • 4 hours ago
महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं । काठमाडौँ महानगरपालिकाको नवौँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

महाकालीमा खतराको सङ्केत

  • 4 hours ago
महाकालीमा खतराको सङ्केत

दार्चुला । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको स्तरले खतराको सङ्केत पार गरेको छ । डडेल्धुरा परशुराम धाममा रहेको परशुधाम गेज स्टेशनका अनुसार महाकाली नदीको जलस्तर सात मिटर रहेको छ ।

१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

  • 4 hours ago
१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १३ औँ महाधिवेशनपछि कांग्रेस निकै कमजोर बनेको बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको बागमती प्रदेशस्तरीय ‘नेपाली



पर्यटन

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँची । चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

जीवनशैली

मुटु स्वस्थ राख्ने ८ तरिका

मुटु स्वस्थ राख्ने ८ तरिका

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

एजेन्सी । विश्वमा केही यस्ता डरलाग्दा मानवनिर्मित कुराहरु रहेका छन् जो पर्यटकका लागि निकै आकर्षकको केन्द्र बन्दै आइरहेका छन् । चीनमा पनि यस्तै एउटा पुल रहेको छ जसलाई हेर्न वार्षिक हजारौँ पर्यटकहरु जाने गरेका छन् ।