हुवावेले नेपाली विद्यार्थीलाई सूचना प्रविधिसम्बन्धी तालिम दियो

Norvic Hospital

ललितपुर । चिनियाँ कम्पनी हुवावेले नेपालका सूचना तथा प्रविधि विषयका विद्यार्थीका लागि ‘सिड्स फर दि फिउचर’ कार्यक्रम २०२१ सुरुआत गरेको छ । यस कार्यक्रमअन्तर्गत सूचना प्रविधि विषयमा अध्ययनरत नेपाली विद्यार्थीको छनोट गरी उनीहरुलाई यस विषयमा थप तालिम तथा अध्ययन गराइने छ । 

 

हुवावेद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा यस कार्यक्रमको शुभारम्भ गरिएको थियो । हुवावेले आफ्नो कम्पनीको सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत सन् २००८ देखि विश्वका विभिन्न देशमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । आज आयोजित सो कार्यक्रममा दिइएको जानकारीअनुसार हालसम्म विश्वका करिब १३० देशका नौ हजार विद्यार्थीलाई यो अवसर प्रदान गरिएको छ । नेपालमा भने यस वर्ष पहिलो पटक यो कार्यक्रमको सुरुआत गरिएको हो ।

 

यस कार्यक्रमअन्तर्गत नेपालका २० प्रतिभाको छनोट गरिएको छ र उनीहरुलाई डिजिटल क्षेत्रको बारेमा तालिम तथा पछिल्लो विकासक्रमका बारेमा अध्ययन गराइने छ । नेपालका प्राध्यापकहरु शशीधरराम जोशी, सुवर्ण शाक्य र तिमिला यमीले निर्णायकको रुपमा रहेर ती २० प्रतिभा छानेका थिए ।

 

उनीहरुले नेपाली विद्यार्थीमा पनि हुवावेले यो अवसर प्रदान गरेकाले आगामी दिनमा यसले नेपालमा सूचना प्रविधि क्षेत्रको जनशक्ति विकासमा सहयोग पुग्ने बताए ।

 

यस कार्यक्रमअन्तर्गत ती विद्यार्थीलाई नेपालमा सूचना प्रविधि क्षेत्रका विकास आयोजनाका साथै सूचना प्रविधि उद्योगको बारेमा पनि जानकरी दिइने छ । यसबाट नेपालमा आगामी दिनमा सूचना प्रविधिका क्षेत्रमा गर्न सकिने कामका बारेमा उनीहरुलाई ज्ञान प्राप्त हुने अपेक्षा गरिएको छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

  • 5 hours ago
बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

लण्डन । बेलायतका नौसेना प्रमुख एडमिरल सर टोनी राडाकिन र भारतीय नौसेना प्रमुख एडमिरल करमबीर सिंह बीच शुक्रवार दिल्लीमा भेटवार्ता भएको छ।

विकास मेराग्लिया च्यासलमा आवद्ध

  • 5 hours ago
विकास मेराग्लिया च्यासलमा आवद्ध

काठमाडौँ । इटालीमा फुटबल खेल्दै आएका विकास मेराग्लिया ए डिभिजन क्लब च्यासल युथ क्लबमा आवद्ध भएका छन्। नेपाली मूलका विकासलाई च्यासलले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आबद्ध गरेको हो।

Foreign video clips circulating on TikTok as Nepal floods

  • 5 hours ago
Foreign video clips circulating on TikTok as Nepal floods

With the video-sharing app TikTok hitting 1 billion monthly active users globally, misuse of the platform to spread lies and misinformation has also increased. After freak rains earlier this week wrea



पर्यटन

डोल्पाको धो बस्ती शिरमा हिमाल

डोल्पाको धो बस्ती शिरमा हिमाल

जाजरकोट । लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल।

जीवनशैली

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

एजेन्सी । शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।