उद्घाटन हुन नसकेको भारतको एकमात्र पुलबारे रोचक तथ्यहरु

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । विश्वमा यस्ता कैयौं पुलहरु रहेका छन् जसको आफ्नै पहिचान रहेको छ । छिमेकी देश भारतमा पनि एक पुल रहेको छ जुन रहस्यमयी छ । जुन भारतमा मात्र नरही विश्वभर प्रसिद्ध रहेको छ ।

 

तर अचम्मको कुरा त्यस विश्व प्रसिद्ध पुलको अहिलेसम्म उद्घाटन भएको छैन । यो पुल रहेको छ कोलकाताको ‘हावडा ब्रिज’ । यो पुल कोलकाताको पहिचान रहेको छ । यो पुल बनेको ७६ वर्ष भईसकेको छ ।

 

द्वितीय विश्व युद्धको क्रममा डिसेम्बर १९४२ मा जापानबाट प्रहार भएको एक बम यो पुल नजिकै विष्फोट भएको थियो । तर यो पुल भने जस्ताको तस्तै खडा रह्यो । बीबीसीको रिपोर्ट अनुसार उन्नाइसौं शताब्दीको अन्तमा बेलायत सरकारले कोलकाता र हावडाको बीचमा बग्ने हुगली नदीमा तैरिरहने पुन निर्माण गर्ने योजना बनाएको थियो ।

 

किनभने त्यस समय हुगली नदीमा कैयौं पानी जहाज, आवतजावत गर्थे । पिलर भएको पुलले जहाज ओहोर–दोहोरमा समस्या पर्ने भएपछि सन् १८७१ मा ‘हावडा ब्रिज एक्ट’ पास गरियो । सन् १९३६ मा यस पुलको निर्माण सुरु गरियो । र सन् १९४२ मा यो पुल सम्पन्न भयो । त्यसपछि फेब्रुअरी ३ सन् १९४३ मा यो पुल सर्वसाधारणको लागि खुला गरियो ।

 

त्यस समय विश्वमै सबैभन्दा लामो पुलमध्ये तेस्रो नम्बरमा यो पुल पर्दथ्र्यो । सन् 1१९६५ मा भारतीय प्रसिद्ध साहित्यकार रबीन्द्र नाथको नाममा यसको नाम रवीन्द्र सेतु राखियो । बीबीसीको रिपोर्ट अनुसार यस ब्रिजको निर्माणमा २६ हजार ५ सय टन स्टिलको प्रयोग गरिएको छ । जसमध्ये २३ हजार ५ सय टन स्टिलको सप्लाई ‘टाटा स्टिल’ले गरेको थियो ।

 

यस पुलको विशेषता के रहेको छ भने, यो पुल दुई किनारमा रहेको २८० फिट अग्लो दुई पिल्लरमा अडिएको छ । ती दुई पिल्लर बाहेक नदीमा कुनै पिल्लर छैन जसले पुललाई अड्याउन मद्दत गर्छ ।

 

यसका साथै स्टिललाई जोड्नका लागि ‘नटबोल्ट’को सट्टामा धातुको काँटी प्रयोग गरिएको छ । सन् २०११ मा एक रिपोर्ट आएको थियो की सुर्ती तथा तम्बाकु सेवन गरेर थुक्नाले पुलकोे मोटाइमा कमी आएको छ ।

 

त्यसपछि यस पुलको संरक्षणमा ध्यान दिँदै स्टिललाई फाइबरको ग्लासले छोपिएको थियो । त्यसका लागि २० लाख भारु खर्च भएको थियो ।  

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मदनको ७१औँ जयन्तीः राष्ट्र निर्माणमा ‘जबज’ ले दिएको आधार

  • 3 minutes ago
मदनको ७१औँ जयन्तीः राष्ट्र निर्माणमा ‘जबज’ ले दिएको आधार

काठमाडौं । आकर्षक भाषणकलाका कारणले मात्रै होइन नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरण गराउने वैचारिक अगुवाका रुपमा पनि जननेता मदनकुमार भण्डारीको योगदानलाई इतिहासले स्मरण गरिरहेको छ । तीक

एनआरटी मलेसिया प्रस्थान

  • 12 minutes ago
एनआरटी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको पेनाङमा आयोजना हुने टुवान याङ टेरुतमा (टिवाइटी) कप फुटबल प्रतियोगितामा नेपालको ए डिभिजन क्लब न्यूरोड टिम (एनआरटी)ले भाग लिने भएको छ ।

क्यानडा जाने नेपाली टोलीको बिदाइ

  • 16 minutes ago
क्यानडा जाने नेपाली टोलीको बिदाइ

स्कटल्यान्डमा नेपालले विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । स्कटल्यान्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग–दुईको चार खेल खेल्नेछ । विश्वकप लि



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।

विचित्र विश्व

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।