सरकारद्वारा प्रतिनिधि सभा विघटनविरूद्ध लाग्ने कर्मचारीको निगरानी !

काठमाडौँ । सरकारले प्रतिनिधि सभा विघटनविरूद्ध लाग्ने कर्मचारीको निगरानी सुरु गरेको छ । कर्मचारीहरु कार्यालय छोडेर प्रतिनिधि सभा विघटनविरुद्धको विरोध प्रदर्शन, सभा तथा बिभिन्न खालका बैठकहरुमा जाने कर्मचारीको निगरानी सुरु गरेको हो ।

 

यसको लागि मन्त्रालयका सचिवहरूमार्फत आन्दोलनमा जाने कर्मचारीले कार्यालयमा हाजिर गरे, नगरेको रेकर्डलाई निगरानी राख्न थालिएको स्रोतको भनाई छ । यसरी विरोध सभा सम्मलेनामा जानेहरुलाई सरुवा गर्नेसम्मको चेतावनी दिइएको छ ।

 

शुक्रबार काठमाडौँमा नेकपाको प्रचण्ड–नेपाल समूहले गरेको प्रदर्शनमा सरकारी कर्मचारी सहभागी नहोस् भन्नको लागि सरकारले तीन दिनअघि देखि नै सम्भावित कर्मचारीहरुमाथि निगरानी राखेको थियो । त्यसभन्दा अघि उक्त समूहले गरेको विरोधका गतिविधिमा पनि निगरानी राखिएको स्रोतको भनाई छ । यसको लागि सम्बन्धित कार्यालयको स्रोत तथा राष्ट्रिय अनुसन्धान विभागका प्रहरी समेत खटाइएको कर्मचारीहरू बताउँछन् ।

 

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने कर्मचारीहरुलाई आफू निकटमा ल्याउनको लागि भेला गरेको कर्मचारीहरुको भनाई छ । शुक्रबार नै ओलीले आफूनिकट कर्मचारीलाई बबरमहलस्थित कार्की ब्यांक्वेटमा भेला गराएर सम्बोधन गरेका थिए ।

 

ओली आफूले चाँही भेला गर्ने तर, अरुको कार्यक्रममा चाँही सहभागी गराउनबाट राक्ने गतिविधिबाट केही कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अग्नि सापकोटा, प्रचण्ड, माधव नेपालले लगाए कोरोनाविरुद्धको खोप (तस्बिरहरु)

  • 5 minutes ago
अग्नि सापकोटा, प्रचण्ड, माधव नेपालले लगाए कोरोनाविरुद्धको खोप (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँको मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा बुधबार कोरोनाविरुद्धको खोप लगाउँदै सभामुख अग्निप्रसाद सापकोटा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुहका अध्यक

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

  • 7 minutes ago
प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक सुरु भएको हो । केन्द्रीय कमिटीको बैठक अगाडि यो समूहको स्थायी कमिटी

आगलागीपीडित परिवारलाई अपुग सहायता केन्द्र र प्रदेशसँग मागिने

  • 13 minutes ago
आगलागीपीडित परिवारलाई अपुग सहायता केन्द्र र प्रदेशसँग मागिने

ताप्लेजुङ । मेरिङन गाउँपालिका, दोभान बजारका आगलागीपीडित परिवारलाई अपुग हुने राहत तथा आर्थिक सहायताका लागि केन्द्र र प्रदेश विपद् व्यवस्थापन समितिसँग अनुरोध गर्ने निर्णय भएको छ । जिल्ला विपद् व्यवस्थाप



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।