संवैधानिक इजलासले माग्यो संसद विघटनबारे राजपत्रमा प्रकाशित सूचना

  • बिहीबार, ८ माघ, २०७७
  • 1 month ago
  • नेपाल

काठमाडौँ । संसद विघटनको मुद्दामाथि बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि सर्वोच्च अदालतले संसद विघटन सम्बन्धी विषयमा राजपत्रमा प्रकाशित सूचना माग गरेको छ । 

 

अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिले सदर गरेपछि राजपत्रमा प्रकाशित भएको आफूले थाहा नपाएको इजलासमा बताएका थिए । उनीहरूको बहस सुनेपछि संवैधानिक इजलासले महान्यायाधीवक्ता कार्यालयसँग राजपत्रमा प्रकाशित भएको सूचना भए उपलब्ध गराउन भनेको छ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिद्वारा सदर भएको भनी राजपत्रमा प्रकाशित सूचना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मागेका हुन् ।

 

पुस ५ गतेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । उक्त कदम असंवैधानिक भएको भन्दै सर्वोच्चमा आधा दर्जनभन्दा बढी रिट विचाराधिन छ ।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड–नेपाल समूहद्वारा यी ६ नेतालाई कारबाही

  • 3 minutes ago
प्रचण्ड–नेपाल समूहद्वारा यी ६ नेतालाई कारबाही

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले ओली समूहका ६ जना नेताहरुलाई कारबाही गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सो समूहको केन्द्रीय कमिटी बैठकले ओली समूहमा सक्रिय रहेका ६ नेताहरुलाई का

२३ गते नपुग्दै अनिश्चितताको तुवाँलो र बादल फाटेर नयाँ गति र विश्वास पैदा गर्छः प्रचण्ड

  • 13 minutes ago
२३ गते नपुग्दै अनिश्चितताको तुवाँलो र बादल फाटेर नयाँ गति र विश्वास पैदा गर्छः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएर अन्य राजनीतिक दलहरू मिलेर हटाउने बताएका छन् ।

काठमाडौँमा हुने नेपाल र अष्ट्रेलियाबीचको खेलको मिति सर्‍यो

  • 28 minutes ago
काठमाडौँमा हुने नेपाल र अष्ट्रेलियाबीचको खेलको मिति सर्‍यो

काठमाडौँ । नेपाल र अष्ट्रेलियाबीच काठमाडौँमा हुने भनेको खेलको मिति सरेको छ । कोरोनाभाइरसको महामारीको कारण आगामी मार्च ३० तारिखमा काठमाडौँमा हुने भनेको विश्वकप फुटबलको छनोट खेल पूर्वनिर्धारित मितिमा नह



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।