संसद् विघटनविरुद्ध पोखरेली कलाकार र साहित्यकारको विरोध

पोखरा । पोखराका कलाकार र साहित्यकार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका संसद् विघटनका विरुद्ध आन्दोलनमा उत्रिएका छन् । सङ्गम सांस्कृतिक मञ्च, पोखराको आयोजनामा शनिबार सहिदचोकमा भएको कार्यव्रmममा साहित्यकार तथा कलाकारहरुले आफ्ना कविता र गीतमार्फत् प्रधानमन्त्री ओलीको सो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध गरे । 

 

कार्यक्रममा मञ्चका अध्यक्ष काजी गाउँलेले वैदेशिक इसारामा केपी ओलीले संसद् विघटन गरेका भन्दै देश र जनताका पक्षमा गीत र कवितामार्फत् खबरदारी गरिरहने उद्घोष गरे । केही मात्रामा भए पनि जनपक्षीय रहेको संसद् विघटन गरेको बताउँदै गाउँलेले अब सङ्घीय जनगणतन्त्र र समाजवादसम्म पुग्नका लागि जनवादी शक्तिहरु अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

 

माक्र्सवादी चिन्तक तथा लेखक रामराज रेग्मीले यसअघिका संविधानहरुको तुलनामा २०७२ को संविधान प्रगतिशील रहेको बताउँदै यसलाई अपहरण गर्ने काम ओलीबाट भएको धारणा राखे । ओलीको कदमलाई २०१७ मा राजा महेन्द्रले गरेका ‘कू’सँग तुलना गर्दै रेग्मीले २०४७ को संविधानलाई उत्कृष्ट संविधान भनेर प्रचारबाजी गर्नेहरु नै अहिलेको संविधान कुल्चनेहरु भएको बताए । करिब २ तिहाइ मत पाएको कम्युनिस्ट पार्टीको अध्यक्षले जनताका प्रतिनिधिद्वारा निर्मित संविधानमाथि ‘कू’ गर्नु मामुली कुरा नभएको उनको भनाइ थियो । यो कुनै सनकका भरमा मात्रै आएको कुरा नभई नेपाली नागरिकको सशक्तता मन नपराउने विदेशी शक्तिहरुको इसारामा भएको रेग्मीको भनाइ थियो । 

 

अदालतमा विचाराधीन रहेको यस विषयमा बोल्न नहुने भन्ने तर्कको खण्डन गर्दै उनले षड्यन्त्रको गन्ध आएपछि बोल्नैपर्ने बताए । हिजो क्रान्तिकारी भनिएका साथीहरु पनि आज ओलीको कदमलाई क्रान्तिकारी कदम भनेर लाग्नुलाई उनले गलत कामको संज्ञा दिए । ‘व्यक्ति सधैँ उही रहँदैन, अमर रहने त विचार हो’ उनले भने, ‘व्यक्तिको जुँगा हेरेर पछि लाग्ने कुरा गलत हो, गलतलाई गलत र सहीलाई सही भन्न कम्तीमा पनि बौद्धिक वर्ग चुक्नुहुँदैन ।’

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलकपाणि तिवारीले सजग हुन नसके अनेकौँ सङ्घर्ष गरेर ल्याएको उपलब्धीहरु गुम्ने खतरा औँल्याए । यो घटना ताजा जनादेशका लागि आएको नभई नेपाली जनताको उपलब्धीलाई अन्त्य गर्ने र नेपाललाई नयाँ ढङ्गले प्रतिगमनतिर लैजाने षड्यन्त्रका रुपमा आएको तिवारीको भनाइ थियो । जनता सचेत भइसकेको बताउँदै तिवारीले संवैधानिक प्रतिगमनका विरुद्ध राजनीतिक दलहरुले आन्दोलन गर्लान् भनेर मात्रै विश्वास गरेर नबसी बौद्धिक जगत् स्वतन्त्र ढङ्गले अघि बढ्नुपर्ने बताए । यो कुनै दलबिचको मात्र टकराव नभई नेपाली जनताका विरुद्ध चालिएको कदम भएकाले सचेत नागरिक समाज उठ्न उनले आग्रह गरे ।

 

प्रगतिशील लेखक सङ्घका सल्लाहकार तथा गण्डकी साहित्य सङ्गमका अध्यक्ष डा. कृष्णराज अधिकारीले कतिपय लेखक, कलाकारहरु खाइपाइ आएको सुविधा खोसिन्छ कि भनेर ओलीको कदमलाई समर्थन गरिरहेको बताए । यो आन्दोलन कुनै सरकार वा पार्टीको विरोध नभई नेपाली जनताले प्राप्त गरेको उपलब्धी गुम्ने खतराका विरुद्धमा रहेको बताए । राजनीतिक र व्यावहारिक दुवै दृष्टिबाट यो कदम औचित्यहीन भएको अधिकारीको तर्क थियो ।

कार्यक्रममा प्रा. डा. शोभाकान्त लामिछानेले केपी ओलीलाई जुन संविधान र संसद्ले प्रधानमन्त्री बनायो, त्यसैमाथि ‘कू’ गर्नु आमाकै चिरहरण गर्नु भएको बताए । 

 

साहित्य शृङ्खला, पोखराका पूर्व अध्यक्ष यादवराज उपाध्यायले कवि, लेखकहरु नै ढुलमुले भएर बसेको र अवसरको लोभमा गलतलाई सही भनेर हिँड्ने गरेकामा भत्र्सना गरे ।

 

मञ्चका सदस्य रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा काजी गाउँले, विकास लुङ्गेली, रोशन लामा, डी. बी. बान्तवा, खेम लामा, रेशम बी. सी. र रोशन गुरुङले साङ्गीतिक प्रस्तुति राखेका थिए भने कविहरु सुरज उपाध्याय र छविलाल आचार्यले कविता प्रस्तुत गरेका थिए ।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस पदाधिकारी बैठक सकियो, समिकरणका विषयमा भूमिका निभाउने बेला नभएको ठहर

  • 49 minutes ago
कांग्रेस पदाधिकारी बैठक सकियो, समिकरणका विषयमा भूमिका निभाउने बेला नभएको ठहर

काठमाडौँ । कांग्रेस पदाधिकारी बैठकले नेकपा नफुटेसम्म कुन समूहलाई साथ दिने भन्ने टुंगो नलाग्ने निष्कर्ष निकालेको छ । बिहीबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संसद पुनर्स्थापनाप

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

  • 1 hour ago
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

मोहन वैद्यलाई ‘शमी साहित्य साधना सम्मान’

  • 1 hour ago
मोहन वैद्यलाई ‘शमी साहित्य साधना सम्मान’

काठमाडौँ । यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’लाई दिइने भएको छ । प्रतिष्ठानले विसं. २०६७ देखि अग्रज र ओझेलमा परेका साधकलाई वार्षिकरुपमा दिँदै आएको



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।