अष्ट्रेलियाको एक रेस्टुरेन्टमा श्रीमतीले बिल तिर्न नमानेपछि श्रीमान्ले प्रहरीलाई बोलाए
- बिहीबार, २४ माघ, २०७५
- 3 years ago
- अष्ट्रेलिया
- विचित्र विश्व

सिड्नी । पति पत्नीबीच झगडा हुनु आम कुरा हो । उनीहरुबीच के कारणले झगडा पर्छ । यो पनि रोचक कुरा हो । टीभीको रिमोटका लागि, खाने कुरा नमिठो हुँदा वा चिसो टावलका कारण वा एकअर्काको स्वभावका कारण पति पत्नीबीच झगडा हुने कुरा प्राय सामान्य नै लाग्छन् । एउटा यस्तो रोचक तर, कहिलेकाँही पति पत्नीबीच यति ठुलो झगडा पर्छ कि झगडा साम्य पार्न प्रहरी नै बोलाउनु पर्ने स्थिति सिर्जना हुन्छ । केही यस्तै घटना अष्ट्रेलियाको सिड्नी सहरमा भएको छ । घटना रोचक छ । होटलमा बिलका कारण पति पत्नीबीच ठुलो झगडा भएको छ ।
एउटा बिललाई लिएर पति र पत्नीबीच यति ठुलो झगडा पर्यो कि पतिले प्रहरीलाई बोलाएर श्रीमतीलाई पक्राउ गराए ।
यो घटना सिड्नीको कास्टवुड एरियाको रेल्वे स्ट्रीटमा रहेको एक रेस्टुरेन्टको हो । उक्त रेस्टुरेन्टमा उनीहरुले खाना खाए । दुवै जना मायाका साथ खाना खाइरहेका थिए । केही समयसम्म निकै राम्रो माहौल रहेको थियो । तर, अचानक उनीहरु झगडा गर्न थाले । पुरै रेस्टुरेन्ट उनीहरुलाई हेर्न थाल्यो ।
जब श्रीमतीले आधा बिल तिर्न मानिनन् तब उनीहरुबीच झगडा भएको थियो । रिसमा चुर भएका श्रीमान्ले अन्तत प्रहरी नै बोलाए । प्रहरीले घटनामा आएपछि सामान्य कुराका लागि दुख दिन नहुने भन्दै श्रीमानलाई अब फोन नगर्न भनेको बताइएको छ । तर, बिल कसले तिर्यो यो बारे भने थाहा नभएको मिडिया रिपोर्टमा उल्लेख छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
तनहुँमा सामूहिक रक्षाबन्धन
- 5 minutes ago

तनहुँ । ब्राह्मण समाज नेपाल तनहुँद्वारा दमौलीमा आयोजित सामूहिक रक्षाबन्धन कार्यक्रममा तीन सय १५ जनाले रक्षाबन्धन गरेका छन् ।
प्रधानमन्त्रीको निर्देशनपछि मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन
- 5 minutes ago

काठमाडौँ। सरकारले मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट गृहका सह–सचिव डा भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरे
माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल पे क्युआर कोड हस्तान्तरण
- 11 minutes ago

काठमाडौँ। माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएलद्वारा प्रवर्द्धित नेपाल पे क्यूआर कोड हस्तान्तरण गरेको छ। नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको घरमा छापा मारिएपछि एफबीआईका अधिकारीहरूलाई पार्टीका समर्थकहरूबाट लगातार धम्की दिइँदै आएको मिडिया रिपोर्टमा उल्लेख छ ।